प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 मे पृ. २
  • मे महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९६
  • उपशीर्षकहरू
  • मे ६ मा सुरु हुने हप्ता
  • मे १३ मा सुरु हुने हप्ता
  • मे २० मा सुरु हुने हप्ता
  • मे २७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९६
km96 मे पृ. २

मे महिनाका लागि सेवा सभाहरू

मे ६ मा सुरु हुने हप्ता

गीत १५३ (४४)

१० मि: स्थानीय घोषणाहरू। “ग्रीष्म ऋतुमा के गर्ने योजना बनाउनुभएको छ?” पुनरावलोकन गर्नुहोस्‌।

१५ मि: “मनतनले गर्नुहोस्‌!” प्रश्‍नोत्तर। समयले भ्याएमा अक्टोबर १५, १९८१ प्रहरीधरहरा-को (अंग्रेजी) पृष्ठ २५ बाट “परिवारको रूपमा छलफल गर्ने बुँदाहरू” समावेश गर्नुहोस्‌।

२० मि: “छिमेकीलाई सत्यबारे बताउनुहोस्‌।” प्रश्‍नोत्तर। सुझावित प्रस्तुतिहरू पुनरावलोकन गर्नुहोस्‌। छोटो प्रस्तुतिहरू प्रयोग गरेर पत्रिका वितरण कार्यमा भाग लिन नयाँ व्यक्‍तिहरूलाई प्रोत्साहन दिनुहोस्‌। ग्राहक बन्‍ने प्रस्ताव राखेको दुइटा प्रदर्शन देखाउनुहोस्‌। ग्राहक बन्‍न अस्वीकार गरेमा एउटा वा दुइ चारवटा पत्रिकाहरू लिने प्रस्ताव राख्नुपर्ने खाँचोमा जोड दिनुहोस्‌।

गीत १४८ (८१) र समापन प्रार्थना।

मे १३ मा सुरु हुने हप्ता

गीत ६३ (३२)

७ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१८ मि: “आध्यात्मिक तवरमा अहिलेजति राम्रो पहिले कहिल्यै थिएन!” प्रश्‍नोत्तर। एक किशोरलगायत दुइ वा तीन जना प्रकाशकलाई आफूले पाएका केही आशिष्‌हरू उल्लेख गर्न लगाउनुहोस्‌। अन्ततः, जति बढी मूल्यांकन गर्छौं त्यति नै जोशका साथ पवित्र सेवा गर्न उत्प्रेरित हुन्छौं भनी देखाउनुहोस्‌।

२० मि: “सबैका निम्ति सबै कुरा हुने।” अनुच्छेद १-९ को प्रश्‍नोत्तर। अनुच्छेद ५ र ६ पढ्‌नुहोस्‌। आफूले भन्‍ने कुराबारे होशियार हुनुपर्ने आवश्‍यकता र कुशल हुनु भनेको सम्झौता गर्नु होइन भनेर जोड दिनुहोस्‌। साथै, हामीले इलाकामा भेट्‌ने मानिसहरूका धार्मिक विश्‍वासबारे केही ज्ञान हुनु लाभदायी भए तापनि यहोवाको नाउँको प्रशंसा गर्ने र परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने लक्ष्यलाई बिर्सनु हुँदैन। त्यो बुझ्यौं भने प्रायजसो निरर्थक साबित हुने मानव दर्शनसम्बन्धी लामो विवादहरूमा फस्नबाट जोगिन्छौं।

गीत १९३ (१०३) र समापन प्रार्थना।

मे २० मा सुरु हुने हप्ता

गीत १२६ (५८)

१० मि: स्थानीय घोषणाहरू। सबैलाई पत्रिका वितरणमा भाग लिने प्रोत्साहन दिनुहोस्‌।

१५ मि: “सत्यबारे बोलिरहनुहोस्‌।” विशेष अभियानको दौडान ग्राहक बनेका वा पत्रिकाहरू स्वीकारेका व्यक्‍तिहरूसित अध्ययन सुरु गर्ने लक्ष्य राखेर पुनःभेट गर्न जोड दिनुहोस्‌। प्रथम भेटमा पत्रिकाहरू मात्र स्वीकारेको थियो भने पुनःभेटमा ग्राहक बन्‍ने प्रस्ताव राख्न वा पत्रिका रुट सुरु गर्न सकिन्छ। दुइटा छोटो प्रदर्शन गर्नुहोस्‌।

२० मि: “सबैका निम्ति सबै कुरा हुने।” अनुच्छेद १० देखि अन्तसम्म श्रोतागणसित छलफल। प्रस्तुत चारै वटा वार्तालाप बाधकहरूको कस्तो जवाफ दिन सकिन्छ भनी छोटो प्रदर्शनहरू गर्नुहोस्‌। सेवकाईमा भाग लिंदा यस चार पृष्ठको परिशिष्टांक सधैं आफ्नो तर्क (अंग्रेजी) पुस्तकभित्र राख्न प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्‌।

गीत २८ (५) र समापन प्रार्थना।

मे २७ मा सुरु हुने हप्ता

गीत १२१ (२०)

५ मि: स्थानीय घोषणाहरू।

१५ मि: जून महिनामा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ प्रस्तुत गर्ने। सर्वप्रथम, सेवा निरीक्षकले ज्ञान पुस्तक प्रकाशित हुनुको कारण छलफल गर्छन्‌। त्यसपछि तिनले दुइ तीन जना दक्ष प्रकाशकहरूसित यसका केही मुख्य बुँदाहरू पुनरावलोकन गर्छन्‌। पुस्तकले हाम्रो भविष्य, मानव दुःख, परमेश्‍वरको राज्य, ईश्‍वरीय आचरण, पारिवारिक जीवन र प्रार्थनाका लाभहरूसम्बन्धी प्रश्‍नहरूको जवाफ दिन्छ। समूहका दुइ बेग्लाबेग्लै व्यक्‍तिले बाइबल अध्ययन थाल्न, प्रथम भेट वा पुनःभेटमा प्रयोग गर्न सकिने परिचयको प्रदर्शन देखाउँछन्‌। त्यसपछि सेवा निरीक्षकले निम्न बुँदाहरू छलफल गर्छन्‌। थोरै समयभित्र बढी प्रभावकारी बाइबल अध्ययनहरू सञ्चालन गर्नुपर्ने खाँचो छ। विशेषगरि त्यस उद्देश्‍यपूर्तिको लागि यो पुस्तक तयार पारिएको हो। यसले सत्यलाई सकारात्मक, संक्षिप्त ढंगमा प्रस्तुत गर्छ। हरेक अनुच्छेदलगायत हरेक अध्यायको अन्तमा दिइएका प्रश्‍नहरूले हामीलाई मुख्य बुँदामा ध्यान केन्द्रित गर्न मदत दिन्छ। भर्खरै समर्पण गरेर बप्तिस्मा लिन चाहने नयाँ व्यक्‍तिहरूलाई सोधिने प्रश्‍नहरूको जवाफ यो पुस्तकमा समावेश गरिएको छ। जून महिनामा अध्ययन सुरु गर्ने लक्ष्य राखेर मेहनत गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

१० मि: प्रश्‍न पेटी। पढेर श्रोतागणसित छलफल गर्नुहोस्‌।

१५ मि: “के तपाईं असाध्यै व्यस्त हुनुहुन्छ?” प्रश्‍नोत्तर। समयले भ्याएमा जून ८, १९९० ब्यूँझनुहोस्‌!-को (अंग्रेजी) पृष्ठ १४-१६ का टिप्पणीहरू समावेश गर्नुहोस्‌। ईश्‍वरतान्त्रिक क्रियाकलापहरूको व्यस्त तालिकालाई सफलतापूर्वक सामना गर्न के गरेका छन्‌, त्यसबारे एक दुइ जना प्रकाशकलाई छोटकरीमा बताउन लगाउनुहोस्‌।

गीत १५५ (३६) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने