मार्च महिनाका लागि सेवा सभाहरू
मार्च ३ मा सुरु हुने हप्ता
गीत ५३
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू गर्नुहोस् र प्रस्तुत गरिने साहित्यहरू पनि बताउनुहोस्। चासो देखाउनेहरूलाई मार्च २३ को स्मरणार्थमा बोलाउन सुरु गर्न सबैलाई प्रोत्साहन दिनुहोस्। एउटा स्मरणार्थ निमन्त्रणा पर्ची देखाउनुहोस् र सबैलाई त्यो लिन अनि यसै हप्ता बाँड्न थाल्न अनुरोध गर्नुहोस्।
१५ मि: “आफ्नो घरको प्रबन्ध मिलाउनुहोस्।” प्रश्नोत्तर। वार्षिक पुस्तक १९९५, (अंग्रेजी) पृष्ठ २२८ का अनुभवहरू समावेश गर्नुहोस्।
२० मि: “अनन्त भविष्यबारे ढुक्क हुन परिवारहरूलाई मदत गर्ने।” (अनुच्छेद १-५) अनुच्छेद १ बाट छोटो टिप्पणी गर्नुहोस्, त्यसपछि पारिवारिक आनन्द पुस्तकका अध्याय शीर्षक, रंगीन चित्र र पुनरावलोकन पेटीहरू चलाएर कसरी चासो जगाउन सकिन्छ, छलफल गर्नुहोस्। अनुच्छेद २-५ बाट सक्षम प्रकाशकहरूलाई प्रदर्शन प्रस्तुत गर्न लगाउनुहोस्। पहिला चासो देखाएका परिवारहरूकहाँ गएर यो पुस्तक प्रस्तुत गर्ने विशेष प्रयत्न गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
गीत ७१ र समापन प्रार्थना।
मार्च १० मा सुरु हुने हप्ता
गीत ५६
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। दिनहुँ धर्मशास्त्र जाँच्ने-को मार्च १८-२३ मा दिइएका स्मरणार्थ बाइबल अध्ययन तालिकाअनुसार नबिर्सिकन पढ्न सबैलाई सम्झाउनुहोस्।
२० मि: “तिमीहरू धन्यवादी होओ।” प्रश्नोत्तर। बाइबल विद्यार्थी, जिज्ञासु, आफ्नो परिवारका चासो देखाउने सदस्य र मण्डलीको संगतिमा सेलाएका भाइबहिनीहरूलाई स्मरणार्थमा उपस्थित हुने निमन्त्रणा गर्न साँचो प्रयत्न गर्नुपर्छ। स्मरणार्थ उत्सवको निमन्त्रणा पर्ची प्रयोग गर्दै प्रकाशकले जिज्ञासुलाई निमन्त्रणा दिएको प्रस्तुति देखाउनुहोस्। जुलाई १, १९८८, प्रहरीधरहरा-को (अंग्रेजी) पृष्ठ ११, अनुच्छेद १६-१७ बाट थप टिप्पणी गर्नुहोस्। ज-जसले सक्छन्, तिनीहरू सबैलाई अप्रिल र मे महिनामा सहायक अग्रगामी गर्ने हौसला दिनुहोस्।
१५ मि: “अनन्त भविष्यबारे ढुक्क हुन परिवारहरूलाई मदत गर्ने।” (अनुच्छेद ६-८) काम गर्ने ठाउँ, स्कूल, पार्क अथवा सार्वजनिक यातायातमा साथै आफन्तहरूलाई अनौपचारिक ढंगमा साक्षी दिंदा पारिवारिक आनन्द पुस्तक दिन सकिने तरिकाहरू प्रस्तुत गर्नुहोस्। सक्षम प्रकाशकलाई अनुच्छेद ६ र ७ मा भएको प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्। बाइबल अध्ययनले पारिवारिक बन्धन बलियो बनाउँछ भनेर मूल्यांकन गर्न पुनःभेटको प्रदर्शनीमा गरिएको वार्तालापले मदत गर्ने हुनुपर्छ। परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिकाबाट अध्ययन सुरु गर्नुपर्छ र पछि ज्ञान पुस्तकबाट अध्ययन गर्ने लक्ष्य राख्नुपर्छ या त ज्ञान पुस्तकैबाट अध्ययन सुरु गर्नुपर्छ।
गीत ७२ र समापन प्रार्थना।
मार्च १७ मा सुरु हुने हप्ता
गीत ६३
१५ मि: स्थानीय घोषणाहरू। “स्मरणार्थको लागि सम्झौटाहरू” पुनरावलोकन गर्नुहोस् अनि स्मरणार्थका लागि स्थानीय तवरमा गरिएका प्रबन्धबारे बताउनुहोस्। बाइबल विद्यार्थी तथा जिज्ञासुहरूलाई उपस्थित हुन मदत गर्न सबैले निश्चित योजना बनाउनुपर्छ।
१५ मि: स्थानीय आवश्यकता। अथवा सेप्टेम्बर १५, १९९६, प्रहरीधरहरा-को अनुच्छेद २२-४ को “के तपाईंले क्षमा माग्नु साँच्चै खाँचो छ?” शीर्षकबाट कुनै एक प्राचीनले भाषण दिन्छन्।
१५ मि: यहोवाका साक्षीहरूको वार्षिक पुस्तक १९९७ को सदुपयोग गर्नुहोस्। पृष्ठ ३-९ बाट बुबाले आफ्नो परिवारसँग मुख्य मुख्य कुराहरू छलफल गर्छन्। विश्वव्यापी ईश्वरीय क्रियाकलापमा भएको उन्नति देखेर हामी किन रमाउँछौं भनेर बताउँछन्। आउँदो वर्षभरि दैनिक पद र यो वार्षिक पुस्तक पनि केही मिनेट अलिअलि पढ्न सकिन्छ भनेर बुबाले बताउँछन्।
गीत ७५ र समापन प्रार्थना।
मार्च २४ मा सुरु हुने हप्ता
गीत ६७
९ मि: स्थानीय घोषणाहरू। अप्रिलमा सहायक अग्रगामी गर्न चाहनेले अझै पनि निवेदन दिन त्यति ढिला भैसकेको छैन भनी सबैलाई निवेदन दिन प्रोत्साहन दिनुहोस्। त्यो महिनाभरि सेवा सभाको लागि स्थानीय तवरमा गरिने अतिरिक्त सभाको प्रबन्धबारे टिप्पणी गर्नुहोस्।
२४ मि: “निर्भय भई पुनःभेट गर्नुहोस्।” (अनुच्छेद १-२०) प्रश्नोत्तर। अनुच्छेद १६ बाट छोटो प्रस्तुति देखाउनुहोस्।
१२ मि: भर्खरै प्रकाशक भएकाहरूलाई मदत गर्ने। जून १९९६ को हाम्रो राज्य सेवकाई परिशिष्टको अनुच्छेद १९ पुनरावलोकन गर्नुहोस्। प्राचीनहरूले बप्तिस्मा अप्राप्त प्रकाशक हुन भर्खर स्वीकृत गरेका बाइबल विद्यार्थीलाई दक्ष प्रकाशकले सिकाएको प्रस्तुति देखाउनुहोस्। तिनीहरूसँगै बसेर हाम्रो सेवकाई (अंग्रेजी) पुस्तकको पृष्ठ १११, अनुच्छेद २ पुनरावलोकन गर्छन्। अनुभवी प्रकाशकले घर-घरको सेवकाई गर्दा के कस्तो परिस्थितिसँग जुझ्नुपर्छ, त्यसबारे कुरा गर्नेछन्। प्रायजसोले नकारात्मक प्रतिक्रिया देखाउने भए तापनि हतोत्साहित हुनु पर्दैन भन्ने कुरा पनि सम्झाउँछन्। हाम्रो कुरा सुन्ने सोझो व्यक्ति भेट्टाउँदा कस्तो आनन्द अनुभव हुन्छ भनी प्रकाशकले एउटा प्रोत्साहनदायी अनुभव बताउँछन्। तिनीहरू मिलेर पत्रिका प्रस्तुत गर्ने साधारण तरिका तयारी गर्छन् अनि अभ्यास पनि गर्छन्। अनुभवी प्रकाशकले नयाँ प्रकाशकको तारिफ गर्छन् र यस हप्ता सेवकाईमा सँगै जाने प्रबन्ध मिलाउँछन्।
गीत ८९ र समापन प्रार्थना।
मार्च ३१ मा सुरु हुने हप्ता
गीत ७०
१५ मि: स्थानीय घोषणाहरू। अप्रिल ६ मा विशेष जनभाषण सुन्न चासो देखाउने सबैलाई निमन्त्रणा दिनुहोस्। सबैलाई मार्च महिनाको क्षेत्र सेवकाईको रिपोर्ट खसाल्न सम्झाउनुहोस्। अप्रिल महिनामा सहायक अग्रगामी गर्दै गरेका सबैको नाउँ घोषणा गर्नुहोस्। प्रश्न पेटी पुनरावलोकन गर्नुहोस्।
२० मि: “निर्भय भई पुनःभेट गर्नुहोस्।” (अनुच्छेद २१-३५) प्रश्नोत्तर। पृष्ठ ३ मा भएको पेटी पुनरावलोकन गर्नुहोस्। क्षेत्र सेवकाईको रिपोर्ट दिंदा सबैलाई आफूले त्यो महिना गरेको हरेक पुनःभेटको संख्या नछुटाई गन्न प्रोत्साहन दिनुहोस्।
१० मि: अप्रिल महिनामा प्रस्तुत गरिने साहित्य पुनरावलोकन गर्नुहोस्। प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को ग्राहक बनाउन अनुरोध गर्नुहोस्। अक्टोबर, १९९६ को हाम्रो राज्य सेवकाई, पृष्ठ ८ अनुच्छेद ३, ४ र ८ बाट पत्रिका प्रस्तुत गर्नेसम्बन्धी छोटकरीमा बताउनुहोस्। दुइ प्रकाशकहरूलाई १-२ वटा छोट-छोटा प्रस्तुतिहरू देखाउन लगाउनुहोस्। ग्राहक बन्ने प्रस्ताव स्वीकार नगरेमा दुइ तीनवटा पत्रिका प्रस्तुत गर्न सकिन्छ। ग्राहक बन्न अस्वीकार गर्ने तर पत्रिका लिएकाहरूलाई प्रकाशकहरूले आफ्नो पत्रिका रूटको सूचीमा समावेश गर्नुपर्छ।
गीत ९२ र समापन प्रार्थना।