अप्रिल महिनाको लागि सेवा सभाहरू
अप्रिल ७ मा सुरु हुने हप्ता
गीत १००
१२ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई र प्रस्तुत गरिने साहित्यहरूबाट छानिएका घोषणाहरू। हालैका पत्रिकाहरूबाट वार्तालापका बुँदाहरू उल्लेख गर्नुहोस्।
१५ मि: “लाखौं थपिंदैछन्।” प्रश्नोत्तर। अगस्त १, १९९३, प्रहरीधरहरा, पृष्ठ २०-२४ मा दिइएका आधारभूत सल्लाहहरू पुनरावलोकन गर्नुहोस्।
१८ मि: “निर्बोधहरूलाई समझ दिनुहोस्।” प्रश्नोत्तर। चाहनुहुन्छ पुस्तिकाका विशेषताहरू पुनरावलोकन गर्नुहोस्: सरल अध्ययन तरिका, समयअनुसारका प्रश्नहरू, आकर्षक चित्रहरू, प्रशस्त धर्मशास्त्रीय उल्लेखहरू। अन्ततः ज्ञान पुस्तकबाट अध्ययन थाल्ने लक्ष्यमा जोड दिनुहोस्। अनुच्छेद ४ का कुराहरू चलाएर बाइबल अध्ययन थाल्ने नमुना कुनै योग्य प्रकाशकलाई प्रदर्शन गर्न लगाउनुहोस्। मण्डलीका सबै आमाबाबुलाई आफ्ना छोराछोरीसित त्यो पुस्तिका अध्ययन गर्न प्रोत्साहन दिनुहोस्।
गीत १३० र समापन प्रार्थना।
अप्रिल १४ मा सुरु हुने हप्ता
गीत १०७
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। समयले भ्याएमा ग्राहक बन्न आग्रह गर्ने वा चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्ने वा त्यसबाट बाइबल अध्ययन सुरु गर्नेबारे स्थानीय अनुभवहरू छोटकरीमा बताउनुहोस्।
१५ मि: “हाम्रो संगठनतर्फ विद्यार्थीहरूलाई डोऱ्याउने।” (अनुच्छेद १-६) प्रश्नोत्तर। अनुच्छेद ५-६ र उद्धरित शास्त्रपदहरू पढ्नुहोस्। यहोवाका साक्षीहरूको संगठन भिडियो हेरेपछि बाइबल विद्यार्थीहरूले कस्तो प्रतिक्रिया देखाए, स्थानीय अनुभवहरू सुनाउनुहोस्।
२० मि: “परमेश्वर के चाहनुहुन्छ, त्यो अरूलाई सिकाउनुहोस्।” अनुच्छेद १-४ बाट श्रोतागणसित छलफल गर्नुहोस्। साक्षी कार्यका चार पक्षहरूलाई समेट्दै अनुच्छेद ५ बाट प्रस्तुतिहरू गर्न लगाउनुहोस्। जस्तै—सडकमा, घर-घरमा, व्यापारिक क्षेत्रमा र पार्कमा। आज साँझ राज्यभवनबाट घर फर्कनअघि सबैलाई क्षेत्र सेवकाईको लागि पुस्तिका र पत्रिकाहरू लिन सम्झाउनुहोस्।
गीत १२६ र समापन प्रार्थना।
अप्रिल २१ मा सुरु हुने हप्ता
गीत ११३
१५ मि: स्थानीय घोषणाहरू। मे महिनामा सहायक अग्रगामी गर्नको लागि आवेदन बुझाउन ढिलो भइसकेको छैन भनेर बताउनुहोस्। प्रश्न पेटी पुनरावलोकन गर्नुहोस् र राज्यभवनको पुस्तकालयमा कुनै पुस्तकहरू चाहिएका छन् कि भनेर मण्डलीलाई सम्झाउनुहोस्।
१५ मि: “हाम्रो संगठनतर्फ विद्यार्थीहरूलाई डोऱ्याउने।” (अनुच्छेद ७-१४) प्रश्नोत्तर। सभाहरू धाउनु आवश्यक छ भनेर विद्यार्थीसित कसरी मायालु ढंगमा खुलस्त छलफल गर्न सकिन्छ, कुनै योग्य सञ्चालकलाई प्रदर्शन गर्न लगाउनुहोस्।
१५ मि: हाम्रो साहित्यको पूर्ण सदुपयोग गर्ने। प्राचीनद्वारा भाषण। (जनवरी १९९६ को हाम्रो राज्य सेवकाई, पृष्ठ ३-५ हेर्नुहोस्।) रिपोर्टले के देखाउँछ भने, मण्डलीहरूले प्रत्येक महिना वितरण गर्नसक्ने भन्दा बढ्ता पत्रिकाहरू अक्सर मगाउँछन्। पचास प्रतिशत जति पत्रिका प्रस्तुत गरिएको रिपोर्ट कहिल्यै दिइँदैन। (स्थानीय तथ्यांकले के संकेत गर्छ, त्यो देखाउनुहोस्।) ती पत्रिकाहरू के गरिंदैछन्? थुप्रै पत्रिकाहरू दराजमै थन्किन्छन् वा फ्याँकिन्छन्। यस्तो हुन नदिन के गर्न सकिन्छ त? प्रत्येक प्रकाशकले आफूलाई कति पत्रिका चाहिन्छ होशियारीपूर्वक हिसाब गर्नुपर्छ र प्रस्तुत गर्न सकिने जति मात्र मगाउनुपर्छ। भेटे जति सबैलाई पत्रिका दिने बानी बसाल्नुहोस्। पुराना अंकहरूलाई त्यसै खेर नफाल्नुहोस्। पत्रिका वितरणमा सहभागी हुनुहोस्।
गीत १२८ र समापन प्रार्थना।
अप्रिल २८ मा सुरु हुने हप्ता
गीत १२१
१५ मि: स्थानीय घोषणाहरू। अप्रिलको क्षेत्र सेवकाई रिपोर्ट दिन सबैलाई सम्झाउनुहोस्। मे महिनामा सहायक अग्रगामी गर्नेहरूको नाउँ घोषणा गर्नुहोस्। स्थानीय क्षेत्रमा सेवा सभाहरूका लागि गरिएका थप प्रबन्धहरूबारे बताउनुहोस्। महिनाभरिमा हुने छुट्टीहरूमा दिनभरि नै प्रचार गर्ने चाँजो मिलाउन सकिन्छ। मे महिनाको दौडान पुस्तिका प्रस्तुत गरेका ठाउँहरूमा बाइबल अध्ययन थाल्ने लक्ष्य राख्दै पुनःभेट गर्ने विशेष प्रयास गर्नुपर्छ। हामीले अनौपचारिक साक्षी दिएका मानिसहरूको नाउँ र ठेगाना कसरी कौशलतापूर्वक माग्नसक्छौं, सो छोटकरीमा बताउनुहोस्। पहिले आफ्नो नाउँ र ठेगाना दिनुहोस् त्यसपछि तिनीसित सम्पर्क राख्ने फोन नम्बर छ भने माग्नुहोस्। श्रोतागणले प्रभावशाली पाएका अरू सुझाउहरू प्रस्तुत गर्न तिनीहरूलाई निम्त्याउनुहोस्।
१५ मि: “तिनीहरू किन यसो गर्छन्?” दुइ वा तीन नियमित अग्रगामीसित प्राचीनको छलफल। (नियमित अग्रगामी छैनन् भने बारम्बार सहायक अग्रगामी गर्नेहरूलाई छलफलमा समावेश गर्नुहोस्।) जनवरी १५, १९९४, प्रहरीधरहरा-को (अंग्रेजी) लेख “अग्रगामीहरू दिन्छन् र आशिष् प्राप्त गर्छन्”-का विशेषताहरू समावेश गर्नुहोस्। किन अग्रगामी सेवालाई अंगालेको भनेर ती अग्रगामीहरूलाई बताउन लगाउनुहोस्। यो सेवा गरेर तिनीहरू कसरी आशिषित् भएका छन् भनेर तिनीहरूलाई अनुभव बताउन लगाउनुहोस्।
१५ मि: स्थानीय आवश्यकताहरू। प्राचीनहरूले विशेषगरि स्थानीय तवरमा आवश्यक पर्ने जानकारीहरू प्रस्तुत गर्नसक्छन्।
गीत १२९ र समापन प्रार्थना।