प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 नोभेम्बर p. २
  • नोभेम्बर महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९६
  • उपशीर्षकहरू
  • नोभेम्बर ४ मा सुरु हुने हप्ता
  • नोभेम्बर ११ मा सुरु हुने हप्ता
  • नोभेम्बर १८ मा सुरु हुने हप्ता
  • नोभेम्बर २५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९६
km96 नोभेम्बर p. २

नोभेम्बर महिनाका लागि सेवा सभाहरू

सूचना: अधिवेशनको दौडान हाम्रो राज्य सेवकाई-मा सेवा सभाको लागि प्रत्येक हप्ताको तालिका दिइनेछ। “ईश्‍वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशनमा उपस्थित हुन मण्डलीहरूले आवश्‍यकता अनुसार छाँटकाँट गर्नसक्छन्‌ र अधिवेशनपछिको हप्तामा अधिवेशन कार्यक्रमको मुख्य भागहरू सेवा सभामा ३० मिनेट पुनरावलोकन गर्नसक्छन्‌। जिल्ला अधिवेशनको हरेक दिनको कार्यक्रम पुनरावलोकन गर्न योग्य दुइ वा तीन जना भाइहरूलाई पहिल्यै जिम्मा दिनुपर्छ। यसो गरेमा तिनीहरूले उल्लेखनीय बुँदाहरूमा ध्यानकेन्द्रित गर्नसक्ने छन्‌। यसरी तयारी गरिएको पुनरावलोकनले मण्डलीका सदस्यहरूलाई व्यक्‍तिगत जीवन तथा सेवकाईमा लागू हुने महत्त्वपूर्ण बुँदाहरू स्मरण गर्न मदत गर्नेछ। श्रोतागणका टिप्पणी तथा अनुभवहरू छोटकरीमा र विषय सम्बन्धित हुनुपर्छ।

नोभेम्बर ४ मा सुरु हुने हप्ता

गीत २९ (११)

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। देशको तथा स्थानीय मण्डलीको जुलाई महिनाको क्षेत्र सेवकाई रिपोर्टबारे टिप्पणी गर्नुहोस्‌।

१५ मि: “के तपाईं परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गर्दै हुनुहुन्छ?” प्रश्‍नोत्तर। तर्क (अंग्रेजी) पुस्तक पृष्ठ ५८-६० बाट “बाइबलमा ध्यान दिनुपर्ने कारणहरू”-बारे टिप्पणीहरू समावेश गर्नुहोस्‌।

२० मि: “अनन्त जीवन यही [हो]।” (अनुच्छेद १-५) अनुच्छेद १ बाट छोटकरीमा टिप्पणी गरेपछि दुइ सक्षम प्रकाशकहरूलाई अनुच्छेद २-५ मा दिइएको प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्‌। बाइबल अध्ययन सुरु गर्ने लक्ष्यलाई जोड दिनुहोस्‌।

गीत १२८ (८९) र समापन प्रार्थना।

नोभेम्बर ११ मा सुरु हुने हप्ता

गीत ४० (१८)

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

२० मि: यहोवालाई किन दिने? प्रहरीधरहरा, नोभेम्बर १, १९९६, पृष्ठ २८-२९ को लेखका मुख्य मुख्य बुँदा प्रकाश पार्दै दुइ प्राचीनबीच छलफल। अथवा सोही जानकारी समावेश गर्दै प्राचीनले भाषण पनि दिनसक्छन्‌।

१५ मि: “अनन्त जीवन यही [हो]।” (अनुच्छेद ६-८) बाइबल अध्ययनहरू सुरु गर्न सोझै प्रस्ताव राख्दा हुने फाइदाहरू छलफल गर्नुहोस्‌। अनुभवी प्रकाशकहरूलाई अनुच्छेद ६-७ मा दिइएको प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्‌। प्रारम्भिक भेटमा बाइबल अध्ययन सुरु भएका अनुभवहरू बताउन श्रोतागणलाई आमन्त्रित गर्नुहोस्‌। सोझै बाइबल अध्ययन गर्ने प्रस्ताव राख्दा एक जना मानिसले यस्तो जवाफ दिए: “हुन्छ! भित्र आउनुहोस्‌। म तपाईंको प्रस्ताव सहर्ष स्वीकार्छु।” तिनीसँग अध्ययन थालियो, अर्को हप्ता तिनका परिवारका सबै सदस्यहरू अध्ययनमा बसे र चाँडै त्यो परिवार सभाहरू धाउन अनि साक्षी कार्यमा पनि भाग लिन थाल्यो। अर्को हप्ताको सेवा सभामा सबैलाई जून १९९६ को हाम्रो राज्य सेवकाई परिशिष्टांक ल्याउन प्रोत्साहित गर्नुहोस्‌।

गीत १२९ (६६) र समापन प्रार्थना।

नोभेम्बर १८ मा सुरु हुने हप्ता

गीत १४० (७७)

१० मि: स्थानीय घोषणाहरू। “नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम” पुनरावलोकन गर्नुहोस्‌।

१५ मि: “हामीले आदेश पाएका छौं।” प्रश्‍नोत्तर। जनवरी १, १९८८ प्रहरीधरहरा-को (अंग्रेजी) पृष्ठ २८-९ को अनुच्छेद १३-१६ बाट छोटकरीमा टिप्पणी गर्नुहोस्‌।

२० मि: प्रगतिशील बाइबल अध्ययनहरू सञ्चालन गर्ने। सेवा निरीक्षकद्वारा भाषण। हामीले बाइबल अध्ययन कार्यमा ज्ञान पुस्तक प्रयोग गरेको एक वर्ष हुन लागिसक्यो। कोही विद्यार्थीहरूले अध्ययन सिध्याइ पनि सके होलान्‌, कसैको भने सिद्धिन लाग्यो होला। अध्ययनहरू सञ्चालन गर्दा नयाँ व्यक्‍तिलाई सत्य छिटो सिक्न मदत गर्न, त्यसलाई तिनीहरूको जीवनमा लागू गर्न र मण्डलीको भाग हुन सहयोग गर्ने उद्देश्‍यप्रति ध्यानकेन्द्रित गर्न हामीलाई प्रोत्साहित गरिएको थियो। जून १९९६ को हाम्रो राज्य सेवकाई परिशिष्टांकले हामीलाई प्रभावकारी शिक्षकहरू बन्‍न राम्रा सुझाउहरू दिएको थियो। त्यस परिशिष्टांकको अनुच्छेद ३-१३ को सुझाउ प्रयोग गर्दै विद्यार्थीहरूलाई दक्षतापूर्वक सिकाउन हामीले के गर्नसक्छौं, केही बुँदाहरू छोटकरीमा पुनरावलोकन गर्नुहोस्‌। त्यसपछि, अनुच्छेद १४-२२ मा दिइएको कुरा ध्यानमा राख्दै तिनीहरूलाई सकारात्मक कदम चाल्ने मदत गर्न के गर्नु आवश्‍यक छ, त्यसमा ध्यानकेन्द्रित गर्नुहोस्‌। अनुच्छेद १५, १७, २०-१ पढ्‌नुहोस्‌। स्थानीय प्रकाशकहरूले कसरी राम्रा नतिजाहरू हासिल गरेका छन्‌ भनेर बुझाउँदै केही सकारात्मक प्रतिवेदनहरू पुनरावलोकन गर्नुहोस्‌। बाइबल अध्ययन गर्ने कार्यमा अझ बढी भाग लिन प्रोत्साहन दिनुहोस्‌।

गीत ८५ (४४) र समापन प्रार्थना।

नोभेम्बर २५ मा सुरु हुने हप्ता

गीत ४६ (२०)

१० मि: स्थानीय घोषणाहरू। प्रश्‍न पेटी छलफल गर्नुहोस्‌। घरमा नभेटिएकाहरूको राम्ररी टिपोट लिनुपर्ने आवश्‍यकताबारे प्रकाश पार्नुहोस्‌।

२५ मि: “सबै ठाउँमा सुसमाचार प्रचार गर्नुहोस्‌।” प्रश्‍नोत्तर। परिशिष्टांकमा दिइएका केही सुझाउहरू स्थानीय इलाकाको लागि योजना बनाउँदै कसरी व्यवस्थित गर्न सकिन्छ, बताउनुहोस्‌। घर-घर सेवकाईको कामलाई हेलचेक्य्राइँ नगरी, हर अवसरमा साक्षी दिन चनाखो हुन सबैलाई प्रोत्साहन दिनुहोस्‌। अनुच्छेद २३-२५ बाट प्रदर्शन गर्नुहोस्‌। अनुच्छेद ३४-३५ पढ्‌नुहोस्‌।

१० मि: डिसेम्बर महिनामा प्रस्तुत गरिने साहित्य पुनरावलोकन गर्नुहोस्‌। पृष्ठ ११-१३ का चित्रहरू प्रयोग गर्दै पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक प्रस्तुत गर्नुहोस्‌। अध्याय ११ तर्फ ध्यानाकर्षण गर्नुहोस्‌। येशूको जीवनसम्बन्धी पुस्तक मन पराउने घरधनीलाई आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गरेको प्रदर्शन देखाउनुहोस्‌। साथै, त्यस्तै तर केटाकेटी भएको घरधनीलाई बाइबलका कथाहरू भएको मेरो पुस्तक प्रस्तुत गरेको पनि देखाउनुहोस्‌। चासो देखाएको सबै ठाउँमा पुनःभेटको लागि निश्‍चित प्रबन्ध गरिहाल्नुपर्छ।

गीत १८० (१००) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने