प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 फेब्रुअरी p. ६
  • “चाहिएकै बेला मदत”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “चाहिएकै बेला मदत”
  • हाम्रो राज्य सेवकाई—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • पारिवारिक जीवनमा ईश्‍वरीय शान्ति खोज्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • अरूसित पारिवारिक आनन्दको रहस्य बाँड्‌ने
    हाम्रो राज्य सेवकाई—१९९७
  • अनन्त भविष्यबारे ढुक्क हुन परिवारहरूलाई मदत गर्ने
    हाम्रो राज्य सेवकाई—१९९७
  • ईश्‍वरीय शान्तिका सन्देशवाहकहरू भेला हुन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९७
km97 फेब्रुअरी p. ६

“चाहिएकै बेला मदत”

१ चाहिएकै बेला मदत पाउँदा कत्ति खुशी लाग्छ! (हिब्रू ४:१६) “ईश्‍वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशनमा चाहिएकै बेला दुइ विशेष प्रबन्धहरू गरिंदा हामी हर्षले गद्‌गद भयौं।

२ पारिवारिक आनन्दको रहस्य भन्‍ने नयाँ पुस्तक एकदम सही समयमै निस्क्यो। यो पुस्तकले पारिवारिक जीवनलाई अझ सुखी बनाउन आवश्‍यक चार गुनहरूमाथि जोड दिन्छ। ती हुन्‌: (१) आत्मसंयम, (२) शिरत्वलाई मान्यता दिने, (३) राम्रो पारस्परिक कुराकानी अनि (४) प्रेम। पारिवारिक आनन्द पुस्तकमा दिइएका सल्लाहहरू पालन गरेर ईश्‍वरीय शान्ति खोज्ने सबैलाई यो लाभकारी सिद्ध हुनेछ। यस नयाँ पुस्तक परिवारसँग मिलेर गहिरिएर अध्ययन गर्न समय निकाल्नुहोस्‌। यसका विभिन्‍न विशेषताहरूसित भिज्नुहोस्‌ अनि मार्च महिनामा पहिलो चोटि जनसाधारणलाई यो पुस्तक प्रभावकारी ढंगमा प्रस्तुत गर्न तयार हुनुहोस्‌।

३ चेला बनाउने कार्यलाई तेज रफ्तारमा अगाडि बढाउन नयाँ पुस्तिका परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पनि चाहिएकै बेला निस्क्यो। यो पुस्तिका विशेषगरि साधारण लेखपढ गर्नसक्नेहरूका लागि भए तापनि, राम्ररी लेखपढ गर्नसक्ने थुप्रै वयस्क तथा केटाकेटीहरूले पनि यसमा दिइएका आधारभूत बाइबल शिक्षाहरूका सरल परिभाषाहरूबाट लाभ उठाउनसक्छन्‌। ज्ञान पुस्तकबाट अध्ययन सुरु गर्नुअघि यो पुस्तिका उपयुक्‍त हुनसक्छ। यो पुस्तिकाले अवश्‍य पनि थुप्रै मानिसहरूलाई परमेश्‍वरको चाहनाअनुरूप गरेर प्रशस्त आशिष्‌ पाउने ज्ञान हासिल गर्न मदत गर्नेछ।

४ ‘मलाई केहीको खाँचो हुँदैन। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। र मेरो कचौरा भरेर पोखिन्छ’ भन्‍ने दाऊदको उद्‌गारसित अवश्‍य हाम्रा भावनाहरू मेल खान्छन्‌। (भज. २३:१, ३, ५) अतः साँचो परमेश्‍वर यहोवालाई चिनेर उहाँको सेवा गर्न चाहने अरू थुप्रै मानिसहरूलाई यो अद्‌भुत आध्यात्मिक मदत दिने मौकालाई हामी आनन्दपूर्वक पर्खन्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने