प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 फेब्रुअरी p. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९७
हाम्रो राज्य सेवकाई—१९९७
km97 फेब्रुअरी p. ७

घोषणाहरू

▪प्रस्तुत गरिने साहित्यहरू फेब्रुअरी: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा प्रस्तुत गर्न सकिन्छ। (ठूलो साइजको रु. ४५.००) अथवा तपाईंको पारिवारिक जीवन सुखी बनाउने पुस्तक (अंग्रेजी) चन्दास्वरूप रु. २०.०० मा प्रस्तुत गर्न सकिन्छ। ती नभएमा चन्दास्वरूप विशेष दर रु. १०.०० मा प्रस्तुत गरिने १९२ पृष्ठका जुनसुकै पुस्तक दिन सकिन्छ। मार्च: चन्दास्वरूप रु. २०.०० मा पारिवारिक आनन्दको रहस्य पुस्तक प्रस्तुत गर्ने। अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-को ग्राहक बनाउने।

सूचना: परिवार (अंग्रेजी) र सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकहरूको पूर्ण सदुपयोग गरिरहन हामी सबै मण्डलीहरूलाई प्रोत्साहित गर्छौं। प्रकाशकहरूलाई यी पुस्तकहरू वर्षभरि सधैं साथमा राख्न र अनुकूल समयमा प्रस्तुत गर्न प्रोत्साहन दिन सकिन्छ। अहिलेसम्म पनि माथि उल्लिखित साहित्य अभियानमा प्रयोग गरिने साहित्य मण्डलीहरूले मगाएका छैनन्‌ भने अर्को साहित्य आवेदन फाराम (S-AB-14) भर्दा अनुरोध गरी पठाउनुपर्छ।

▪ मण्डलीको सचिव र सेवा निरीक्षक बसेर नियमित अग्रगामीहरूको काम पुनरावलोकन गर्नुपर्छ। तिनीहरूलाई घण्टा पुऱ्‍याउन मुस्किल परिरहेको छ भने प्राचीनहरूले सहयोगको प्रबन्ध गर्नुपर्छ। सुझाउका लागि अक्टोबर १, १९९३ र अक्टोबर १, १९९२ को सोसाइटीका पत्रहरू (S-201) हेर्नुहोस्‌। अक्टोबर १९८६ को हाम्रो राज्य सेवकाई (अंग्रेजी) परिशिष्टको पृष्ठ १२-२० पनि हेर्नुहोस्‌।

▪ मार्च, अप्रिल र मे महिनाहरूमा सहायक अग्रगामी गर्न इच्छुक प्रकाशकहरूले अहिले नै योजना बनाउनुपर्छ र चाँडै निवेदन दिनुपर्छ। यसो गर्दा क्षेत्र सेवकाईको लागि आवश्‍यक प्रबन्ध मिलाउन र पर्याप्त मात्रामा पत्रिका तथा साहित्यहरूको प्रबन्ध गर्न प्राचीनहरूलाई सजिलो हुनेछ। सहायक अग्रगामी गर्न स्वीकृत प्रकाशकहरूको नाम मण्डलीमा घोषणा गर्नुपर्छ।

▪ मण्डलीले स्थानीय इलाकामा हुने सम्मेलनहरूमा भाग लिंदा प्राचीनहरूको निकाय यी कुराहरूमा सजग हुनुपर्छ: विशेष सम्मेलन दिन कार्यक्रम परेको हप्तामा जनभाषण र प्रहरीधरहरा अध्ययन सभाबाहेक अरू सबै सभाहरू हुनेछन्‌। क्षेत्रीय सम्मेलन भएको हप्तामा भने ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला र सेवा सभा पनि हुनेछैनन्‌, मण्डली पुस्तक अध्ययन मात्र स्थानीय तवरमा हुनेछ।

▪ जनवरी ८, १९९७ देखि ब्यूँझनुहोस्‌!-को अंक नेपालीमा मासिक संस्करणको रूपमा उपलब्ध भयो। यो संस्करणको अर्डरमा काँटछाँट गर्न चाहने मण्डलीहरूले तुरुन्तै गरिहाल्नुपर्छ। अब यो संस्करण पनि रु. ४५.०० मा वार्षिक ग्राहक बन्‍न प्रस्तुत गर्न सकिनेछ।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?—अंग्रेजी, आसामी, उरिया, कन्‍नडा, कोंकनी, खासी, गुजराती, तामिल, तेलगु, नेपाली, (कन्‍नडा देवनागरी, र रोमन लिपिमा उपलब्ध छ) पंजाबी, बंगाली, मनिपुरी, मराठी, मल्यालम, मिजो, हिन्दी

(यो पुस्तिका प्रकाशक अनि जनसाधारणलाई रु. ५.०० र अग्रगामीहरूलाई रु. ३.००)

पारिवारिक आनन्दको रहस्य—अंग्रेजी, कन्‍नडा, गुजराती, तामिल, तेलगु, नेपाली, पंजाबी, मराठी, मल्यालम, हिन्दी

(यो पुस्तक प्रकाशक र जनसाधारणलाई रु. २०.०० अनि अग्रगामीहरूलाई रु. १२.००)

पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ (सानो)—पंजाबी

पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌—आसामी, तिब्बतेली

शान्तिमय नयाँ संसारमा जीवन (पर्चा नं. १५)—जोंखा

▪ उपलब्ध नयाँ श्रव्य क्यासेटहरू:

परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? (एक प्रति)—कन्‍नडा, गुजराती, तामिल, तेलगु, नेपाली, पंजाबी, बंगाली, मराठी, मल्यालम, हिन्दी

(यी श्रव्य क्यासेटहरू प्रकाशक र जनसाधारणलाई रु. ६५.०० अनि अग्रगामीहरूलाई रु. ५५.००)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने