प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 अगस्त पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९६
हाम्रो राज्य सेवकाई—१९९६
km96 अगस्त पृ. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्य अगस्त: निम्न ३२ पृष्ठ भएको ठूलो पुस्तिकामध्ये कुनै पनि चन्दास्वरूप रु. ५.०० मा प्रस्तुत गर्न सकिन्छ: के तपाईंले त्रिएकमा विश्‍वास गर्नुपर्ने हो? (अंग्रेजी), के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रिय जनको मृत्यु हुँदा (अंग्रेजी), त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, सधैंभरि रहिरहने ईश्‍वरीय नाउँ (अंग्रेजी), हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? र “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”। सेप्टेम्बर: तपाईंको पारिवारिक जीवन सुखी बनाउने (अंग्रेजी) पुस्तक चन्दास्वरूप रु. २०.०० मा। अन्यथा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ वा जीवन—यहाँ कसरी आयो? विकासवाद वा सृष्टिद्वारा? (अंग्रेजी) पुस्तकहरू चन्दास्वरूप रु. २५.०० मा प्रस्तुत गर्न सकिन्छ (ठूलो साइजको रु. ४५.००)। अक्टोबर: प्रहरीधरहरा वा अवेक!-को ग्राहक बनाउने। अर्धमासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर रु. ९०.०० मात्र। मासिक संस्करणको वार्षिक शुल्क दर र अर्धमासिक संस्करणको अर्धवार्षिक ग्राहक शुल्क दर रु. ४५.०० मात्र। मासिक संस्करणहरूका लागि अर्धवार्षिक ग्राहक सुविधा उपलब्ध छैन। ग्राहक बन्‍न अस्वीकार गरेमा प्रति पत्रिका चन्दास्वरूप रु. ४.०० मा प्रस्तुत गर्नुपर्छ। नोभेम्बर: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक चन्दास्वरूप रु. २०.०० मा। प्रस्तुत गरिएका सबै ठाउँहरूमा बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखेर फेरि भेट्‌न विशेष प्रयास गरिनेछ। सूचना: हामी सबै मण्डलीहरूलाई सधैंभरि बाँच्न सक्नु हुन्छ र परिवार पुस्तक सदुपयोग गर्न प्रोत्साहन दिन्छौं। प्रकाशकहरूलाई वर्षभरि यी पुस्तकका केही प्रतिहरू आफूसित राख्न र हरेक उपयुक्‍त अवसरमा ती प्रस्तुत गर्न प्रोत्साहन दिन सकिन्छ। उपरोक्‍त साहित्य अभियानको लागि आवेदन नपठाएका मण्डलीहरूले अर्को साहित्य आवेदन फाराम (S-AB-14) भरेर पठाइहाल्नुपर्छ।

▪ अक्टोबर-डिसेम्बर १९९६ को अंकदेखि उर्दू भाषाको त्रैमासिक ब्यूँझनुहोस्‌! जर्मनीमा रंगीन मुद्रण हुनेछ र भारतका मण्डलीहरूलाई सोझै सतहडाँकद्वारा पठाइनेछ। त्रैमासिक उर्दू ब्यूँझनुहोस्‌!-को लागि अर्डर पठाइसकेका मण्डलीहरूले आफ्नो अर्डर बढाउन चाहन्छन्‌ भने, वितरक अर्डर (M-229) फाराममा भरेर पठाउनसक्छन्‌। अरू मण्डलीहरूले सोही फाराम प्रयोग गरेर स्थायी अर्डर दिनसक्छन्‌। उर्दू भाषाको मासिक प्रहरीधरहरा चाहिं भारतमै मुद्रण हुनेछ।

▪ प्रत्येक मण्डलीले तीनवटा साहित्य सूची फाराम (S-AB-18) प्राप्त गर्नेछन्‌। मण्डलीको सचिवले अगस्त महिनाको सुरुतिरै साहित्य सेवकलाई भेटेर त्यस महिनाको अन्तमा मण्डलीसित साहित्यहरूको बाँकी स्टकको सूची तयार गर्न मिति तय गर्नुपर्छ। स्टकमा भएका सबै साहित्यहरूको सही गणना लिनुपर्छ र कुल संख्या साहित्य सूची फाराममा भर्नुपर्छ। पत्रिकाहरूको कुल संख्या पत्रिका सेवकबाट प्राप्त गर्न सकिन्छ। कृपया सेप्टेम्बर ६ अगावै सोसाइटीलाई त्यसको सक्कली प्रति पठाउनुहोस्‌। यसको एउटा प्रतिलिपि तपाईंको फाइलमा राख्नुहोस्‌। त्यसको तेस्रो प्रति काम गर्नको लागि प्रयोग गर्न सकिन्छ। सचिवले सूचीमा भर्ने कार्यलाई सुपरिवेक्षण गर्नुपर्छ र पूरा भरिसकेको फारामलाई मण्डलीको अध्यक्षले जाँच्नुपर्छ। सचिव र मण्डलीको अध्यक्ष दुवैले फाराममा दस्तखत गर्नेछन्‌।

▪ मण्डलीको सचिवले मण्डली विश्‍लेषण रिपोर्ट फाराममा (S-10) भर्न सेवा रिपोर्टहरू जम्मा गर्नेछन्‌। यस काममा सहयोग गर्ने कुनै प्राचीन वा सेवकाई सेवकलाई तिनले होशियारीपूर्वक निर्देशन दिनेछन्‌ ताकि प्रकाशक अभिलेख कार्डबाट (S-21) आवश्‍यक जानकारीहरू लिएर सही सूची तयार गर्न सकियोस्‌। मण्डली विश्‍लेषण रिपोर्ट फाराममा सही विवरणहरू सफासित भर्नुपर्छ र त्यसमा हस्ताक्षर गर्नुअघि सेवा समितिले होशियारीपूर्वक जाँच्नुपर्छ। कृपया नबिर्सनुहोस्‌, फाराममा दिइएका प्रथम पाँच पेटीहरूमा साप्ताहिक सभाहरूको औसत उपस्थिति भर्नुपर्छ। कृपया पेटीहरू माथि दिइएका निर्देशनहरूअनुरूप हिसाब गर्नुहोस्‌। यो पनि नबिर्सनुहोस्‌, फारामपछाडि पुच्छारबाट दोस्रो पेटीमा नियुक्‍त प्राचीनहरूको संख्या मात्र लेख्नुपर्छ। कायममुकायम निरीक्षकहरू सेवकाई सेवकहरू हुन्‌ र तिनीहरूको संख्या अन्तिम पेटीमा लेख्नुपर्छ। कृपया सोसाइटीलाई S-10 फारामको सक्कली प्रति सेप्टेम्बर १० अगावै पठाउनुहोस्‌; त्यसको एउटा प्रतिलिपि आफ्नो फाइलमा राख्नुहोस्‌।

▪ सेप्टेम्बर १ देखि नियमित अग्रगामी सेवा थाल्ने योजना बनाएका प्रकाशकहरूले ढिलासुस्ती नगरी आवेदन पेश गरिसक्नुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने