ईश्वरतान्त्रिक सेवकाई पाठशालाको पुनरावलोकन
ईश्वरतान्त्रिक सेवकाई पाठशालामा मे ६ देखि अगस्त १९, १९९६ सम्मका हप्ताहरूमा गरिएका अध्ययनहरूमा आधारित पुस्तक-बन्द पुनरावृत्ति। तोकिएको समयावधिभित्र तपाईंले सक्ने जति उत्तरहरूलाई लेख्नका लागि एउटा छुट्टै कागजको प्रयोग गर्नुहोस्।
[सूचना: लिखित पुनरावृत्तिमा कुनै पनि प्रश्नको उत्तर दिन बाइबलको मात्र प्रयोग गर्न सकिन्छ। प्रश्नहरू पछि दिइएको सन्दर्भ सामग्रीहरू तपाईंको व्यक्तिगत अध्ययनको लागि हो। द वाचटावर-का सबै सन्दर्भ सामग्रीहरूमा पृष्ठ तथा अनुच्छेदको उल्लेख नगरिएको हुनसक्छ।]
निम्नलिखित बयानहरू सही वा गलत हुन्, उत्तर दिनुहोस्:
१. येशूको बलिदानले मोशाको व्यवस्थाअन्तर्गत चढाइने सबै बलिदानहरूको स्थान लियो। [uw-NP पृ. ३३ अनु. ८(४)]
२. ‘मागोगको गोगले’ प्रतीकात्मक अर्थमा यस संसारका सरकारहरूलाई संकेत गर्छ। (इजकि. ३८:२) [साप्ताहिक बाइबल पढाइ; w९१ ८/१५ पृ. २७ अनु. २ हेर्नुहोस्।]
३. इजकिएल अध्याय २३ मा चित्रण गरिएअनुसार ओहोला, ओहोलीबाकी दिदी भएझैं रोमन क्याथोलिक धर्म, प्रोटेस्टेन्ट धर्मकी दिदी हुन् र दुवै संगठनले यस संसारका व्यापारिक तथा राजनैतिक शक्तिहरूसित आध्यात्मिक व्यभिचार गरेर आफूलाई कलंकित पारेका छन्। [साप्ताहिक बाइबल पढाइ; w८९ ४/१ ३० हेर्नुहोस्।]
४. सन्त बन्न मर्नैपर्छ। [rs पृ. ३५३ अनु. १]
५. प्रकाश २०:१० मा शैतान “आगो र गन्धकको कुण्डमा” फालियो भनिएको छ र त्यसलाई प्रकाश २१:८ ले प्रष्टाएकोबाट के बुझिन्छ भने, बाइबलले आफ्नो अर्थ आफै खुलाउँछ। [rs पृ. ३६५ अनु. ४]
६. परमेश्वरले हामीबाट के चाहनुहुन्छ भन्ने ज्ञानले नै उहाँप्रति जवाफदेही बनाएको कुरामा याकूब ४:१७ र इजकिएल ३३:७-९ मिल्छ। [साप्ताहिक बाइबल पढाइ; w९३ ४/१ पृ. ७ अनु. १ हेर्नुहोस्।]
७. सपनामा देखेको मूर्तिबारे राजा नबूकदनेसरले वर्णन गरिसकेपछि त्यसको अर्थ खुलाएर दानियलले आफूलाई साँचो अगमवक्ता साबित गरे। [साप्ताहिक बाइबल पढाइ; दानियल २:७-९, २६ हेर्नुहोस्।]
८. इजकिएल ४७:१ मा वर्णन गरिएको दर्शनमा मन्दिरबाट बग्ने पानीले बप्तिस्माको शुद्धीकरण शक्तिलाई प्रतिनिधित्व गर्छ। [साप्ताहिक बाइबल पढाइ; w८८ ९/१५ पृ. २७ अनु. २० हेर्नुहोस्।]
९. मसीही हुँ भनी दाबी गर्ने व्यक्तिले नै “मोज-मज्जा” गर्न आग्रह गरे तापनि नाइँ भन्न कहिल्यै नडराउनुहोस्। (२ पत्रु. २:१८, १९) [uw-NP पृ. ४३ अनु. ११]
१०. परमेश्वरले दियाबल सृष्टि गर्नुभयो। [rs पृ. ३६३ अनु. २]
निम्नलिखित प्रश्नहरूको उत्तर दिनुहोस्:
११. अब्राहामले इसहाकलाई बलिदान चढाउन खोजेको घटनाबाट हामी कुन कुरा बुझ्ने मदत पाउँछौं? (उत्प. २२:१-१८) [uw-NP पृ. ३२ अनु. ८(१)]
१२. यहोवा परमेश्वरले आदम र हव्वालाई दिनुभएको कार्यभारलाई किन नियम भन्न सकिन्छ? (उत्प. १:२८; २:१५) [uw-NP पृ. ३८, अनु. २]
१३. कुन अर्थमा यहोवाका अभिषिक्त साक्षीहरू र तिनीहरूका सँगीहरू इजकिएलजस्तै हुनुपर्छ? (इजकि. ११:२५) [साप्ताहिक बाइबल पढाइ; w८८ ९/१५ पृ. १६ अनु. ३]
१४. शैतानको सन्तानमा को को समावेश छ? [uw-NP पृ. ३० अनु. ३]
१५. यहोवाले झूट बोल्नुभएको आरोप लगाउनुको साथै परमेश्वरले आफ्ना प्राणीहरूलाई कुन कुराबाट वञ्चित गर्नुभयो भनेर शैतानले दाबी गऱ्यो? (उत्प. ३:१-५) [uw-NP पृ. ४६ अनु. १]
१६. ईश्वरीय नाउँ, यहोवाको अर्थ के हो? [kl-NP पृ. २५ अनु. ७]
१७. आदम र हव्वाले असल र खराबको ज्ञान दिने रूखबाट जुन दिन खाए, “त्यसै दिन” मरे भनेर कुन दुइ अर्थमा भन्न सकिन्छ? (उत्प. २:१७) [uw-NP पृ. ५६ अनु. ५]
१८. सबैको मुक्ति हुनेछ भन्ने शिक्षा झूटो हो भनेर २ थिस्सलोनिकी १:९ र प्रकाश २१:८ ले कसरी स्पष्टसित देखाउँछ? [rs पृ. ३५८, अनु. १-३]
१९. कुन भविष्यवक्ताले पृथ्वीलाई “गोलाकार” भने र धर्मशास्त्रमा कहाँ लेखिएको छ? [kl-NP पृ. १७ अनु. १४]
२०. दियाबलको अस्तित्व प्रमाणित गर्ने प्रमुख स्रोत के हो, कुन विश्वसनीय व्यक्तिको प्रत्यक्ष प्रमाण हामीसित छ र संसारमा व्याप्त दुष्टताको परिमाणले शैतानको अस्तित्वबारे कसरी विश्वस्त गराउँछ? [rs पृ. ३६१ अनु. ३, ४]
तल दिइएका बयानहरूलाई पूरा गर्न चाहिने शब्द(हरू) वा वाक्यांश थप्नुहोस्:
२१. इजकिएल २१:२६ को पूर्तिअनुरूप ____________ मा ____________ को “उँचा” राज्य विनाश हुँदा ‘होचो बनाइयो’ र “होचो” ____________ राज्यहरू “उँचा” बनाइनुको साथै तिनीहरूले परमेश्वरको प्रतिरूपक ____________ को हस्तक्षेपबिना पृथ्वीलाई आफ्नो नियन्त्रणमा राख्न सके। [साप्ताहिक बाइबल पढाइ; w८८ ९/१५ पृ. १९ अनु. १६ हेर्नुहोस्।]
२२. ____________ को पुस्तकको केही भाग वास्तवमा पूर्वलिखित ____________ हो किनभने त्यसले शताब्दीयौंको दौडान महान् राजकूलहरूबीच भएको शक्ति संघर्षमा ध्यान केन्द्रित गर्छ। [si पृ. १३८ अनु. १]
२३. इजकिएल ३४:२३ मा “मेरो दास दाऊद” भन्ने अभिव्यक्ति ____________ मरेको निकै समयपछि लेखिएको थियो; यो भविष्यसूचक कथन हो र ____________ लाई संकेत गर्छ। [si पृ. १३७ अनु. ३१]
२४. परमेश्वर विरुद्ध पाप गरेर दासत्वमा लगिए भने इस्राएलीहरूलाई ____________ को हैसियतमा के हुनेछ भनी प्रस्थान ३४:७ ले बताउँछ तर इजकिएल १८:४ ले परमेश्वरप्रति ____________ तवरमा जवाफदेही हुने कुरालाई संकेत गर्छ। [साप्ताहिक बाइबल पढाइ; w८८ २/१ पृ. ६ हेर्नुहोस्।]
२५. बाइबल पढ्दा आफूले पढिरहेको विषयवस्तुको ____________ उपयोग के हो र त्यो ____________ मदत गर्न कसरी प्रयोग गर्न सकिन्छ भनेर आफैलाई प्रश्न सोध्नु बेस हो। [uw-NP पृ. २६ अनु. १२(४) र पृ. २८ अनु. १२(५)]
निम्नलिखित प्रत्येक बयानहरूमा दिएको सही उत्तर छान्नुहोस्:
२६. एक मसीहीको जीवनमा प्रमुख चासोको विषय (मण्डलीमा विशेषाधिकारहरू पाउनु; आरमागेडोनबाट बच्नु; यहोवासित राम्रो सम्बन्ध राख्नु) हो। [uw-NP पृ. ४२ अनु. ९]
२७. (मानिसहरूले हामीलाई चोट पुऱ्याउन खोजेकाले; समय र अवसरको अधीनमा परेकोले; हाम्रै पापी इच्छा तथा खराब संगतले) गर्दा जीवनमा प्रायजसो समस्याहरू भएका होलान् भनेर धेरैले स्वीकार्न चाहँदैनन्। (१ कोरि. १५:३३; याकू. १:१४, १५) [uw-NP पृ. ४४ अनु. १३]
२८. सर्वमहत्त्वपूर्ण प्रश्नमा परमेश्वरप्रति वफादारी समावेश भएको हुँदा त्यसमा आफ्नो अडान हाम्रो (ज्ञान; सिकाउने क्षमता; आचरण) ले देखाउँछ। [uw-NP पृ. ५२ अनु. १२]
२९. (इजकिएल; दानियल; यशैया) ले लेखेको बाइबल विवरणमा मात्र (कोरस; नाबोनिडस; नबूकदनेसर) को जेठो छोरा, बेलसजरबारे उल्लेख गरिएको छ र पुरातात्विक प्रमाणले त्यस विवरणको ऐतिहासिकतालाई समर्थन गर्छ। [it-१ पृ. २८२ अनु. ११]
३०. शैतानबाट शक्ति पाउने जंगली जनावर (एंग्लो अमेरिकी विश्वशक्ति; संयुक्त राष्ट्र संघ; विश्वव्यापी राजनैतिक शासन प्रणाली) हो। (प्रका. १३:१, २) [rs पृ. ३६४ अनु. २-पृ. ३६५ अनु. २]
निम्नलिखित बाइबल पदहरूलाई तल दिइएका बयानहरूसित जोडा मिलाउनुहोस्: भज. ७८:४०, ४१; यशै. ५५:१०, ११; इजकि. १८:२५; दानि. १:८, ११-१३; प्रे. ८:३२-३८
३१. सत्य कुराहरू र येशू ख्रीष्टले बाइबल भविष्यवाणीहरू पूरा गर्न जे जति गर्नुभयो, त्यसप्रतिको मूल्यांकनले इमानदार हृदय भएका मानिसहरूलाई बप्तिस्मा लिन उत्प्रेरित गर्छ। [uw-NP पृ. ३२ अनु. ७]
३२. जवान मसीहीहरूले आफ्नो ईश्वर प्रशिक्षित अन्तस्करणलाई भंग गर्नेछैनन् भनेर अख्तियारवाला र सहपाठीहरूलाई आदरपूर्वक बताउन हिचकिचाउनु हुँदैन। [साप्ताहिक बाइबल पढाइ; w-NP ९३ २/१ पृ. ७ अनु. १७ हेर्नुहोस्।]
३३. मानिसजाति र हाम्रो पृथ्वीको लागि परमेश्वरको प्रारम्भिक उद्देश्य पूरा हुनेछ। [kl-NP पृ. ९ अनु. १०]
३४. आफ्नो सोचाइलाई यहोवाको मार्गअनुरूप छाँटकाँट गर्न साँचो मसीहीहरू सधैं तयार हुनुपर्छ र धर्मशास्त्रको वैध सल्लाह आफूमा लागू हुँदैन भन्ठानेर त्यसलाई कहिल्यै इन्कार गर्नु हुँदैन। [साप्ताहिक बाइबल पढाइ; w९० ११/१ पृ. ३१ हेर्नुहोस्।]
३५. परमेश्वरका भावनाहरू छन् र हामीले गरेका छनौटहरूले उहाँलाई असर गर्छ। [kl-NP पृ. १४ अनु. ८]