प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 जनवरी p. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९५
हाम्रो राज्य सेवकाई—१९९५
km95 जनवरी p. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू

जनवरी: १९२ पृष्ठ भएको कुनै पनि पुरानो पुस्तकको विशेष प्रस्तुति प्रति गोटा चन्दास्वरूप रु. ८.००मा। हामीसित उपलब्ध पुस्तकहरूको सूची कृपया डिसेम्बर १९९४को हाम्रो राज्य सेवकाईमा हेर्नुहोस्‌। नेपाली, पंजाबी वा बङ्‌गाली भाषा बुझ्ने व्यक्‍तिहरूलाई हाम्रा समस्याहरू वा अन्य पुस्तिका प्रस्तुत गर्न सकिन्छ। मल्यालममा योर यूथ—गेटिङ्‌ग द बेस्ट आउट अफ इट! चन्दास्वरूप रु. १५.००मा प्रस्तुत गर्न सकिन्छ। नबिर्सनुहोस्‌, यो पुस्तक विशेष प्रस्तुतिको रूपमा प्रयोग गर्नको लागि होइन।

फेब्रुअरी: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. ४५.००मा (सानो साइजको रु. २५.००)। पुस्तक प्रस्तुत गरिएका ठाउँहरूमा पुनःभेट गरेर बाइबल अध्ययन सुरु गर्ने प्रयत्न गर्नुपर्छ।

मार्च: क्वेश्‍वन्स यङ्‌ग पिपल आस्क—आन्सर्स द्याट वर्क पुस्तक चन्दास्वरुप रु. २५.००मा। (यो पुस्तक अङ्‌ग्रेजी, तामिल र मल्यालम भाषाहरूमा उपलब्ध छन्‌।) अन्य भाषाहरूमा कुनै पनि नयाँ १९२-पृष्ठे पुस्तक सदाझैं चन्दास्वरुप रु. १५.००मा प्रस्तुत गर्न सकिन्छ।

अप्रिल र मे: प्रहरीधरहरा र अवेक!को ग्राहक बनाउने।

▪ अप्रिल १४, शुक्रबारको दिन सूर्यास्तपश्‍चात्‌ स्मरणार्थ उत्सव मनाउन मण्डलीहरूले सुविधाजनक प्रबन्धहरू मिलाउनुपर्छ। प्रत्येक मण्डलीले स्मरणार्थ उत्सव बेग्लाबेग्लै ठाउँमा मनाउन चाहलान्‌ तर यो सधैं सम्भव नहुन सक्छ। सामान्यत: थुप्रै मण्डलीहरूले एउटै राज्य भवन प्रयोग गर्छन्‌ भने उक्‍त साँझको लागि एक वा बढी मण्डलीले अर्को भवन प्रयोग गर्न सक्छन्‌। नवजिज्ञासुहरू उपस्थित हुन अप्ठ्यारो पर्ने गरी स्मरणार्थ उत्सव असाध्यै ढिलो सुरु गर्नु हुँदैन। यसबाहेक, स्मरणार्थ उत्सवको अघिपछि आगन्तुकहरूलाई अभिवादन गर्न, केहीलाई निरन्तर आध्यात्मिक मदत दिने प्रबन्ध मिलाउन वा प्रोत्साहनको सामान्य आदानप्रदान गर्न नभ्याउने गरी सभाहरूको समय तालिका खचाखच हुनुहुँदैन। यी सबै कुराहरूलाई राम्ररी ध्यान दिइसकेपछि स्मरणार्थमा उपस्थित व्यक्‍तिहरूले उक्‍त उत्सवबाट पूर्ण लाभ उठाउन मदतकारी साबित हुने प्रबन्ध मिलाउन प्राचीनहरूले निर्णय गर्नुपर्छ।

▪ जनवरीदेखि परिभ्रमण निरीक्षकहरूका लागि नयाँ जनभाषणको विषय “यहोवामा किन शरण लिने” हुनेछ।

▪ “प्रेतवादी प्रचलनहरूप्रति बाइबलको दृष्टिकोण” शीर्षक भएको नयाँ जनभाषणको रूपरेखा सोसाइटीले तयार पारेको छ। यो भाषण नं. ९५को रूपमा राखिनेछ र सबै मण्डलीहरूलाई दुई प्रति पठाइनेछ। यो भाषण कुनै विशेष ढङ्‌गमा प्रस्तुत गरिनेछैन। बरु यो मण्डलीहरूले प्रयोग गर्ने भाषणहरूको रूपरेखाको स्थायी क्रममा हुनेछ। अनि स्थानीय परिस्थितिअनुसार उपयुक्‍त समयमा त्यो भाषण दिन तालिका बनाउन सक्छन्‌।

▪ सन्‌ १९९५ आइतबार, अप्रिल २३को दिन स्मरणार्थ उत्सवको विशेष जनभाषण सबै मण्डलीहरूमा दिइनेछ। भाषणको विषय “झूटा धर्मको अन्त नजिकै छ” हुनेछ। सबै मण्डलीहरूमा भाषणको दुई प्रति उपलब्ध गराइनेछ। यो भाषण नं. ९६को रूपमा राखिनेछ र यो भविष्यमा मण्डलीले प्रयोग गर्ने भाषणहरूको रूपरेखाको स्थायी क्रममा रहनेछ। यो वर्ष स्मरणार्थ उत्सवमा उपस्थित हुने सबैलाई निमन्त्रणा दिन नभुल्नुहोस्‌। गृह बाइबल अध्ययन गर्ने लाखौं विद्यार्थीहरूलाई मदत दिन विशेष प्रयास गरिनेछ। सभापश्‍चात्‌ प्रस्तुत गरिने जानकारीले तिनीहरूलाई उत्प्रेरित गर्नेछ र साथै विशेष पर्चा वितरण गर्न सामान्यतः सबै भाइहरूलाई उत्सुक बनाउनेछ। त्यति नै खेर मानिसहरूले सामना गरिरहेका समस्याहरू देखाइनेछ र परमेश्‍वरको वचनअनुरूप निर्णायक कदम चाल्नु पर्ने आवश्‍यकताहरू बुझाइनेछ। त्यो हप्ता परिभ्रमण निरीक्षकको भ्रमण, क्षेत्रीय सम्मेलन अथवा त्यो सप्ताहन्त विशेष सम्मेलन दिन हुने मण्डलीहरूमा उक्‍त भाषण त्यसपछिको हप्तामा दिइनेछ। अप्रिल २३ अगाडि कुनै पनि मण्डलीले यो विषेश भाषण दिएको हुनुहुँदैन।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

अङ्‌ग्रेजी: वाच टावर पब्लिकेशन्स्‌ इन्डेक्स १९९१-१९९३ (अग्रगामीहरूका लागि रु. ११.०० र प्रकाशकहरूका लागि रु. १८.००)। जेहोभाज्‌ विट्‌नेसेज—दी अर्गनिजेशन बिहाइन्ड द नेम नामक भिडियोक्यासेटको अहिले भारतमा प्रतिलिपि बनाइएको छ र सीमित स्टक उपलब्ध छ। यो नियमित साहित्य माग (S-AB-14) फाराममा अर्डर गर्न सकिन्छ। अग्रगामीहरूका लागि एक प्रतिको मूल्य रु. १५०.०० र प्रकाशकहरूका लागि रु. २००.०० हो।

▪ पुनः उपलब्ध नयाँ प्रकाशनहरू:

अङ्‌ग्रेजी: न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स—विथ रेफरेन्सेस्‌ (ठूलो मुद्रण संस्करण, Rbi8); विल देर बि एभर अ वर्ल्ड विथआउट वर? (यहूदीहरूका लागि पुस्तिका)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने