प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 नोभेम्बर p. १
  • हामीले आदेश पाएका छौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीले आदेश पाएका छौं
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा हामीलाई साक्षीकार्यमा मदत गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • अहिले कसले सुसमाचार सुनाइरहेका छन्‌?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • “जाओ र . . . चेला बनाओ”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • यहोवाको ईश्‍वरीय रथ सँग-सँगै हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 नोभेम्बर p. १

हामीले आदेश पाएका छौं

१ येशूले आफ्ना अनुयायीहरूलाई “सबै देशका जातिहरूलाई चेला बनाओ” भन्‍ने आज्ञा दिनुभयो। (मत्ती २८:१९) पृथ्वीभरिका २३२ मुलुक तथा टापुहरूमा ५० लाखभन्दा बढी यहोवा परमेश्‍वरका प्रशंसकहरू येशूको आज्ञाको पूर्तिको जीवित प्रमाण हुन्‌। तर व्यक्‍तिगत तवरमा हामी नि? के हामी प्रचार गर्ने आदेशलाई गम्भीरतासाथ लिन्छौं?

२ नैतिक दायित्व: आदेश भनेको “सिफारिश कार्यहरू पूरा गर्न दिइएको आज्ञा” हो। ख्रीष्टले हामीलाई प्रचार गर्न अह्राउनुभएको छ। (प्रेरि. १०:४२) सुसमाचार घोषणा गर्न आफूलाई कर लागेको वा त्यो आफ्नो नैतिक दायित्व भएको कुरा प्रेरित पावलले बुझे। (१ कोरि. ९:१६) जस्तै: कल्पना गर्नुहोस्‌, एउटा डुब्नै लागेको जहाजमा तपाईं एक कामदार हुनुहुन्छ। यात्रुहरूलाई चेताउनी दिन र जीवन-रक्षक डुंगाहरूसम्म पुऱ्‍याउन कप्तानले तपाईंलाई अह्राउँछन्‌। के तपाईं त्यो आज्ञालाई नसुनेझैं गरी खालि आफैलाई बचाउने तर्खर गर्नुहुनेछ? पक्कै पनि गर्नुहुने छैन। अरूको ज्यान तपाईंमा निर्भर छ। तिनीहरूको जीवन खतरामा छ। तिनीहरूलाई मदत गर्ने आदेश पूरा गर्नु तपाईंको नैतिक दायित्व हो।

३ चेताउनी दिन हामीलाई ईश्‍वरीय आदेश दिइएको छ। यहोवाले यस सम्पूर्ण दुष्ट रीतिरिवाजलाई चाँडै अन्त गर्नुहुनेछ। लाखौंको जीवन डाँवाडोल भएको छ। अरूमाथि आउने खतरालाई बेवास्ता गर्दै आफ्नै बचाउबारे मात्र चिन्तित हुनु के उचित हुनेछ? अवश्‍य हुनेछैन। अरूको जीवन जोगाउन मदत दिनु हाम्रो नैतिक दायित्व हो।—१ तिमो. ४:१६.

४ अनुकरणयोग्य विश्‍वासी उदाहरणहरू: अविश्‍वासी इस्राएलीहरूलाई चेताउनीमूलक सन्देश दिन अगमवक्‍ता इजकिएलले आफू जवाफदेही महसुस गरे। आफ्नो दत्तकार्य पूरा गर्न असफल भएमा के हुनेछ भनी यहोवाले जोड दिनुहुँदै यसरी चेताउनी दिनुभयो: “जब दुष्टलाई ‘तँ निश्‍चय मर्नेछस्‌’ भनी म भन्छु, तर त्यसको प्राण बचाउनलाई तैंले त्यसलाई चेताउनी दिएनस्‌, . . . भनेदेखि त्यो दुष्ट मानिस ता आफ्नो अधर्ममा मर्छनै, तर त्यसको मरणको लेखा म तँबाटै लिनेछु।” (इज. ३:१८) कठोर सतावट आइपर्दासमेत इजकिएलले आफूलाई दिइएको आदेश वफादार भई पूरा गरे। तसर्थ, यहोवाले न्याय गर्नुहुँदा तिनी हर्षित हुनसके।

५ शताब्दीयौंपछि, प्रेरित पावलले प्रचार गर्ने आफ्नो जिम्मेवारीबारे लेखे। तिनले यसरी घोषणा गरे: “म सबै मानिसहरूको प्राणको निम्ति निर्दोष छु। किनभने परमेश्‍वरको सबै सल्लाह तपाईंहरूलाई बताउनालाई म पछि हटिनँ।” पावलले जनसमक्ष र घर-घरै प्रचार गरे किनभने त्यसो नगरेमा तिनी परमेश्‍वरसमक्ष रक्‍तदोषी हुने कुरा तिनले बुझेका थिए।—प्रेरि. २०:२०, २६, २७.

६ के हामीसित पनि इजकिएलको जस्तै जोस छ? के हामी पावलले जस्तै प्रचार गर्न करै लागेको महसुस गर्छौं? हामीले पनि तिनीहरूले जस्तै आदेश पाएका छौं। मानिसहरूको उदासीनता, भावशून्यता अथवा विरोधको बावजूद चेताउनी दिने आफ्नो जिम्मेवारीलाई हामीले निरन्तर पूरा गर्नैपर्छ। अझै हजारौंले परमेश्‍वरको राज्यको सन्देश स्वीकारेर यसरी घोषणा गर्न त बाँकी नै छ: “हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाइँसित हुनुहुन्छ।” (जक. ८:२३) परमेश्‍वर र सँगी मानिसप्रतिको हाम्रो प्रेमले हामीलाई हरेस नखान उत्प्रेरित गरोस्‌। हामीले प्रचार गर्ने आदेश पाएका छौं!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने