प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 मे पृ. २
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • आफ्ना छोराछोरीसित यौनबारे कुरा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • के मुख-मैथुन गर्नु पनि यौनसम्बन्ध राख्नु हो?
    युवाहरू सोध्छन्‌
  • यौनसम्बन्ध राख्ने दबाब आयो भने के गरूँ?
    युवाहरूको १० प्रश्‍नका जवाफहरू
  • टेलिफोन सेक्स्‌मा त्यस्तो के खराबी छ र?
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९७
km97 मे पृ. २

प्रश्‍न पेटी

▪ सेवकाईमा जाँदा विपरीत लिंगको व्यक्‍ति भेटेमा वा विपरीत लिंगको व्यक्‍तिसँग सेवकाईमा जाँदा कुन कुन कुरामा होशियार हुनुपर्छ?

हाम्रा भाइबहिनीहरू उच्च नैतिक आचरणअनुरूप चलून्‌ भनेर आशा गर्ने हामीसँग हर कारण छ। तर पनि, हामी भ्रष्ट र नगन्य नैतिक सीमाहरू भएको छाडा संसारमा बसिरहेका छौं। हुन त हाम्रो नियतमा कुनै खराबी नहोला, तैपनि खराब कामकुरामा आफू नफस्न र कुकर्ममा नमुछिन हामीले सक्दो होशियारी अपनाउनुपर्छ। विपरीत लिंगको व्यक्‍तिसँग सेवकाईमा जाँदा पनि त्यस्तै सजगता अपनाउनुपर्छ।

क्षेत्र सेवकाईमा जाँदा सत्यप्रति निष्कपट चासो देखाएको जस्तो लाग्ने विपरीत लिंगका व्यक्‍तिहरूसँग प्रायः भेट भइरहन्छ। प्रचारमा जाँदा हामी एक्लै छौं र त्यस घरमा पनि विपरीत लिंगका व्यक्‍तिबाहेक अरू कोही छैन भने सामान्यतः भित्र जानुभन्दा ढोकामै उभिएर साक्षी दिनु उपयुक्‍त हुन्छ। चासो देखाएमा, अर्को प्रचारक पनि साथै भएको बेला अथवा त्यस घरमा अन्य व्यक्‍तिहरू पनि भएको बेला जाने प्रबन्ध मिलाउन सकिन्छ। यदि त्यसो गर्न मिलेन भने, उक्‍त घरधनी स्त्री भए कुनै बहिनीलाई र पुरुष भए कुनै भाइलाई त्यस व्यक्‍तिसँग भेट्‌न जान अनुरोध गर्नु नै बुद्धिमानी हुनेछ। विपरीत लिंगको व्यक्‍तिसित बाइबल अध्ययन गर्ने सम्बन्धमा पनि यही कुरा लागू हुन्छ।—मत्ती १०:१६

सेवकाईमा जाने व्यक्‍ति छान्दा पनि हामी होशियार हुनुपर्छ। कुनै कुनै बेला विपरीत लिंगका व्यक्‍तिहरू सँगै प्रचारमा जाने भए तापनि, समूहमा जाँदा मात्र यसरी जानु उपयुक्‍त हुन्छ। साधारणतया, सेवकाईमा समेत पति पत्नीबाहेक विपरीत लिंगका व्यक्‍तिसँग धेरै समय एक्लै बिताउनु बुद्धिमानी कुरा होइन। तसर्थ, सेवकाईमा जान भेला भएका प्रकाशकहरूलाई खटाउने भाइले विशेष विचार पुऱ्‍याउनुपर्छ। यसो गर्दा प्रकाशक तथा किशोरकिशोरीहरूलाई ध्यानमा राख्नुपर्छ।

यसरी, सधैं राम्ररी विचार पुऱ्‍यायौं भने हामीले ‘आफूलाई र अरूलाई पनि ठोकर पुऱ्‍याउँदैनौं।’—२ कोरि. ६:३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने