फेब्रुअरी महिनाका लागि सेवा सभाहरू
फेब्रुअरी ५ मा सुरु हुने हप्ता
गीत ९६ (७२)
१० मि: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट उपयुक्त घोषणाहरू।
१५ मि: “येशूको अनुकरण गर्दै दिनहुँ सत्य उद्घोषणा गर्ने।” प्रश्नोत्तर छलफल। अनुच्छेद ५ पढ्नुहोस्।
२० मि: “साँचो आनन्दको कुञ्जी।” सुझावित प्रस्तुतिहरू छलफल गर्नुहोस् र एक दुइटा प्रदर्शनहरू प्रस्तुत गर्नुहोस्। सधैंभरि बाँच्न सक्नु हुन्छ र फ्यामिली (परिवार) (नेपालीमा उपलब्ध छैन) पुस्तकहरू व्यवहारिक तथा सजिलै प्रस्तुत गर्नसकिने भएकोले प्रकाशकहरूलाई ती पुस्तक हरबखत साथै राख्ने सुझाउ दिनुहोस्।
गीत १४ (६) र समापन प्रार्थना।
फेब्रुअरी १२ मा सुरु हुने हप्ता
गीत १९१ (९८)
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१३ मि: “अप्रिल महिनामा पत्रिका वितरण गतिविधिका लागि तयार हुनुहोस्।” सुसमाचार सुनाउन प्रहरीधरहरा र अवेक! पत्रिकाहरूको महत्त्व प्रष्ट्याउनुहोस्। दुइटा अनुच्छेद भएको यो लेख पढ्नुहोस् र स्थानीय मण्डलीले अप्रिल महिनालाई पत्रिका वितरण गर्ने विशेष महिना बनाउन के गर्नसक्नेछ देखाउनुहोस्। अप्रिल, मे वा दुवै महिना सहायक अग्रगामी गर्न मण्डलीमा सबैलाई प्रोत्साहन दिनुहोस्।
२२ मि: “घरधनीलाई मेरो कुरा कसरी सुनाऊँ?” प्रश्नोत्तर छलफल। ढोकामा कुरा गर्दा कसरी न्यानोपन झल्काउन सकिन्छ भन्नेबारे दुइ प्रकाशकहरूलाई स्कूल गाइडबूक (पाठशाला निर्देशन पुस्तक) (नेपालीमा उपलब्ध छैन) पृष्ठ १६५-७, अनुच्छेद १०-१२ मा दिइएका सुझाउहरू प्रयोग गर्दै छलफल गर्न लगाउनुहोस्। क्षेत्रमा विरोधको सामना गर्नुपर्दा कुशलतापूर्वक व्यवहार गर्नुपर्ने आवश्यकतामा जोड दिनुहोस्।
गीत १३३ (६८) र समापन प्रार्थना।
फेब्रुअरी १९ मा सुरु हुने हप्ता
गीत ७२ (५८)
१० मि: स्थानीय घोषणाहरू।
१५ मि: “सन् १९९६ को ईश्वरतान्त्रिक सेवकाई पाठशालाबाट लाभ उठाउनुहोस्—भाग २।” पाठशाला निरीक्षकद्वारा भाषण। दिनहुँ परमेश्वरको वचन पढ्नुपर्ने आवश्यकतामा जोड दिनुहोस्।
२० मि: “तिनीहरूलाई बुझ्न मदत गर्नुहोस्।” पुनःभेटका लागि सुझावित प्रस्तुति पुनरावलोकन गर्नुहोस्। प्राचीनले दुइ तीन जना प्रकाशकहरूसित सधैंभरि बाँच्न सक्नु हुन्छ र फ्यामिली (परिवार) पुस्तकहरूका विशेषताहरू छलफल गर्नेछन्। र ती पुस्तकहरूप्रति कसरी ध्यानाकर्षित गर्न सकिन्छ प्रष्ट्याउनेछन्। एक दुइटा प्रदर्शनहरू प्रस्तुत गर्नुहोस्। बाइबल अध्ययन सञ्चालन गर्ने हदसम्म पुग्न चासो बढाउन सकिने सुझाउहरू प्रस्तुत गर्नुहोस्।
गीत ५३ (२७) र समापन प्रार्थना।
फेब्रुअरी २६ मा सुरु हुने हप्ता
गीत २८ (५)
१० मि: स्थानीय घोषणाहरू।
१५ मि: रोचक प्रस्तुति तयार गर्ने। ढोका-ढोकाको सेवकाईमा जाँदा स्थानीय मानिसहरूलाई चासो लाग्ने खालका प्रस्तुतिहरू चलाउँदा हुने फाइदाहरूबारे सेवा निरीक्षक वा अर्को प्राचीनले दुइ अथवा तीन प्रकाशकहरूसित छलफल गर्छन्। उदाहरणका लागि, जीवनस्तर उकास्न गरिएका वर्तमान प्रयासहरू, बढ्दो वैवाहिक समस्याहरू, अपराधी केटाकेटीहरू अथवा जागिर सजिलै नपाइने विषयहरूमा प्राप्त स्थानीय रिपोर्टहरू वा राजनीतिज्ञ तथा पादरीहरूद्वारा प्रस्तुत समाधानहरूप्रति धेरैभन्दा धेरै मानिसहरू किन शंकालु भइरहेका छन्, त्यसबारे समाचारहरू आदि। तपाईंको टोलछिमेकमा भएका ताजा घटनाहरू उल्लेख गर्नुहोस् र वार्तालाप थाल्न ती घटनाहरूलाई कसरी प्रयोग गर्न सकिन्छ, छलफल गर्नुहोस्।
२० मि: मार्च महिनामा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तक प्रस्तुत गर्ने। वार्तालाप थाल्न चलाउन सकिने केही रोचक पक्षहरू देखाउनुहोस्। (१) पृष्ठ ४-५, ८६, १२४-५, १८८-९ मा देखाइएका आकर्षक चित्रहरूमा ध्यानाकर्षण गर्नुहोस्। (२) हरेक अध्यायको अन्तमा पुनरावलोकनका लागि केही प्रश्नहरू किन राखिएका छन् देखाउनुहोस् र प्रस्तुतिको रूपमा यी प्रश्नहरू कसरी चलाउन सकिन्छ, व्याख्या गर्नुहोस्। ती प्रश्नहरूको जवाफ थाह पाउन चाहनुहुन्छ कि भनेर घरधनीलाई सोध्न सकिन्छ। पृष्ठ ११, २२, ६१, १४९ मा सूचीबद्ध प्रश्नहरूमध्ये केही प्रश्नहरू छान्नुहोस्। (३) पृष्ठ १०२ को पेटीलाई औंल्याउनुहोस् र चासो जगाउन “अन्तिम दिनका केही विशेषताहरू” कसरी प्रयोग गर्न सकिन्छ, सुझाउहरू दिनुहोस्। (४) प्रगतिशील अध्ययनहरू सञ्चालन गर्न यो पुस्तक तयार पारिएको हो भनेर जोड दिनुहोस्। अध्यायहरू छोटा छन्, विषयवस्तु सजिलै बुझ्न सकिन्छ, सशक्त पदहरू उद्धरण गरिएका छन् र मूल बुँदाहरूलाई केन्द्रित गर्ने विवेकशील प्रश्नहरू सोधिएका छन्। सबैलाई बाइबल अध्ययन सञ्चालन गर्ने लक्ष्य राखेर पुस्तक प्रस्तुत गर्ने आग्रह गर्नुहोस्। तपाईंको भाषामा यो पुस्तक मण्डलीमा अझै उपलब्ध छैन भने, सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक प्रस्तुत गर्दा माथि उल्लिखित सुझाउहरू प्रयोग गर्नुहोस्। प्रकाशकहरूलाई फ्यामिली (परिवार) पुस्तक पनि हरबखत साथै राख्ने र उपयुक्त भए प्रस्तुत गर्ने प्रोत्साहन दिनुहोस्।
गीत १५१ (२५) र समापन प्रार्थना।