घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू मे: प्रहरीधरहरा अथवा ब्यूँझनुहोस्!-को ग्राहक बनाउने। अर्धमासिक प्रकाशनको एक वर्षको ग्राहक शुल्क दर रु. ९०.०० मात्र। मासिक प्रकाशन एक वर्षको र अर्धमासिक प्रकाशन छ महिनाको ग्राहक शुल्क दर रु. ४५.०० मात्र। मासिक प्रकाशनको छ महिने ग्राहक बन्ने सुविधा छैन। ग्राहक बन्न नमानेमा एक प्रति रु. ४.०० मा प्रस्तुत गर्नुपर्छ। उपयुक्त भएमा, परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका चन्दास्वरूप रु. ६.०० मा दिन सकिन्छ। कृपया, ग्राहक बनाउँदा यो कुरा नबिर्सनुहोस्, पंजाबी र उर्दूबाहेक (यी दुइ भाषामा मासिक मात्र छ) नेपाली र अन्य सबै भारतीय भाषाहरूमा अर्धमासिक प्रहरीधरहरा उपलब्ध छ।
ब्यूँझनुहोस्! तामिल र मल्यालममा अर्धमासिक तर कन्नडा, गुजराती, तेलगु, नेपाली, मराठी र हिन्दीमा मासिक प्रकाशित हुन्छ। उर्दू, पंजाबी र बंगालीमा मण्डलीले वितरण गर्नको लागि त्रैमासिकमा ब्यूँझनुहोस्! उपलब्ध छ तर यी तीन भाषाहरूमा ग्राहक बन्ने सुविधा उपलब्ध छैन। जून: चन्दास्वरूप रु. २०.०० मा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तक प्रस्तुत गर्ने। गृह बाइबल अध्ययन सुरु गर्न ध्यानकेन्द्रित गर्नुहोस्। जुलाई र अगस्त: निम्न ३२ पृष्ठ भएका पुस्तिकामध्ये कुनै पनि चन्दास्वरूप रु. ६.०० मा प्रस्तुत गर्न सकिन्छ: के तपाईंले त्रिएकमा विश्वास गर्नुपर्ने हो? (अंग्रेजी), के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रिय जनको मृत्यु हुँदा (अंग्रेजी), त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, परमेश्वर हामीबाट के चाहनुहुन्छ?, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, सधैंभरि रहिरहने ईश्वरीय नाउँ (अंग्रेजी), हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? र “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु।”
▪ उपलब्ध नयाँ प्रकाशनहरू:
बाइबलका आधारभूत शिक्षाहरू—हिन्दी
हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित—मराठी
▪ उपलब्ध नयाँ श्रव्य क्यासेट:
राज्य गीतहरू गाउने—अंग्रेजी
छयत्तर मिनेट लामो यस क्यासेटमा बाजागाजासहित गाइएका गीतहरू छन्। केही गीतहरू अनुभवी भाइहरूले बाजासँगसँगै एक्लै एक्लै गाएका छन् भने अरू चाहिं सं.रा.-मा कार्यरत बेथेल परिवारका सदस्यहरूले समूहमा गाएका छन्। एउटा गीत बेथेल परिवारका बहिनीहरूले गाएका छन्। यो क्यासेट सुनेर हाम्रा केही राज्य गीतहरू गाउने तरिका पनि सिक्न सकिनेछ। यसबाहेक, रमाइलो अनि उत्थानदायी संगीतको रूपमा पनि यसलाई लिन सकिन्छ। साथै श्रोताहरूलाई शब्दहरू सुन्ने, मनन गर्ने र शायद ती सुनेका कुराहरू कण्ठस्थ गर्न पनि मदत गर्नेछ। अग्रगामीहरूलाई एउटा क्यासेटको रु. ५५.०० र प्रकाशक अनि जनसाधारणलाई रु. ६५.०० मात्र।
▪ उपलब्ध नयाँ भिडियो क्यासेटहरू:
पृथ्वीको कुनाकाप्चासम्म—अंग्रेजी
यो क्यासेट, वाचटावर बाइबल स्कूल अफ गिलियडको ५० औं वार्षिकीको सम्झना स्वरूप उत्पादन गरिएको हो। बयालीस मिनेट लामो यस भिडियोले दर्शकहरूलाई गिलियड स्कूलको पहिलो कक्षाका विद्यार्थीहरूसँग परिचय गराउँछ, ९५ औं कक्षाका दृश्यहरू देखाउँछ, मिसनरी जीवन कस्तो हुन्छ भनेर प्रकाश पार्छ अनि यस स्कूलका उपलब्धिहरू र विश्वव्यापी प्रचार कार्यमा यसका असरहरूबारे छलफल गर्छ। अग्रगामीहरूलाई एउटा क्यासेटको रु. १५०.०० र प्रकाशक अनि जनसाधारणलाई रु. २००.०० मात्र।