घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू फेब्रुअरी: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा प्रस्तुत गर्न सकिन्छ। (ठूलो साइजको रु. ४५.००)। अन्यथा मेकिङ योर फ्यामिली लाइफ ह्याप्पि (तपाईंको पारिवारिक जीवन सुखी बनाउने) (नेपालीमा उपलब्ध छैन) पुस्तक चन्दास्वरूप रु. १५.०० मा प्रस्तुत गर्न सकिन्छ। यस पुस्तकको तेलगु संस्करण विशेष दरमा रु. ८.०० मा प्रस्तुत गर्न सकिन्छ। मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तक चन्दास्वरूप रु. १५.०० मा प्रस्तुत गर्न सकिन्छ। यदि यो पुस्तक मण्डलीमा उपलब्ध छैन भने, पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा प्रस्तुत गर्न सकिन्छ। (ठूलो साइजको रु. ४५.००)। अप्रिल र मे: प्रहरीधरहरा अथवा अवेक!-को ग्राहक बनाउने। अर्धमासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर रु. ९०.००। मासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर र अर्धमासिक संस्करणको अर्धवार्षिक ग्राहक शुल्क दर रु. ४५.००। मासिक संस्करणहरूका लागि अर्धवार्षिक ग्राहक सुविधा उपलब्ध छैन। ग्राहक बन्न अस्वीकार गरेमा एक प्रति पत्रिका चन्दास्वरूप रु. ४.०० मा प्रस्तुत गर्नुपर्छ। उपयुक्त भए फ्यामिली (परिवार) पुस्तक पनि प्रस्तुत गर्न सकिन्छ। सूचना: कागतको मोलमा वृद्धि भएकोले प्रहरीधरहरा र अवेक! पत्रिकाहरू र तिनको ग्राहक दर मार्च १, १९९६ देखि परिवर्तन हुनेछ। नयाँ दर यसप्रकार छ: एक प्रतिको: अग्रगामीहरूका लागि: रु. २.५०; प्रकाशक तथा जनसाधारणका लागि: रु. ४.००। अर्धमासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर: अग्रगामीहरूका लागि: रु. ६०.००; प्रकाशक तथा जनसाधारणका लागि: रु. ९०.००। मासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर र अर्धमासिक संस्करणको अर्धवार्षिक ग्राहक शुल्क दर: अग्रगामीहरूका लागि: रु. ३०.००; प्रकाशक तथा जनसाधारणका लागि: रु. ४५.००।
▪ सचिव र सेवा निरीक्षकले सबै नियमित अग्रगामीहरूको क्रियाकलाप पुनरावलोकन गर्नुपर्छ। यदि कसैलाई निर्धारित समय बुझाउन कठिन भइरहेको छ भने, प्राचीनहरूले मदत दिने प्रबन्ध मिलाउनुपर्छ। अक्टोबर १९८६ हाम्रो राज्य सेवकाई परिशिष्टांकको अनुच्छेद १२-२० मा भएका बुँदाहरू पुनरावलोकन गर्नुहोस्।
▪ अप्रिल २, १९९६ मंगलबारका दिन स्मरणार्थ उत्सव मनाइनेछ। अगाडि नै भाषण सुरु हुने भए तापनि कृपया स्मरण रहोस् सूर्यास्तपछि मात्र स्मरणार्थ रोटी र दाखमद्य बाँड्नुपर्छ। त्यस दिन सूर्यास्त हुने समय पत्ता लगाउन स्थानीय स्रोतसँग सम्पर्क राख्नुहोस्। त्यस दिन क्षेत्र सेवाबाहेक अरू कुनै सभा सञ्चालन गर्नु हुँदैन। तपाईंको मण्डलीमा सामान्यतया मंगलबारको दिन सभा हुनेगर्थ्यो भने, त्यस हप्ता जुन दिन राज्यभवन खाली हुन्छ त्यसै दिन ती सभाहरू सञ्चालन गर्न सक्नुहुन्छ।
▪ मार्च, अप्रिल र मे महिनामा सहायक अग्रगामी गर्न चाहने प्रकाशकहरूले अहिले नै योजना बनाएर निवेदन दिइहाल्नुपर्छ। यसो गर्दा प्राचीनहरूले क्षेत्र सेवाका लागि आवश्यक प्रबन्धहरू मिलाउनसक्छन् र पर्याप्त साहित्यहरू उपलब्ध गराउनसक्छन्।
▪ उपलब्ध नयाँ प्रकाशनहरू:
जेहोभाज् विट्नेसेज् एण्ड एडुकेशन (यहोवाका साक्षीहरू तथा शिक्षा) —अंग्रेजी
“आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशनमा विमोचन गरिएको यो नयाँ पुस्तिका अग्रगामीहरूका लागि रु ३.०० र प्रकाशक तथा जनसाधारणका लागि रु ५.००। यो अंग्रेजी ब्रेल लिपिमा एक खण्डको रूपमा पनि उपलब्ध छ।
ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ —अंग्रेजी, कन्नडा, गुजराती, तामिल, तेलगु, नेपाली, बंगाली, मराठी, मल्यालम, हिन्दी
“आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशनमा विमोचन गरिएको यो नयाँ पुस्तक अग्रगामीहरूका लागि रु ८.०० र प्रकाशक तथा जनसाधारणका लागि रु १५.००। यो अंग्रेजी ब्रेल लिपिमा दुइ खण्डको रूपमा पनि उपलब्ध छ।
जीवनको उद्देश्य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? —नेपाली
थिओक्रटिक मिनिस्ट्री स्कूल गाइडबूक (ईश्वरतान्त्रिक सेवकाई पाठशाला निर्देशन पुस्तक) —तामिल
यहोवाका साक्षीहरू के विश्वास गर्छन्? पर्चा नं. १४ —उर्दू
शान्तिमय नयाँ संसारमा जीवन, पर्चा नं. १५ —उर्दू
मृत प्रिय जनहरूका लागि के आशा छ? पर्चा नं. १६ —उर्दू
▪ पुनः उपलब्ध प्रकाशनहरू:
पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ (सानो) —तामिल
लिसनिङ टु द ग्रेट टिचर (महान् शिक्षकको कुरा सुन्ने) —तामिल, मल्यालम
“हेर! म सबै थोक नयाँ तुल्याउँदैछु” —अंग्रेजी, कन्नडा, तामिल, नेपाली, मल्यालम, हिन्दी
▪ उपलब्ध नयाँ भिडिओ क्यासेटहरू:
द बाइबल—अ बूक अफ फ्याक्टस् एण्ड प्रोफेसि भोल्युम वान: द बाइबल—एकुरेट हिस्ट्री, रिलाएबल प्रोफेसि (बाइबल—तथ्य र भविष्यवाणीको पुस्तक खण्ड १: बाइबल—यथार्थ इतिहास, भरोसायोग्य भविष्यवाणी) —अंग्रेजी
द बाइबल—अ बूक अफ फ्याक्टस् एण्ड प्रोफेसि भोल्युम टु: द बाइबल—म्यानकाइन्डस् ओल्डेस्ट मर्डन बूक (बाइबल—तथ्य र भविष्यवाणीको पुस्तक खण्ड २: बाइबल—मानवजातिको सबैभन्दा पुरानो आधुनिक पुस्तक) —अंग्रेजी
युनाइटेड बाई डिभाइन टिचिङ (ईश्वरीय शिक्षाले गर्दा एकताबद्ध) —अंग्रेजी
यी भिडिओ क्यासेटहरूको लागि साधारण साहित्य माग फाराम (S-AB-14) मा आवेदन पठाउन सकिन्छ। प्रत्येकको चन्दास्वरूप अग्रगामीहरूका लागि रु. १५०.०० र प्रकाशक तथा जनसाधारणका लागि रु. २००.००।