प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 मे पृ. २
  • मे महिनाको लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे महिनाको लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९७
  • उपशीर्षकहरू
  • मे ५ मा सुरु हुने हप्ता
  • मे १२ मा सुरु हुने हप्ता
  • मे १९ मा सुरु हुने हप्ता
  • मे २६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९७
km97 मे पृ. २

मे महिनाको लागि सेवा सभाहरू

मे ५ मा सुरु हुने हप्ता

गीत १३०

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१२ मि: “येशूलाई पछ्याइ रहनुहोस्‌।” प्रश्‍नोत्तर। जून १, १९९३, प्रहरीधरहरा-को पृष्ठ १० मा दिइएका अनुभवहरू समावेश गर्नुहोस्‌।

२३ मि: “चासो देखाउने जति सबैको निष्कपट चिन्ता गर्नुहोस्‌।” श्रोतासँग छलफल। चासो देखाउने सबैलाई भेट्‌नुपर्ने आवश्‍यकतामाथि जोड दिनुहोस्‌। सार्वजनिक स्थलहरूमा भेट भएकाहरूसँग शिष्टाचारपूर्वक घरको ठेगाना सोध्न केही सुझाउ दिनुहोस्‌ ताकि पछि फेरि भेटेर अझ बढी साक्षी दिन सकियोस्‌। अनुच्छेद ६-९ मा दिइएका प्रस्तुतिहरूमध्ये दुइवटा प्रस्तुति सक्षम प्रकाशकलाई प्रदर्शन गर्न लगाउनुहोस्‌। मार्च १९९७ को हाम्रो राज्य सेवकाई परिशिष्ट पृष्ठ ३ बाट “पुनःभेट गर्दा कसरी सफलता हासिल गर्ने” पेटी पुनरावलोकन गर्नुहोस्‌। प्रत्येक हप्ता केही समय पुनःभेटको लागि छुट्याउन सबैलाई प्रोत्साहन दिनुहोस्‌।

गीत १५१ र समापन प्रार्थना।

मे १२ मा सुरु हुने हप्ता

गीत १३३

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१२ मि: प्रश्‍न पेटी। प्राचीनद्वारा भाषण।

२३ मि: “पर्चाको प्रयोगद्वारा तपाईंको ज्योति चम्कियोस्‌।” प्रश्‍नोत्तर। अनुच्छेद ६ र ७ मा भएको कुराकानी प्रदर्शन गर्नुहोस्‌। प्रकाशकहरूलाई विभिन्‍न भाषाका पर्चाहरू सधैं साथमा राख्न प्रोत्साहन दिनुहोस्‌। मण्डलीमा कुन कुन पर्चाहरू उपलब्ध छन्‌, जानकारी दिनुहोस्‌।

गीत १६२  र समापन प्रार्थना।

मे १९ मा सुरु हुने हप्ता

गीत १३९

७ मि: स्थानीय घोषणाहरू।

२० मि: “उन्‍नतशील गृह बाइबल अध्ययन सञ्चालन गर्ने।” सक्षम भाइले राम्ररी बाइबल अध्ययन सञ्चालन गर्न सक्ने एक वा दुइ जना प्रकाशकसँग यो लेख छलफल गर्छन्‌। ज्ञान पुस्तकका केही भागहरूलाई उदाहरणको रूपमा चलाएर तिनीहरूले शिक्षण विधि प्रस्तुत गर्छन्‌, जसले गर्दा अध्ययनलाई सुचारु राख्न र विद्यार्थीले खास गरेर के सिकिरहेको छ, त्यो राम्ररी बुझ्न मदत दिनेछ।—जून १९९६ हाम्रो राज्य सेवकाई परिशिष्टको अनुच्छेद ५, ८, १२ र २१ हेर्नुहोस्‌।

१८ मि: “ग्राहक बनाउँदा ध्यान दिनुपर्ने कुराहरू।” प्रश्‍नोत्तर। “भनेजस्तो सेवा प्राप्त गर्न तपाईं के गर्न सक्नुहुन्छ” शीर्षक पेटीबाट लागू हुने बुँदाहरू पुनरावलोकन गर्नुहोस्‌। सही, सफा र छरितो हुन जोसाउनुहोस्‌। ग्राहक बनाउँदा हेर्न यस परिशिष्टलाई सजिलै भेट्टाउन सकिने गरी राख्ने सल्लाह दिनुहोस्‌।

गीत १६५ र समापन प्रार्थना।

मे २६ मा सुरु हुने हप्ता

गीत १४८

१५ मि: स्थानीय घोषणाहरू। जून महिनामा प्रस्तुत गरिने साहित्य पुनरावलोकन गर्नुहोस्‌। ज्ञान पुस्तकको पृष्ठ १०-११ को अनुच्छेद १७-१९ को कुरालाई छोटो प्रस्तुति बनाएर कसरी चलाउन सकिन्छ, बताउनुहोस्‌। सबै जनालाई अध्ययन सुरु गर्ने प्रयास गर्न जोसाउनुहोस्‌। जिज्ञासुहरूलाई छिट्‌छिटो प्रगति गर्न सहयोग गर्नु पर्ने खाँचोमा जोड दिनुहोस्‌।—जनवरी १५, १९९६, प्रहरीधरहरा, पृष्ठ १३-१४ हेर्नुहोस्‌।

१२ मि: “हामी किन भेट्‌न गइरहन्छौं?” प्रश्‍नोत्तर। उद्‌घोषकहरू (अंग्रेजी) पुस्तकको पृष्ठ ५७० मा दिइएको पेटीका बुँदाहरू समावेश गर्नुहोस्‌।

१८ मि: स्थानीय आवश्‍यकता। मण्डलीको आध्यात्मिक आवश्‍यकताको सम्बन्धमा प्राचीनले भाषण दिन्छन्‌ अथवा दुइ प्राचीनले छलफल गर्छन्‌। उन्‍नतिको लागि धर्मशास्त्रीय उपदेश तथा व्यवहारिक सुझाउ दिनुहोस्‌।

गीत १७४ र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने