सन् १९९६ का लागि ईश्वरतान्त्रिक सेवकाई पाठशालाको तालिका
निर्देशन
सन् १९९६ को दौडान ईश्वरतान्त्रिक सेवकाई पाठशालाको प्रबन्ध निम्नानुसार हुनेछ।
पाठ्यपुस्तक: भाषणहरूका लागि द न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स (पवित्र शास्त्रको नयाँ विश्व अनुवाद) [bi12], एकमात्र साँचो परमेश्वरको उपासनमा एकताबद्ध [uw-NP], अल स्क्रिप्चर इज इन्स्पायर्ड अफ गड एण्ड बेनेफिशियल (“सबै शास्त्र परमेश्वरबाट प्रेरित र लाभदायी छन्”) (१९९० संस्करण) [si], ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ [kl-NP], रिजनिंग फ्रम द स्क्रिप्चर्स (शास्त्रबाट तर्क गर्ने) [rs], आधार मानिनेछ।
भजन, प्रार्थना तथा स्वागत टिप्पणीहरूद्वारा पाठशाला समयमै सुरु भएपछि यसप्रकार कार्यक्रम अघि बढ्नेछ:
भाषण न. १: पन्ध्र मिनेट। एक मात्र साँचो परमेश्वरको उपासनमा एकताबद्ध अथवा “अल स्क्रिप्चर इज इन्सपायर्ड अफ गड एण्ड बेनेफिशियल” (“सबै शास्त्र परमेश्वरबाट प्रेरित र लाभदायी छन्”) मा आधारित यो भाषण प्राचीन वा सहायक सेवकले दिनेछन्। दशदेखि १२ मिनेटसम्म निर्देशन भाषण दिएपछि पुस्तकको मुद्रित प्रश्नहरू चलाउँदै ३-५ मिनेट मौखिक पुनरावृत्ति गरेर यो भाग पूरा गर्नुपर्छ। भाषणको उद्देश्य विषयवस्तुलाई ढाक्ने मात्र नभई मण्डलीलाई सबैभन्दा मदतकारी हुने बुँदालाई जोड दिंदै छलफल गरिएका कुराहरूको व्यवहारिकतामाथि ध्यान केन्द्रित गराउनु हो। दिइएको शीर्षकलाई चलाउनुहोस्। भाषणको विषयवस्तुबाट पूर्णतया लाभ उठाउन सबैलाई राम्ररी अग्रिम तयारी गर्न प्रोत्साहित गरिन्छ।
यस भाषण दिन नियुक्त गरिएको भाइले निर्धारित समयभित्र भाषण सिध्याउनुपर्छ। आवश्यक परेमा अथवा वक्ताले अग्रिम अनुरोध गरेमा व्यक्तिगत सल्लाह दिन सकिन्छ।
बाइबल पढाइका विशेषताहरू: छ मिनेट। कुनै प्राचीन वा स्थानीय आवश्यकताअनुसार विषयवस्तुलाई प्रभावकारी ढंगमा प्रस्तुत गर्नसक्ने सहायक सेवकले यो भाग सँभाल्नुपर्छ। यो भाषण निर्धारित पढाइको सारांश मात्र हुनु हुँदैन। निर्धारित अध्यायहरूको साधारण रूपरेखा बताउन आधादेखि एक मिनेट मात्र लिनुहोस्। यसैमा निर्धारित जम्मै अध्यायहरूलाई ३०-६० सेकेण्डभित्र पुनरावृत्ति गर्नसकिन्छ। यस भाषणको मुख्य उद्देश्य बाइबलमा दिइएको जानकारी किन र कसरी लाभदायी छ भनेर श्रोतागणलाई बुझाउनु हो। त्यसपछि पाठशाला निरीक्षकले विद्यार्थीहरूलाई आ-आफ्नो कक्षाकोठामा पठाउनेछन्।
भाषण न. २: पाँच मिनेट। यो भाषण कुनै भाइद्वारा गरिने निर्धारित भागको बाइबल पढाइ हो। यो प्रबन्ध मुख्य पाठशालाका साथै अन्य कोठामा सञ्चालित कक्षाहरूमा लागू हुनेछ। पढ्नुपर्ने भाग प्रायजसो छोटो हुने हुँदा विद्यार्थीले भाषणको सुरुआत र अन्तमा संक्षिप्त टिप्पणीहरू दिनसक्छन्। त्यस्ता टिप्पणीहरूमा ऐतिहासिक पृष्ठभूमि, भविष्यसूचक अथवा सैद्धान्तिक महत्त्व र सिद्धान्तहरूको उपयोग समावेश गर्न सकिन्छ। दिइएका सबै पदहरूलाई बीचमा कतै नरोकी पढ्नुपर्छ। तर पढ्नुपर्ने पदहरू क्रमानुसार छैनन् भने कहाँदेखि पढ्नुपर्ने हो, विद्यार्थीले अवश्य उल्लेख गर्नसक्छन्।
भाषण न. ३: पाँच मिनेट। यो भाषण बहिनीले दिनेछिन्। यस भाषणको विषयवस्तु न्यु वर्ल्ड ट्रान्सलेशन (नयाँ विश्व अनुवाद) मा दिइएको “बाइबल टपिक्स फर डिस्कशन” (चर्चाको लागि बाइबलका विषयहरू) अथवा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ-मा आधारित हुनेछ। यो भाषण दिने विद्यार्थी साक्षर हुनुपर्छ। विद्यार्थीले उभिएर वा बसेर नै भाषण दिनसक्छन्। यो भाषण दिने बहिनीले व्यवहारिक भूमिकामा र अझ विशेषगरि क्षेत्र सेवकाई वा अनौपचारिक प्रचारलाई आधार बनाएर शीर्षक र विषयवस्तु तयार पार्नु आवश्यक छ। पाठशाला निरीक्षकले एक जना सहायक नियुक्त गर्नेछन् तर थप सहायकहरूको प्रयोग गर्न पनि सक्नेछन्। भूमिकाभन्दा विषयवस्तुलाई प्रभावकारी ढंगमा प्रयोग गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ।
भाषण न. ४: पाँच मिनेट। रीजनिंग फ्रम द स्क्रिप्चर्स (शास्त्रबाट तर्क गर्ने) मा आधारित यो भाषण भाइ वा बहिनीले दिनेछन्। यो भाग कुनै भाइलाई दिइएको छ भने तिनले सारा श्रोतागणलाई सम्बोधन गर्दै भाषण दिनुपर्छ। राज्यभवनमा उपस्थित श्रोतालाई ध्यानमा राखेर भाइले यो भाषण तयार गर्नु बेस हुनेछ। यसो गर्दा राज्यभवनभित्र बसेर सुन्नेहरूका लागि भाषण जानकारीमूलक र लाभकारी साबित हुनेछ। यो भाषण कुनै बहिनीलाई दिइएको छ भने, तिनले भाषण न. ३ का लागि दिइएको सल्लाहअनुरूप प्रस्तुत गर्नुपर्छ।
सल्लाह तथा टिप्पणी: प्रत्येक विद्यार्थीले भाषण दिएपछि पाठशाला निरीक्षकले खास सल्लाह दिनेछन्। तर त्यो वाक्कौशल सल्लाह सूचीमा उल्लिखित सल्लाहको क्रमानुसार हुनुपर्छ भन्ने छैन। बरु तिनले ती क्षेत्रहरूमा विशेष ध्यान दिनुपर्छ जहाँ विद्यार्थीले उन्नति गर्नु आवश्यक छ। विद्यार्थी “G” [राम्रो] पाउन योग्य छ र वाक्कौशलको अरू कुनै बुँदामा “I” [उन्नति] वा “W” [फेरि मेहनत गर्नुहोस्] चिन्ह लगाइएको छैन भने अर्को पटक भाषण दिंदा विद्यार्थीले वाक्कौशलको जुन बुँदामाथि काम गर्नेछ त्यसै बुँदाको “G”, “I”, “W” चिन्ह लगाउने पेटीमा गोलाकार कोर्नुपर्छ। त्यसै साँझ तिनले विद्यार्थीलाई सल्लाह दिनेछन् र अर्को ईश्वरतान्त्रिक पाठशाला दत्तकार्य पर्चीमा (S-89) त्यसको उल्लेख गर्नेछन्। भाषण दिने व्यक्तिहरू भवनको अगाडि राखिएका कुर्सीहरूमा बस्नुपर्छ। यसो गर्दा समयको बचत हुनुको साथै पाठशाला निरीक्षकले प्रत्येक विद्यार्थीलाई सोझै हेरेर सल्लाह दिनसक्छन्। मौखिक सल्लाह दिएपछि समयले भ्याएमा विद्यार्थीले छुटाएका जानकारीमूलक अनि व्यवहारिक बुँदाहरूमाथि सल्लाहकारले टिप्पणी दिनसक्छन्। प्रत्येक विद्यार्थीको भाषणपश्चात् सल्लाह दिन अनि संक्षेपमा थप टिप्पणीहरू गर्न जम्माजम्मी दुइ मिनेट मात्र लिन सकिन्छ। बाइबल पढाइका विशेषताहरूको प्रस्तुति आशा गरे जस्तो नभएमा व्यक्तिगत सल्लाह दिन सकिन्छ।
भाषणहरूको तयारी: आफ्नो भाषण तयारी गर्नुअघि आफूले काम गर्नुपर्ने वाक्कौशलको गुनबारे विद्यार्थीले स्कूल गाइडबूक (पाठशाला निर्देशन पुस्तक) बाट राम्ररी पढ्नुपर्छ। भाषण न. २ दिने विद्यार्थीहरूले आफूले पढ्नुपर्ने बाइबलको भागसित सम्बन्धित उपयुक्त विषय रोज्नु बेस हुनेछ। अरू भाषणहरूलाई चाहिं मुद्रित तालिकामा दिइएको शीर्षकअनुसार नै तयार गर्नुपर्छ।
समय: कुनै पनि भाषण अथवा सल्लाहकारको सल्लाह र टिप्पणी तोकिएको समयभन्दा लामो हुनु हुँदैन। भाषण न. २, ३ र ४ ले तोकिएभन्दा बढी समय लिन थालेमा शिष्टतापूर्वक बीचैमा रोक्नुपर्छ। रोक्ने संकेत दिन खटाइएको व्यक्तिले तुरुन्तै रोकिहाल्नुपर्छ। भाषण न. १ र बाइबल पढाइका विशेषताहरू प्रस्तुत गर्ने भाइहरूले बढी समय लिएमा व्यक्तिगत सल्लाह दिनुपर्छ। सबैले होशियारीपूर्वक आफ्नो समयको ख्याल राख्नुपर्छ। गीत र प्रार्थनाबाहेक बाँकी सम्पूर्ण कार्यक्रम ४५ मिनेटको हुनेछ।
लिखित पुनरावृत्ति: समय समयमा लिखित पुनरावृत्ति गरिनेछ। यसको लागि तयारी गर्दा तोकिएको विषयवस्तुको पुनरावृत्ति अनि तालिकाअनुसार दिइएको बाइबल पढाइलाई पूरा गर्नुहोस्। पच्चीस मिनेटको यस पुनरावृत्तिमा बाइबल मात्र चलाउन सकिन्छ। बाँकी रहेको समय प्रश्नोत्तर छलफलमा प्रयोग गरिनेछ। प्रत्येक विद्यार्थीले आफै उत्तरपत्र जाँच गर्नेछन्। पाठशाला निरीक्षकले श्रोताहरूसित पुनरावृत्तिका लागि दिइएको प्रश्नहरू छलफल गर्नेछन् र अलिक गाह्रो प्रश्नहरूमाथि बढी ध्यान दिएर सबैलाई राम्ररी जवाफ बुझ्न मदत गर्नेछन्। स्थानीय कारणहरूले गर्दा आवश्यक देखिएमा लिखित पुनरावृत्तिलाई तालिकामा तोकिएको समयभन्दा एक हप्ता पछाडि सार्न सकिन्छ।
ठूला मण्डलीहरू: पचास वा सोभन्दा बढी विद्यार्थीहरू हुने मण्डलीहरूले विद्यार्थीहरूलाई अन्य सल्लाहकारहरूसमक्ष तोकिएको भाषण दिन थप समूहहरूको प्रबन्ध गर्नसक्छन्। बप्तिस्मा नलिएको तर मसीही सिद्धान्तअनुरूप जीवन बिताउने व्यक्तिहरू पनि पाठशालामा भर्ना भएर अवश्य भाषण दिनसक्छन्।
गयल हुनेहरू: मण्डलीका सबैले हरेक हप्ता उपस्थित भएर, आफूलाई दिइएको भाषणहरूको तयारी गरेर अनि प्रश्नोत्तर कार्यक्रममा भाग लिएर यस पाठशालाप्रति मूल्यांकन व्यक्त गर्नसक्छन्। सबै विद्यार्थीहरूले आफूलाई दिइएको भाषणलाई इमानदारीपूर्वक दिनेछन् भनी हामी आशा गर्छौं। तालिकाअनुसार उपस्थित हुनुपर्ने विद्यार्थी अनुपस्थित भएमा अरू कसैले स्वेच्छापूर्वक सो भाषण दिनसक्छन्। कम समयमा तयारी गर्नुपरेको हुँदा तिनले आफ्नो क्षमताअनुसार सो भाषण दिनसक्छन्। अथवा सुहाउँदो मात्रामा श्रोतागणसित प्रश्नोत्तर गरेर पाठशाला निरीक्षकले सो विषयवस्तु प्रस्तुत गर्नसक्छन्।
तालिका
*td—न्यु वर्ल्ड ट्रान्सलेशन (नयाँ विश्व अनुवाद) मा दिइएको “बाइबल टपिक्स फर डिस्कशन” (चर्चाको लागि बाइबलका विषयहरू)
जनवरी १ बाइबल पढाइ: यर्मिया १३ देखि १५
गीत न. २१३ (३६)
न. १: मसीही एकता कसरी प्राप्त हुन्छ (uw-NP पृ. ५-७ अनु. १-७)
न. २: यर्मिया १४:१०-२२
न. ३: *td 23A मानवजातिको लागि परमेश्वरको राज्यले के गर्नेछ
न. ४: येशू भौतिक शरीर लिएर स्वर्ग जानुभएन (rs पृ. ३३३ अनु. ३-पृ. ३३४ अनु. ३)
जनवरी ८ बाइबल पढाइ: यर्मिया १६ देखि १९
गीत न. १६३ (९४)
न. १: मसीही एकताको लागि आवश्यक तत्त्वहरू (uw-NP पृ. ८ अनु. ८ देखि ८[३])
न. २: यर्मिया १८:१-१७
न. ३: *td 23B ख्रीष्टका शत्रुहरू सक्रिय हुँदा राज्य शासन सुरु हुन्छ
न. ४: येशू किन भौतिक शरीरमा देखा पर्नुभयो (rs पृ. ३३४ अनु. ४-पृ.३३५ अनु. २)
जनवरी १५ बाइबल पढाइ: यर्मिया २० देखि २२
गीत न. १८६ (१०१)
न. १: मसीहीहरूलाई एकताबद्ध पार्ने थप तत्त्वहरू (uw-NP पृ. 9 अनु. ८[४] देखि ९)
न. २: यर्मिया २०:१-१३
न. ३: *td 23C मानव प्रयासद्वारा परमेश्वरको राज्य आउँदैन
न. ४: ख्रीष्टसित शासन गर्न पुनरुत्थान भएकाहरू उहाँजस्तै हुनेछन् (rs पृ. ३३५ अनु. ४-पृ. ३३६ अनु. २)
जनवरी २२ बाइबल पढाइ: यर्मिया २३ देखि २५
गीत न. ८९ (४९)
न. १: फूट उत्पन्न गराउने प्रभावहरूबाट अलग्ग रहनुहोस् (uw-NP पृ. १०-११ अनु. १०-१२)
न. २: यर्मिया २३:१६–३२
न. ३: *td 24A “जगतको अन्त[को]” अर्थ के हो
न. ४: साधारणतया, पुनरुत्थानले मानवजातिको लागि के अर्थ राख्छ (rs पृ. ३३६ अनु. ३-पृ. ३३७ अनु. ३)
जनवरी २९ बाइबल पढाइ: यर्मिया २६ देखि २८
गीत न. ९७ (५०)
न. १: यहोवा कुन प्रकारको व्यक्ति हुनुहुन्छ (uw-NP पृ. १२-१३ अनु. १-४)
न. २: यर्मिया २६:१-१६
न. ३: *td 24B आखिरी दिनका प्रमाणहरूप्रति सचेत रहनुहोस्
न. ४: पुनरुत्थान भएका मानिसहरूलाई किन तिनीहरूका पूर्व कार्यअनुसार न्याय गरिंदैन (rs पृ. ३३८ अनु. १)
फेब्रुअरी ५ बाइबल पढाइ: यर्मिया २९ देखि ३१
गीत न. ३५ (१५)
न. १: यहोवाको प्रेम अनुकरण गर्नुहोस् (uw-NP पृ. १४-१५ अनु. ५-७)
न. २: यर्मिया ३१:२७-४०
न. ३: *td 25A परमेश्वरले आज्ञाकारी मानवजातिलाई अनन्त जीवनको प्रतिज्ञा गर्नुहुन्छ
न. ४: “बाँकी मरेकाहरू[ले]” पृथ्वीमा कसरी पुनःजीवन पाउँछन् (rs पृ. ३३८ अनु. २-पृ. ३३९ अनु. २)
फेब्रुअरी १२ बाइबल पढाइ: यर्मिया ३२ र ३३
गीत न. १६६ (९०)
न. १: मानिसहरूलाई परमेश्वरबारे सत्य ज्ञान सिकाउनुहोस् (uw-NP पृ. १५-१७ अनु. ८-११[२])
न. २: यर्मिया ३३:१-३, १४-२६
न. ३: *td 25B ख्रीष्टको शरीरका अंगहरूको रूपमा हुनेहरू मात्र स्वर्ग जान्छन्
न. ४: पार्थिव पुनरुत्थानमा को को सम्मिलित छन् (rs पृ. ३३९ अनु. ३-पृ. ३४० अनु. ३)
फेब्रुअरी १९ बाइबल पढाइ: यर्मिया ३४ देखि ३७
गीत न. ८५ (४४)
न. १: यहोवा एक जना मात्र हुनुहुन्छ (uw-NP पृ. १७-१८ अनु. ११[३] देखि १२)
न. २: यर्मिया ३५:१-११, १७-१९
न. ३: *td 25C अनगिन्ती “अरू भेड़ा[हरूलाई]” अनन्त जीवनको प्रतिज्ञा गरिएको छ
न. ४: ख्रीष्टको उपस्थिति सम्बन्धी घटनाहरूको पूर्ति हुन वर्षौं लाग्छ (rs पृ. ३४१ अनु. १, २)
फेब्रुअरी २६ बाइबल पढाइ: यर्मिया ३८ देखि ४१
गीत न. ११७ (७५)
न. १: परमेश्वरको नाउँमा हिंड्नु भनेको के हो (uw-NP पृ. १८-१९ अनु. १३-१५)
न. २: यर्मिया ३८:१-१३
न. ३: *td 26A वैवाहिक बन्धन आदरणीय हुनुपर्छ
न. ४: ख्रीष्टको पुनरागमन अदृश्य छ (rs पृ. ३४१ अनु. ३-पृ. ३४२ अनु. २)
मार्च ४ बाइबल पढाइ: यर्मिया ४२ देखि ४५
गीत न. ४४ (७८)
न. १: बाइबल परमेश्वरको वचन भनी स्वीकार्न अरूलाई मदत दिनुहोस् (uw-NP पृ. २०-२ अनु. १-६)
न. २: यर्मिया ४३:१-१३
न. ३: *td 26B शिरत्वको सिद्धान्तलाई मसीहीहरूले कदर गर्नुपर्छ
न. ४: येशूको पुनरागमन कस्तो हुनेछ र कसरी प्रत्येक आँखाले त्यो देख्नेछ (rs पृ. ३४२ अनु. ४-पृ. ३४३ अनु. ५)
मार्च ११ बाइबल पढाइ: यर्मिया ४६ देखि ४८
गीत न. ४६ (२०)
न. १: दिनहुँ बाइबल पढ्नुहोस् (uw-NP पृ. २३-५ अनु. ७-११)
न. २: यर्मिया ४८:१-१५
न. ३: *td 26C छोराछोरीप्रति मसीही आमाबाबुको जिम्मेवारी
न. ४: ख्रीष्टको उपस्थितिसम्बन्धी घटनाहरू (rs पृ. ३४४ अनु. १-५)
मार्च १८ बाइबल पढाइ: यर्मिया ४९ र ५०
गीत न. १७५ (१०४)
न. १: परमेश्वरबारे सिक्न अध्ययन गर्नुहोस् (uw-NP पृ. २५-६ अनु. १२ देखि १२[१])
न. २: यर्मिया ४९:१-११, १५-१८
न. ३: *td 26D मसीहीहरूले संगी मसीहीहरूसित मात्र विवाह गर्नुपर्छ
न. ४: मसीहीहरूले विश्राम दिन मनाउन आवश्यक छैन (rs पृ. ३४५ अनु. २-पृ. ३४६ अनु. ३)
मार्च २५ बाइबल पढाइ: यर्मिया ५१ र ५२
गीत न. ७० (३९)
न. १: यर्मिया—किन लाभदायी छ (si पृ. १२९ अनु. ३६-३९)
न. २: यर्मिया ५१:४१-५७
न. ३: *td 26E साँचो मसीहीहरू बहुविवाह गर्दैनन्
न. ४: आदमले विश्राम दिन मनाएको विवरण बाइबलमा पाइँदैन (rs पृ. ३४६ अनु. ४-पृ. ३४७ अनु. २)
अप्रिल १ बाइबल पढाइ: विलाप १ र २
गीत न. १७० (९५)
न. १: विलाप पुस्तकको परिचय (si पृ. १३०-१ अनु. १-७)
न. २: विलाप २:१३-२२
न. ३: *td 27A मरियम “परमेश्वरकी आमा” थिइनन्
न. ४: येशूले मोशाको व्यवस्थालाई “विधिक” र “नैतिक” भागहरूमा विभक्त गर्नुभएन (rs पृ. ३४७ अनु. ३-पृ. ३४८ अनु. १)
अप्रिल ८ बाइबल पढाइ: विलाप ३ देखि ५
गीत न. १४० (७७)
न. १: विलाप—किन लाभदायी छ (si पृ. १३२ अनु. १३-१५)
न. २: विलाप ५:१-२२
न. ३: *td 27B मरियम “सधैं कुमारी” भइनन् भनेर बाइबलले देखाउँछ
न. ४: मोशाको व्यवस्थासंगसंगै दश आज्ञाहरू पनि रद्द भए (rs पृ. ३४८ अनु. २, ३)
अप्रिल १५ बाइबल पढाइ: इजकिएल १ देखि ४
गीत न. ११२ (५९)
न. १: इजकिएल पुस्तकको परिचय (si पृ. १३२-३ अनु. १-६)
न. २: इजकिएल ३:१६-२७
न. ३: *td 28A स्मरणार्थ उत्सवबारे बाइबल के भन्छ
न. ४: दश आज्ञासँगसँगै नैतिक प्रतिबन्ध किन हटेन (rs पृ. ३४९ अनु. १, २)
अप्रिल २२ बाइबल पढाइ इजकिएल ५ देखि ८
गीत न. १८० (१००)
न. १: बाइबलको विषय र शास्त्रपदहरूको प्रसंगलाई विचार गर्नुहोस् (uw-NP पृ. २६ अनु. १२[२] अनि १२[३])
न. २: इजकिएल ५:१-१५
न. ३: *td 28B मास उत्सव मनाउनु अशास्त्रीय हो
न. ४: मसीहीहरूको लागि विश्राम दिनले के अर्थ राख्छ (rs पृ. ३४९ अनु. ३-पृ. ३५१ अनु. २)
अप्रिल २९ लिखित पुनरावृत्ति। यर्मिया १३ देखि इजकिएल ८ सम्म।
गीत न. ११३ (६२)
मे ६ बाइबल पढाइ: इजकिएल ९ देखि ११
गीत न. १२४ (७५)
न. १: सिकेका कुराहरू आफ्नै जीवनमा लागू गर्नुहोस् र अरूलाई पनि बताउनुहोस् (uw-NP पृ. २६-८ अनु. १२[४] देखि १३)
न. २: इजकिएल ९:१-११
न. ३: तपाईंको भविष्य आनन्दमय भएको परमेश्वर चाहनुहुन्छ (kl-NP पृ. ६-७ अनु. १-५)
न. ४: बाइबलले कसलाई सन्तहरू भनी सम्बोधन गरेको छ (rs पृ. ३५२ अनु. १-पृ. ३५३ अनु. १)
मे १३ बाइबल पढाइ: इजकिएल १२ देखि १४
गीत न. १०५ (४६)
न. १: येशूबारे अगमवक्ताहरू के भन्छन् (uw-NP पृ. २९-३१ अनु. १-६)
न. २: इजकिएल १४:१-१४
न. ३: प्रमोदवनमा अनन्त जीवन—सपना मात्र होइन (kl-NP पृ. ७-९ अनु. ६-१०)
न. ४: हामी किन “सन्तहरू[लाई]” प्रार्थना गर्दैनौं (rs पृ. ३५३ अनु. २-४)
मे २० बाइबल पढाइ: इजकिएल १५ र १६
गीत न. १४९ (६९)
न. १: भविष्यसूचक नमुनाहरूप्रति ध्यान दिनुहोस् (uw-NP पृ. ३२-३ अनु. ७ देखि ८[२])
न. २: इजकिएल १६:४६-६३
न. ३: प्रमोदवनमा जीवन कस्तो हुनेछ ((kl-NP पृ. ९-१० अनु. ११-१६)
न. ४: “सन्तहरू[का]” अवशेष र प्रतिमाहरूलाई गरिने श्रद्धाबारे तथ्य कुरा के हो (rs पृ. ३५४ अनु. १-पृ. ३५५ अनु. १)
मे २७ बाइबल पढाइ: इजकिएल १७ देखि १९
गीत न. १२० (२६)
न. १: हाम्रा मुख्य पूजाहारीको पूर्व चित्रण (uw-NP पृ. ३३-अनु. ८[३] र ८[४])
न. २: इजकिएल १८:२१-३२
न. ३: परमेश्वरको ज्ञान किन अत्यावश्यक छ (kl-NP पृ. १०-११ अनु. १७-१९)
न. ४: साँचो मसीही सन्तहरू पापबाट मुक्त छैनन् (rs पृ. ३५५ अनु. २)
जून ३ बाइबल पढाइ: इजकिएल २० र २१
गीत न. १४४ (७८)
न. १: कसरी हामी ख्रीष्टमा विश्वास देखाउन सक्छौं (uw-NP पृ. ३३-७ अनु. ९-१४)
न. २: इजकिएल २१:१८-३२
न. ३: परमेश्वरको ज्ञान प्रकट गर्ने पुस्तक (kl-NP पृ. १२-१३ अनु. १-६)
न. ४: सबैको मुक्ति हुन्छ भनेर बाइबलले सिकाउँदैन (rs पृ. ३५६ पृ. ३)
जून १० बाइबल पढाइ: इजकिएल २२ र २३
गीत न. २२२ (११९)
न. १: परमेश्वरप्रति आज्ञाकारी हुँदा साँचो स्वतन्त्रता प्राप्त हुन्छ (uw-NP पृ. ३८-४० अनु. १-५)
न. २: इजकिएल २२:१७-३१
न. ३: परमेश्वरबारे बाइबलले के प्रष्ट्याउँछ (kl-NP पृ. १४-१५ अनु. ७-९)
न. ४: अन्ततः के सबै मानवजाति बाँच्नेछन् (rs पृ. ३५७ अनु. १)
जून १७ बाइबल पढाइ: इजकिएल २४ देखि २६
गीत न. १६० (८८)
न. १: आज साँचो स्वतन्त्रता कहाँ पाइन्छ (uw-NP पृ. ४०-२ अनु. ६-९)
न. २: इजकिएल २६:१-१४
न. ३: तपाईं किन बाइबलमाथि विश्वास गर्न सक्नुहुन्छ (kl-NP पृ. १५-१६ अनु. १०-१३)
न. ४: “सबै जातिका मानिसहरू” बचाइनेछ (rs पृ. ३५७ अनु २)
जून २४ बाइबल पढाइ: इजकिएल २७ देखि २९
गीत न. १५९ (६७)
न. १: सांसारिक स्वतन्त्रता वास्तवमा दासत्व हो (uw-NP पृ. ४२-३ अनु. १०-१२)
न. २: इजकिएल २९:१-१६
न. ३: बाइबल सही र भरपर्दो छ (kl-NP पृ. १७ अनु. १४, १५)
न. ४: केही मानिसहरू बचाइनेछैन भनी बाइबलले बताउँछ (rs पृ. ३५८ अनु. १-३)
जुलाई १ बाइबल पढाइ: इजकिएल ३० देखि ३२
गीत न. १३२ (७०)
न. १: खराब संगतलाई कसरी चिन्ने (uw-NP पृ. ४४-५ अनु. १३, १४)
न. २: इजकिएल ३१:१-१४
न. ३: बाइबल भविष्यवाणीको पुस्तक हो (kl-NP पृ. १७-१८ अनु. १६-१८)
न. ४: एकपल्ट बचाइनुको अर्थ सधैंभरिको लागि बचाइनु होइन (rs पृ. ३५८ अनु. ४–पृ. ३५९ अनु. १)
जुलाई ८ बाइबल पढाइ: इजकिएल ३३ र ३४
गीत न. ८४ (३०)
न. १: सबैले सामना गर्नुपर्ने ठूलो विवाद (uw-NP पृ. ४६-७ अनु. १-३)
न. २: इजकिएल ३४:१७-३०
न. ३: येशूबारे बाइबलका भविष्यवाणीहरू (kl-NP पृ. १९-२१ अनु. १९, २०)
न. ४: किन विश्वासअनुरूप काम गर्नैपर्छ (rs पृ. ३५९ अनु. २-५)
जुलाई १५ बाइबल पढाइ: इजकिएल ३५ देखि ३७
गीत न. ३८ (६५)
न. १: वफादार जनहरूको विश्वास अनुकरण गर्नुहोस् (uw-NP पृ. ४७-५२ अनु. ४-११)
न. २: इजकिएल ३५:१-१५
न. ३: परमेश्वरको ज्ञानको लागि चाह बढाउनुहोस् (kl-NP पृ. २१-२ अनु. २१-३)
न. ४: साँच्चै दियाबल छ भनेर हामीले कसरी थाह पाउने (rs पृ. ३६१ अनु. २–पृ. ३६२ अनु. २)
जुलाई २२ बाइबल पढाइ: इजकिएल ३८ र ३९
गीत न. २६ (९)
न. १: आफ्नो आचरणद्वारा यहोवाको महिमा गर्नु (uw-NP पृ. ५२-४ अनु. १२-१५)
न. २: इजकिएल ३८:१-४, १०-१२, १८-२३
न. ३: साँचो परमेश्वर र उहाँको नाउँ (kl-NP पृ. २३-४ अनु. १-५)
न. ४: शैतान भन्नाले केवल मानिसभित्र रहेको दुष्टता होइन (rs पृ. ३६२ अनु. ३–पृ. ३६३ अनु. १)
जुलाई २९ बाइबल पढाइ: इजकिएल ४० देखि ४४
गीत न. ६७ (३८)
न. १: परमेश्वरले दुष्टता रहिरहने अनुमति दिनुभएकोबाट हामी के सिक्छौं (uw-NP पृ. ५५-७ अनु. १-७)
न. २: इजकिएल ४०:१-१५
न. ३: परमेश्वरको नाउँको प्रयोग गर्न किन आवश्यक छ (kl-NP पृ. २४-५ अनु. ६-८)
न. ४: परमेश्वरले दियाबललाई सृष्टि गर्नुभएको होइन (rs पृ. ३६९ अनु. २)
अगस्त ५ बाइबल पढाइ: इजकिएल ४५ देखि ४८
गीत न. ६३ (३२)
न. १: इजकिएल—किन लाभदायी छ (si पृ. १३७ अनु. २९-३३)
न. २: इजकिएल ४७:१-१२
न. ३: यहोवाले कसरी आफ्नो नाउँलाई महान् पार्नुभयो (kl-NP पृ. २५-७ अनु. ९-१३)
न. ४: शैतानले विद्रोह गर्नेबित्तिकै परमेश्वरले त्यसलाई किन नाश गर्नुभएन (rs पृ. ३६३ अनु. ३–पृ ३६४ अनु. १)
अगस्त १२ बाइबल पढाइ: दानियल १ र २
गीत न. १०२ (५३)
न. १: दानियल पुस्तकको परिचय (si पृ. १३८-९ अनु. १-६)
न. २: दानियल २:३१-४५
न. ३: साँचो परमेश्वरका गुनहरू (kl-NP पृ. २७-८ अनु. १४-१६)
न. ४: दियाबलको शक्तिलाई कमजोर नठान्नुहोस् (rs पृ. ३६४ अनु. २–पृ. ३६५ अनु. २)
अगस्त १९ बाइबल पढाइ: दानियल ३ र ४
गीत न. ४१ (२२)
न. १: परमेश्वरले कहिल्यै अन्याय गर्नुभएको छैन (uw-NP पृ. ५८-६१ अनु. ८-१६)
न. २: दानियल ३:१६-३०
न. ३: यहोवा परमेश्वर दयालु र कृपालु हुनुहुन्छ (kl-NP पृ. २८-९ अनु. १७-१९)
न. ४: शैतानका दुष्ट प्रभावहरूबाट छुटकारा पाउने समय नजीकै छ (rs पृ. ३६५ अनु. ४–पृ. ३६६ अनु. ३)
अगस्त २६ लिखित पुनरावृत्ति। इजकिएल ९ देखि दानियल ४ सम्म।
गीत न. ११४ (६१)
सेप्टेम्बर २ बाइबल पढाइ: दानियल ५ र ६
गीत न. ५६ (३३)
न. १: दुष्ट आत्मिक सेनाहरूको प्रतिरोध गर्नुहोस् (uw-NP पृ. ६२-४ अनु. १-५)
न. २: दानियल ६:४-११, १६, १९-२३
न. ३: यहोवा रीस गर्नमा ढीलो, निष्पक्ष र धर्मी हुनुहुन्छ (kl-NP पृ. ३० अनु. २०, २१)
न. ४: के सबै प्रकारका यौनसम्बन्ध पापपूर्ण हो (rs पृ. ३६७ अनु. १–पृ. ३६८ अनु. २)
सेप्टेम्बर ९ बाइबल पढाइ: दानियल ७ र ८
गीत न. १३८ (७१)
न. १: दियाबलका धूर्त युक्तिहरूदेखि होशियार रहनुहोस् (uw-NP पृ. ६४-७ अनु. ६-१२)
न. २: दानियल ७:२-१४
न. ३: यहोवा हाम्रा परमेश्वर एउटै हुनुहुन्छ (kl-NP पृ. ३०-१ अनु. २२, २३)
न. ४: समलैंगिकताबारे बाइबलले के भन्छ (rs पृ. ३६८ अनु. ४–पृ. ३६९ अनु. २)
सेप्टेम्बर १६ बाइबल पढाइ: दानियल ९ र १०
गीत न. १२३ (६३)
न. १: परमेश्वरका सारा हातहतियार धारण गर्नुहोस् (uw-NP पृ. ६७-९ अनु. १३-१५)
न. २: दानियल ९:२०-२७
न. ३: येशू ख्रीष्ट परमेश्वरको ज्ञानको कुञ्जी हुनुहुन्छ (kl-NP पृ. ३२-३ अनु. १-३)
न. ४: परमेश्वरलाई प्रसन्न पार्न गर्नुपर्ने अपरिहार्य परिवर्तनहरू (rs पृ. ३६९ अनु. ३–पृ. ३७० अनु. १)
सेप्टेम्बर २३ बाइबल पढाइ: दानियल ११ र १२
गीत न. ८८ (४२)
न. १: दानियल—किन लाभदायी छ (si पृ. १४१-२ अनु. १९-२३)
न. २: दानियल १२:१-१३
न. ३: प्रतिज्ञाकृत मसीह (kl-NP पृ. ३३ अनु. ४, ५)
न. ४: सिद्ध पुरुषले कसरी पाप गर्न सक्थ्यो? (rs पृ. ३७१ अनु. २–पृ. ३७२ अनु. ३)
सेप्टेम्बर ३० बाइबल पढाइ: होशे १ देखि ५
गीत न. ५० (२३)
न. १: होशे पुस्तकको परिचय (si पृ. १४३-४ अनु. १-८)
न. २: होशे ५:१-१५
न. ३: येशूको पुर्खौलीले उहाँ मसीह हुनुहुन्छ भनी चिनाउँछ (kl-NP पृ. ३४ अनु. ६)
न. ४: पाप के हो भनी हामीले किन जान्नु (rs पृ. ३७३ अनु. १–पृ. ३७४ अनु. १)
अक्टोबर ७ बाइबल पढाइ: होशे ६ देखि १०
गीत न. १८५ (९८)
न. १: ज्ञान, विश्वास र पुनरुत्थान (uw-NP पृ. ७०-३ अनु. १-७)
न. २: होशे ८:१-१४
न. ३: भविष्यवाणीको पूर्तिले येशू नै मसीह हुनुहुन्छ भन्ने थप प्रमाण (kl-NP पृ. ३४-६ अनु. ७, ८)
न. ४: परमेश्वरसितको हाम्रो सम्बन्धमा पापको प्रभाव (rs पृ. ३७४ अनु. २–पृ. ३७५ अनु. २)
अक्टोबर १४ बाइबल पढाइ: होशे ११ देखि १४
गीत न. १४६ (८०)
न. १: होशे—किन लाभदायी छ (si पृ. १४५ अनु. १४-१७)
न. २: होशे ११:१-१२
न. ३: येशू नै मसीह हुनुहुन्थ्यो भन्ने थप प्रमाण (kl-NP पृ. ३६ अनु. ९)
न. ४: प्राणबारे बाइबलले के भन्छ (rs पृ. ३७५ अनु. ४–पृ. ३७६ अनु. ४)
अक्टोबर २१ बाइबल पढाइ: योएल १ देखि ३
गीत न. १४३ (७६)
न. १: योएल पुस्तकको परिचय अनि यो किन लाभदायी छ (si पृ. १४६-८ अनु. १-५, १२-१४)
न. २: योएल २:१-११, २८-३२
न. ३: यहोवाले आफ्नो पुत्रबारे साक्षी दिनुहुन्छ (kl-NP पृ. ३८ अनु. १०, ११)
न. ४: पशुहरू प्राणी हुन् भनी बाइबलले भन्छ (rs पृ. ३७६ अनु. ५–पृ. ३७७ अनु. ३)
अक्टोबर २८ बाइबल पढाइ: आमोस १ देखि ५
गीत न. १५१ (२५)
न. १: आमोस पुस्तकको परिचय (si पृ. १४८-९ अनु. १-६)
न. २: आमोस ३:१-१५
न. ३: येशूको मानवपूर्व अस्तित्व (kl-NP पृ. ३९ अनु. १२-१४)
न. ४: मृत्युपश्चात् प्राण र आत्मा जीवित रहँदैन (rs पृ. ३७७ अनु. ४–पृ. ३७९ अनु. ६)
नोभेम्बर ४ बाइबल पढाइ: आमोस ६ देखि ९
गीत न. २१२ (११०)
न. १: आमोस—किन लाभदायी छ (si पृ. १५० अनु. १३-१७)
न. २: आमोस ८:१-१४
न. ३: येशूको पार्थिव जीवनपद्धति (kl-NP पृ. ४०-१ अनु. १५-१७)
न. ४: बाइबलले पवित्र आत्माको वर्णन कसरी गर्छ (rs पृ. ३८० अनु. २–पृ. ३८१ अनु. १)
नोभेम्बर ११ बाइबल पढाइ: ओबदिया देखि योना ४
गीत न. २१५ (११७)
न. १: ओबदिया र योना पुस्तकहरूको परिचय अनि ती पुस्तकहरू किन लाभदायी छन् (si पृ. १५१-३ अनु. १-५ १०-१४ पृ. १५३-५ अनु. १-४, ९-१२)
न. २: योना ३:१०; ४:१-११
न. ३: येशू जीवित हुनुहुन्छ र उहाँले राजाको रूपमा शासन गरिरहनु भएको छ (kl-NP पृ. ४१-२ अनु. १८-२०)
न. ४: मानिसहरूले पवित्र आत्मा पाएको प्रमाण (rs पृ. ३८१ अनु. ३–पृ. ३८२ अनु. १)
नोभेम्बर १८ बाइबल पढाइ: मीका १ देखि ४
गीत न. १३९ (७४)
न. १: मीका पुस्तकको परिचय (si पृ. १५५-६ अनु. १-८)
न. २: मीका ४:१-१२
न. ३: परमेश्वरले स्वीकार्नुहुने उपासना (kl-NP पृ. ४३-५ अनु. १-५)
न. ४: मृत्युपछि पनि अस्तित्वमा रहने कुनै आत्मिक तत्त्व मानिसमा हुँदैन (rs पृ. ३८२ अनु. ५–पृ. ३८३ अनु. २)
नोभेम्बर २५ बाइबल पढाइ: मीका ५ देखि ७
गीत न. १६२ (८९)
न. १: मीका—किन लाभदायी छ (si पृ. १५७-८ अनु. १६-१९)
न. २: मीका ६:१-१६
न. ३: परमेश्वरको इच्छानुसार गर्नु (kl-NP पृ. ४६-७ अनु. ६-१०)
न. ४: मृत व्यक्तिको “आत्मासित” सम्पर्क राख्न सकिंदैन (rs पृ. ३८४ अनु. ३–पृ. ३८५ अनु. ४)
डिसेम्बर २ बाइबल पढाइ: नहूम १ देखि ३
गीत न. १६८ (८४)
न. १: नहूम पुस्तकको परिचय अनि यो किन लाभदायी छ (si पृ. १५८-६० अनु. १-७, ११, १२)
न. २: नहूम १:२-१४
न. ३: परमेश्वरको तरिकाअनुसार उपासना गर्नुहोस् (kl-NP पृ. ४८ अनु. ११-१३)
न. ४: साँचो मसीहीहरूले किन सबै प्रेतवादी चलनहरू त्याग्दछन् (rs पृ. ३८५ अनु. ५)
डिसेम्बर ९ बाइबल पढाइ: हबकूक १ देखि ३
गीत न. ४७ (२१)
न. १: हबकूक पुस्तकको परिचय अनि यो किन लाभदायी छ (si पृ. १६१-३ अनु. १-५; १२-१४)
न. २: हबकूक १:१२-२:८
न. ३: परमेश्वरलाई अप्रसन्न तुल्याउन होशियार रहनुहोस् (kl-NP पृ. ४९-५० अनु. १४-१७)
न. ४: प्रेतवादी चलनहरू त्याग्नुहोस् (rs पृ. ३८६ अनु. १–पृ. ३८७ अनु. ३)
डिसेम्बर १६ बाइबल पढाइ: सपन्याह १ देखि ३
गीत न. १७२ (९२)
न. १: सपन्याह पुस्तकको परिचय अनि यो किन लाभदायी छ (si पृ. १६३-६ अनु. १-६, १०-१२)
न. २: सपन्याह १:७-१८
न. ३: परमेश्वरका उच्चस्तरहरू पालन गर्नुहोस् (kl-NP पृ. ५०-१ अनु. १८, १९)
न. ४: पैशाचिक शक्तिबारे जिज्ञासु नहुनुहोस् (rs पृ. ३८७ अनु. ४–पृ. ३८८ अनु. २)
डिसेम्बर २३ बाइबल पढाइ:हाग्गै १ र २
गीत न. १५२ (८२)
न. १:हाग्गै पुस्तकको परिचय अनि यो किन लाभदायी छ (si पृ. १६६-८ अनु. १-७, १३-१६)
न. २:हाग्गै २:६-१९
न. ३:यहोवालाई तनमनले उपासना चढाउनुहोस् (kl-NP पृ. ५१-२ अनु. २०-२)
न. ४:प्रेतवादी प्रभावबाट कसरी मुक्त हुने? (rs पृ. ३८८ अनु. ३–पृ. ३८९ अनु. ४)
डिसेम्बर ३०लिखित पुनरावृत्ति। दानियल ५ देखि हाग्गै २ सम्म ।
गीत न. ३४ (८)