घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू
फेब्रुअरी: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा (ठूलो साइजको रु. ४५.००)। पुस्तक प्रस्तुत गरिएका ठाउँहरूमा पुनःभेट गरेर बाइबल अध्ययन सुरु गर्ने प्रयत्न गर्नुपर्छ।
मार्च: क्वेशचन्स् यंग पिपल आस्क—आन्सर्स द्याट वर्क पुस्तक चन्दास्वरूप रु. २५.०० मा। (यो पुस्तक अंग्रेजी, तामिल र मल्यालम भाषाहरूमा उपलब्ध छन्।) अन्य भाषाहरूमा १९२ पृष्ठ भएको कुनै पनि नयाँ पुस्तक सदाझैं चन्दास्वरूप रु. १५.०० मा प्रस्तुत गर्न सकिन्छ।
अप्रिल र मे: प्रहरीधरहरा र अवेक!को ग्राहक बनाउने। अर्धवार्षिक संस्करणको शुल्क दर रु ७०.००। मासिक संस्करण र छ महिनाका लागि अर्धवार्षिक संस्करणको शुल्क दर ३५.००।
▪ सूचना: माथि उल्लिखित कुनै सामग्रीहरूका लागि मण्डलीहरूले अर्डर अझसम्म पठाएका छैनन् भने अर्को पटक साहित्य माग फाराम (S-AB-14) पठाउने बेलामा सो पठाउनुहोस्।
▪ सेक्रेटरी र सेवा निरीक्षकले सबै नियमित अग्रगामीहरूको क्रियाकलाप पुनरावृत्ति गर्नुपर्छ। यदि कसैलाई निर्धारित समय बुझाउन कठिन भइरहेको छ भने प्राचीनहरूले मदत दिने प्रबन्ध मिलाउनुपर्छ। सुझावका लागि अक्टोबर १, १९९३ र अक्टोबर १, १९९२ मितिको सोसाइटीको पत्र (S-201) हेर्नुहोस्। साथै, अक्टोबर १९८६ हाम्रो राज्य सेवकाई परिशिष्टांकको अनुच्छेद १२-२० पनि हेर्नुहोस्।
▪ अप्रिल १४, १९९५, शुक्रबारका दिन स्मरणार्थ उत्सव मनाइनेछ। अगाडि नै भाषण सुरु हुने भए तापनि, कृपया स्मरण रहोस् सूर्यास्त भएपछि मात्र स्मरणार्थ रोटी र दाखमद्य बाँड्नु पर्छ। सो दिन सूर्यास्त हुने समय थाहा लगाउन स्थानीय स्रोतसँग सम्पर्क गर्नुहोस्। त्यस दिन क्षेत्र सेवा बाहेक अरू कुनै सभा सञ्चालन गर्नु हुँदैन। सामान्यतया शुक्रबारको दिन सभा हुने गर्थ्यो भने त्यस हप्ता जुन दिन राज्य भवन खाली हुन्छ त्यसै दिन सभा सञ्चालन गर्न सक्नु हुन्छ।
▪ अप्रिल २३, १९९५ मा सम्पन्न हुने मण्डलीका सभाहरूका साथै क्षेत्रीय तथा विशेष सम्मेलन दिनपश्चात् एउटा घोषणा गरिनेछ। सामयिक समाचार भएको चार पृष्ठे पर्चालाई व्यापक वितरण गर्ने विशेष अभियानसित उक्त घोषणा सम्बन्धित छ। आफूले सामना गरिरहेका जटिल समस्याहरूप्रति चिन्तित हुने र भरोसायोग्य निर्देशन खोज्ने इमानदार हृदय भएकाहरूलाई विशेष ध्यान दिन प्रकाशकहरूलाई प्रोत्साहित गरिनेछ। मार्च, अप्रिल र मे महिनाको दौडान क्षेत्र सेवा सुरु गर्ने नयाँ प्रकाशकहरू लगायत सबै प्रकाशकहरू यस विशेष अभियानमा पूर्णतया भाग लिन र समर्थन दिन चाहनेछन्।
▪ मार्च, अप्रिल र मे महिनामा सहायक अग्रगामी गर्न चाहने प्रकाशकहरूले अहिले नै योजना बनाएर आफ्नो निवेदन दिइहाल्नुपर्छ। यसो गर्दा प्राचीनहरूले क्षेत्र सेवाका लागि आवश्यक प्रबन्धहरू मिलाउन सक्छन् र पर्याप्त साहित्यहरू उपलब्ध गर्नसक्छन्। हामी यथासम्भव बढी व्यक्तिहरूले अप्रिल महिनाको दौडान यस क्रियाकलापमा भाग लिन प्रोत्साहित गर्छौं।