प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 मार्च p. १
  • ‘आफ्नो घरको प्रबन्ध मिलाउनुहोस्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘आफ्नो घरको प्रबन्ध मिलाउनुहोस्‌’
  • हाम्रो राज्य सेवकाई—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • पारिवारिक आनन्दको के कुनै रहस्य छ?
    पारिवारिक आनन्दको रहस्य
  • अरूसित पारिवारिक आनन्दको रहस्य बाँड्‌ने
    हाम्रो राज्य सेवकाई—१९९७
  • पारिवारिक जीवनमा ईश्‍वरीय शान्ति खोज्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • अनन्त भविष्यबारे ढुक्क हुन परिवारहरूलाई मदत गर्ने
    हाम्रो राज्य सेवकाई—१९९७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९७
km97 मार्च p. १

‘आफ्नो घरको प्रबन्ध मिलाउनुहोस्‌’

१ संसारभरि जुनसुकै संस्कृतिमा पनि पारिवारिक जीवन भताभुंग भइरहेको छ भन्‍ने कुरामा कुनै शंका छैन। शैतानको संसार बेइमानी र अनैतिकतामा मग्न छ। (१ यूह. ५:१९) यो कुराले हामीलाई ‘आफ्नो घरको प्रबन्ध मिलाउन’ र अरूलाई पनि यसबारे सजग गराउन घचघचाउँछ।—हितो. २४:३, २७.

२ बाइबलका सिद्धान्तहरू सुरक्षा हुन्‌: बाइबलका सिद्धान्तहरू व्यवहारमा उतार्दा परिवारमा साँचो आनन्द हुन्छ। यी प्रबल सत्यहरूले घरका प्रत्येक सदस्यहरूको जीवनका हर क्षेत्रमा फाइदा पुऱ्‍याउँछन्‌। यी सिद्धान्तहरू प्रयोगमा ल्याउने परिवारहरू आनन्दित हुनेछन्‌ र ईश्‍वरीय शान्तिमा रमाउनेछन्‌।—यशैया ३२:१७, १८ तुलना गर्नुहोस्‌।

३ यस नयाँ पुस्तक पारिवारिक आनन्दको रहस्य-मा हाम्रो घरको प्रबन्ध मिलाउन मदत गर्ने आवश्‍यक हर सिद्धान्तहरू समेटेर राखिएका छन्‌। प्रत्येक अध्यायको अन्तमा परिवारका सदस्यहरूले याद गर्नुपर्ने सिद्धान्तहरूलाई जोड दिने एउटा मदतकारी शिक्षण पेटी दिइएको छ। प्रायजसो पेटीहरूको सुरुमा “बाइबलका निम्न सिद्धान्तहरूले . . . कसरी मदत गर्नसक्छन्‌?” भन्‍ने प्रश्‍न छ। त्यो प्रश्‍नले परमेश्‍वरका विचारहरूमा ध्यान खिच्छ अनि जुन विषय छलफल गर्दैछौं त्यसलाई परमेश्‍वरले कुन दृष्टिकोणले हेर्नुहुन्छ भनी बुझ्नेछौं।—यशै. ४८:१७.

४ यो पुस्तकमा भएका विषयवस्तुहरूसित राम्ररी परिचित हुनुहोस्‌। विभिन्‍न समस्याहरू आइपर्दा सामना गर्न सहयोग गर्ने सिद्धान्तहरू कहाँनेर छन्‌ भनी थाह पाउनुहोस्‌। यस पुस्तकले यी विभिन्‍न मामिलामा छलफल गर्छ: कुनै व्यक्‍तिले आफूलाई सुहाउँदो जीवनसाथीबारे विचार गर्दा के के कुरामा ध्यान दिनुपर्छ (अध्याय २), वैवाहिक जीवनमा स्थायी खुशी प्राप्त गर्न मदत गर्ने केही महत्त्वपूर्ण तत्त्वहरू के हुन्‌ (अध्याय ३), किशोर छोराछोरीलाई जिम्मेवारी वहन गर्नसक्ने, परमेश्‍वरको डर मान्‍ने वयस्क बनाउन आमाबाबुले कसरी लालनपालन गर्नसक्छन्‌ (अध्याय ६), विनाशकारी प्रभावहरूबाट परिवारलाई कसरी बचाउने (अध्याय ८), आमा वा बाबु मात्र भएका परिवारलाई सफल बनाउन मदत गर्ने सिद्धान्तहरू (अध्याय ९), मद्य व्यसन र हिंसाबाट पीडित परिवारलाई आध्यात्मिक मदत (अध्याय १२), वैवाहिक बन्धन टुक्रिनै लागेको छ भने के गर्ने (अध्याय १३), वृद्ध आमाबाबुलाई सम्मान गर्न के के गर्न सकिन्छ (अध्याय १५) र परिवारका लागि चिरकालीन भविष्य कसरी हासिल गर्ने (अध्याय १६)।

५ नयाँ पुस्तकको पूर्ण सदुपयोग गर्नुहोस्‌: यदि तपाईंले अहिलेसम्म यसको सदुपयोग गर्नुभएको छैन भने, परिवारका सबै सदस्यहरू मिलेर पारिवारिक आनन्द पुस्तक अध्ययन गरे कसो होला? अनि तपाईंको परिवारलाई नयाँ समस्या वा चुनौती सामना गर्नुपर्दा यस पुस्तकको सम्बन्धित अध्याय फेरि अध्ययन गर्नुहोस्‌ र प्राप्त सल्लाह व्यवहारमा कसरी उतार्न सकिन्छ भनी प्रार्थनापूर्वक विचार गर्नुहोस्‌। यसका साथै, मार्च महिनामा क्षेत्र सेवकाईको तालिका बनाउँदा छाती फुकाएरै बनाउनुहोस्‌, ताकि पारिवारिक आनन्दको रहस्य पुस्तक सकेसम्म धेरै मानिसहरूको हातमा परोस्‌।

६ ईश्‍वरीय भक्‍ति व्यवहारमा उतार्ने परिवार आध्यात्मिक तवरमा दह्रो अनि एकताबद्ध हुनेछन्‌ र शैतानका आक्रमणको सामना गर्नसक्ने हुनेछन्‌। (१ तिमो. ४:७, ८; १ पत्रु. ५:८, ९) परिवारकै आरम्भकर्ताबाट यस्तो ईश्‍वरीय निर्देशन पाएकोमा हामी कत्ति कृतज्ञ छौं!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने