प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 जुलाई पृ. २
  • जुलाई महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९५
  • उपशीर्षकहरू
  • जुलाई ३ मा सुरु हुने हप्ता
  • जुलाई १० मा सुरु हुने हप्ता
  • जुलाई १७ मा सुरु हुने हप्ता
  • जुलाई २४ मा सुरु हुने हप्ता
  • जुलाई ३१ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९५
km95 जुलाई पृ. २

जुलाई महिनाका लागि सेवा सभाहरू

जुलाई ३ मा सुरु हुने हप्ता

गीत १९४ (१०५)

१० मि:स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट उपयुक्‍त घोषणाहरू।

१७ मि:“जागा रह।” प्रश्‍नोत्तर

१८ मि:“तपाईंको सेवकाईमा विभिन्‍न पुस्तिकाहरू चलाउनुहोस्‌।” श्रोतागणसित सुझावित प्रस्तुतिहरू छलफल गर्नुहोस्‌। पुस्तिकाहरूका चाखलाग्दा बुँदाहरू देखाएर संक्षेपमा टिप्पणी गर्नुहोस्‌। ती कसरी प्रस्तुत गर्न सकिन्छ भनेर एक दुइटा प्रदर्शन गर्न लगाउनुहोस्‌।

गीत २१३ (३६) र समापन प्रार्थना।

जुलाई १० मा सुरु हुने हप्ता

गीत ११० (५६)

१० मि:स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

२० मि:“के यहोवाका सम्झौटाहरूले हामीलाई आध्यात्मिक रूपमा उत्प्रेरित गरिरहेको छ?” प्रश्‍नोत्तर।

१५ मि:गृह बाइबल अध्ययन सञ्चालन गर्ने। प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने प्राचीनद्वारा भाषण। बाइबल अध्ययनहरू सुरु गर्न यथाशक्य प्रयास गर्न प्रोत्साहन दिनुहोस्‌। अर्गनाइज्ड टु अकम्प्लिश आवर मिनिस्ट्री (हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित) पुस्तकको पृष्ठ ८९-९१ मा दिइएका सुझावहरू पुनरावृत्ति गर्नुहोस्‌। संक्षेपमा स्थानीय अनुभवहरू समावेश गर्न सक्नुहुन्छ।

गीत १५४ (७२) र समापन प्रार्थना।

जुलाई १७ मा सुरु हुने हप्ता

गीत १९२ (१०३)

१० मि:स्थानीय घोषणाहरू।

२० मि:“पुस्तिकाहरू प्रस्तुत गरेको सबैकहाँ पुनःभेटहरू गर्नुहोस्‌।” यस भाग सञ्चालन गर्ने भाइले अरू तीन जना प्रकाशकहरूसित सबै जिज्ञासुहरू तथा प्रकाशनहरू वितरण गरेका सबैकहाँ पुनः फर्केर जानु किन महत्त्वपूर्ण छ भनी छलफल गर्नेछन्‌। तिनीहरूले सुझावित प्रस्तुतिहरू पुनरावृत्ति गर्नेछन्‌ र ती कसरी चलाउन सकिन्छ भनेर एकअर्कोलाई प्रदर्शन गरेर देखाउनेछन्‌।

१५ मि:“यहोवाका साक्षीहरूको १९९५ ‘आनन्दित प्रशंसकहरू’ जिल्ला अधिवेशन।” परिशिष्टांक। मण्डलीका अध्यक्षद्वारा अनुच्छेद १-९ बाट भाषण। सरलीकृत भोजन सेवाद्वारा हुने सकारात्मक लाभहरूमा जोड दिनुहोस्‌।

गीत १६४ (७३) र समापन प्रार्थना।

जुलाई २४ मा सुरु हुने हप्ता

गीत १२६ (१०)

५ मि:स्थानीय घोषणाहरू।

२० मि:“यहोवाका साक्षीहरूको १९९५ ‘आनन्दित प्रशंसकहरू’ जिल्ला अधिवेशन।” परिशिष्टांक। मण्डलीको सचिवद्वारा अनुच्छेद १०-२१ बाट प्रश्‍नोत्तर छलफल। अन्तमा पेटीको सम्झौटाहरूतिर ध्यानाकर्षण गर्नुहोस्‌। अधिवेशनमा आवश्‍यक खाजा र त्यहाँ चाहिने सामानहरू मात्र ल्याउन चनाखो हुनुपर्ने खाँचोमाथि जोड दिनुहोस्‌।

२० मि:छिमेकीहरूले के सोच्लान्‌? अप्रिल १, १९७४, पृष्ठ २०१-३ वाचटावर-मा आधारित भाषण र प्रदर्शन। हाम्रा सांसारिक छिमेकीहरूले प्रायजसो किन दबाब दिन्छन्‌ भन्‍ने विषयमा भाषण दिनुहोस्‌। (पृष्ठ २०१ र पृष्ठ २०२ को पहिलो अनुच्छेद छलफल गर्नुहोस्‌।) अनि एक अनुभवी दम्पतीद्वारा नवजिज्ञासु परिवारसँग बाइबल अध्ययन गरिरहेको दृश्‍य प्रदर्शन गर्न लगाउनुहोस्‌, जुन परिवार छिमेकीहरूले बाइबल अध्ययनप्रति विरोध गरेकाले डराइरहेका छन्‌। (लेखको बाँकी भागका मुख्य बुँदाहरू पुनरावृत्ति गर्नुहोस्‌।) नवजिज्ञासु परिवारहरू निरुत्साहित हुनु हुँदैन वा तिनीहरूले हार मान्‍नु हुँदैन भनेर जोड दिनुहोस्‌।

गीत १६९ (८१) र समापन प्रार्थना।

जुलाई ३१ मा सुरु हुने हप्ता

गीत १३६ (२८)

१० मि:स्थानीय घोषणाहरू। ईश्‍वरतान्त्रिक समाचार।

१५ मि:“प्रोत्साहनदायी हुनुहोस्‌।” प्राचीनद्वारा छलफल र भाषण।

२० मि:अगस्त महिनामा प्रस्तुत गरिने साहित्यहरूबारे पुनरावृत्ति गर्नुहोस्‌। प्रयोग गर्न सकिने ३२ पृष्ठ भएका पुस्तिकाहरूबारे उल्लेख गर्नुहोस्‌। जुलाई महिनामा पुस्तिका प्रस्तुत गर्दा प्राप्त भएका कुनै पनि चाखलाग्दा अनुभवहरू बताउन प्रकाशकहरूलाई आमन्त्रित गर्नुहोस्‌। के परमेश्‍वर साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ? पुस्तिकाबाट बाइबल अध्ययन कसरी सुरु गर्न सकिन्छ भनेर प्रदर्शन गर्न लगाउनुहोस्‌। भाग १ को अनुच्छेद १ मा उठाइएको प्रश्‍न सोध्नुहोस्‌। अनुच्छेद २-४ मा व्यक्‍त गरिएका विचारहरूप्रति घरधनीको प्रतिक्रिया सोध्नुहोस्‌। परमेश्‍वरले हाम्रो साँच्चै चिन्ता गर्नुहुन्छ र सन्‍निकट नयाँ संसारमा पीडामुक्‍त जीवन बिताउनसक्छौं भनेर पुस्तिकामा देखाइएको छ भनी बुझाउनुहोस्‌। अझ थप छलफल गर्न पुनः फर्केर आउने प्रस्ताव राख्नुहोस्‌।

गीत १७९ (२९) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने