घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू
अप्रिल र मे: प्रहरीधरहरा र अवेक!-को ग्राहक बनाउने। अर्धमासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर रु. ७०.००। मासिक संस्करणको वार्षिक शुल्क दर र अर्धमासिक संस्करणको अर्धवार्षिक ग्राहक शुल्क दर रु. ३५.००। मासिक संस्करणहरूका लागि अर्धवार्षिक ग्राहक सुविधा छैन।
ग्राहक बनाउनु हुँदा उर्दूबाहेक सबै भारतीय भाषाहरू र नेपालीमा प्रहरीधरहरा अब अर्धमासिक भइसकेको कृपया नबिर्सनुहोस्।
तामिल र मल्यालममा अवेक! अर्धमासिक अनि कन्नडा, गुजराती र तेलगुमा मासिक प्रकाशित हुन्छ। नेपाली, बंगाली, मराठी र हिन्दीमा ब्यूँझनुहोस्!-को ग्राहक सुविधा उपलब्ध छैन तर यी चार भाषाहरूमा त्रैमासिक वितरणको लागि मण्डलीहरूमा उपलब्ध छन्।
जून: लाइफ—हाऊ डिड इट गेट ह्यर? बाइ एभलुशन अर बाइ क्रिएशन? (जीवन—यहाँ कसरी आयो? विकासवाद वा सृष्टिद्वारा?) चन्दास्वरूप रु. ४५.०० मा। स्थानीय भाषाहरूमा १९२ पृष्ठ भएको कुनै पनि नयाँ पुस्तक सदाझैं रु. १५.०० मा प्रस्तुत गर्न सकिन्छ।
जुलाई र अगस्त: स्कूल पुस्तिकाबाहेक निम्न कुनै ३२ पृष्ठ भएको ठूलो पुस्तिका चन्दास्वरूप रु. ५.०० मा प्रस्तुत गर्न सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ?, शुड यु बिलिभ इन द ट्रिनिटी? (के तपाईंले त्रिएकमा विश्वास गर्नुपर्ने हो?), द डिभाइन नेम द्यात विल इन्ड्योर फरेभर (सधैंभरि रहिरहने ईश्वरीय नाउँ), त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, जीवनको उद्देश्य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? र ह्वेन सम्वान यु लभ डाइज (तपाईंको प्रिय जनको मृत्यु हुँदा)।
सूचना: माथि उल्लेखित साहित्य अभियानको लागि मण्डलीहरूले अर्डर अझसम्म पठाएका छैनन् भने अर्को महिनाको साहित्य माग फाराममा (S-AB-14) अर्डर गरिहाल्नुपर्छ।
▪ अग्रिम घोषणा गरिएअनुसार आइतबार, अप्रिल २३ का दिन मण्डलीका सभाहरू साथै त्यस दिन हुने क्षेत्रीय सम्मेलन र विशेष सम्मेलन दिनमा विशेष राज्य समाचार विमोचन गरिनेछ। विमोचन हुनेबित्तिकै राज्य समाचार वितरण गर्न सकिन्छ। सम्मेलन, क्षेत्रीय निरीक्षकको भ्रमण वा अन्य क्रियाकलापहरूले गर्दा सभाको तालिका छाँटकाँट गर्नुपर्ने मण्डलीहरूलयायत सबै मण्डलीमा यो लागू हुन्छ। अप्रिल २३ पछि विशेष भाषण हुने मण्डलीहरूले अप्रिल २४ का दिन राज्य समाचार विमोचन गरेर त्यो वितरण गर्नसक्छन्।
▪ मण्डलीसित सम्बन्धित सबैले प्रहरीधरहरा र अवेक!-को व्यक्तिगत ग्राहक निवेदनहरूलगायत नयाँ तथा नवीकरण ग्राहक निवेदनहरू मण्डली मार्फत पठाउनुपर्छ।
▪ अब उप्रान्त मण्डलीहरूले हरेक वर्ष स्मरणार्थ उत्सवका निमन्त्रणाहरूको निवेदन पठाउनुपर्छ। कृपया हरेक भाषामा ५० को गुणक परिमाणमा मात्र निवेदन पठाउनुहोस्। अहिले हामी १९९५ अधिवेशन बिल्लाहरू, दिनहुँ शास्त्र जाँच गर्ने १९९६, १९९६ यरबुक (वार्षिक पुस्तक), क्यालेन्डर र १९९६ स्मरणार्थ उत्सवका निमन्त्रणाहरूको निवेदन लिंदैछौं। कृपया यी पाँचै थोकको निवेदन एउटै साहित्य माग फाराममा (S-AB-14) पठाउनुहोस् र यो फाराममा अन्य वस्तुहरूको निवेदन नपठाउनुहोस्। बिल्लाहरू अंग्रेजी, तामिल र मल्यालममा उपलब्ध हुनेछ। दिनहुँ शास्त्र जाँच गर्ने १९९६ र १९९६ स्मरणार्थ उत्सवका निमन्त्रणाहरू अंग्रेजी, कन्नडा, गुजराती, तामिल, तेलगु, नेपाली, बंगाली, मराठी, मल्यालम, हिन्दी भाषामा उपलब्ध हुनेछ। कृपया आफ्ना निवेदनहरू मे ६, १९९५ भन्दा ढिलो नपठाउनुहोस्।
▪ ‘१९९४-१९९५ साहित्य माग फाराम[मा]’ (S-AB-14 3/93) भाषा उपशीर्षकअन्तर्गत दिइएको निर्देशन कृपया याद गर्नुहोस्। फारामको अघिल्लो (सुरु) पृष्ठमा माग गरिएका सामग्रीहरू तपाईंको मण्डलीको मूल भाषामा पठाइनेछ। मासिक स्टेटमेन्ट-मा तपाईंको मण्डली संख्याको छेउमा तपाईंको मण्डलीको मूल भाषा देखाइएको छ। अन्य भाषाका साहित्यहरू माग गर्दा फारामको पछिल्लो (पछाडि) पृष्ठमा उल्लेख गर्नुपर्छ र आफूलाई चाहिएको भाषा तोक्नुपर्छ।
▪ तपाईंको मण्डलीको मूल भाषाको रूपमा तपाईंले माग गर्नुभएको अधिक साहित्य हाम्रो कम्प्युटरमा अर्कै छ भने त्यो भाषा परिवर्तन गरियोस् भनेर निवेदन गर्दै तपाईंले सोसाइटीलाई पत्र लेख्न सक्नुहुन्छ। यसो गर्दा साहित्य माग फारामको अघिल्लो पृष्ठमा तपाईंको सबैजसो मागहरू भर्न सकिन्छ र केही सामग्रीहरू मात्र पछिल्तिर लेख्नुपर्ने हुन्छ।
▪ पुनः उपलब्ध प्रकाशनहरू:
अंग्रेजी: लिसनिंग टु द ग्रेट टीचर (महान् शिक्षकलाई सुन्ने)। मल्यालम, तामिल र हिन्दी: जेहोभाज् विट्नेसेज्—युनाइटेड्ली डुइंग गड्स विल वर्ल्डवाइड (यहोवाका साक्षीहरू—विश्वभरि एकताबद्ध भएर परमेश्वरको इच्छा गरिरहेका छन्)। कन्नडा र मल्यालम: मेकिंग योर फ्यामलि लाइफ ह्याप्पि (तपाईंको पारिवारिक जीवन सुखी बनाउने)। उर्दू: हाउ टु फाइन्ड द रोड टु पारडाइज (मुस्लिमहरूको निम्ति पर्चा, प्रमोदवनको बाटो कसरी पत्ता लगाउने); त्यो राज्य जसले प्रमोदवन ल्याउने छ।