प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 जुलाई पृ. ६
  • पुराना पुस्तकहरूको सदुपयोग गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पुराना पुस्तकहरूको सदुपयोग गर्ने
  • हाम्रो राज्य सेवकाई—१९९७
हाम्रो राज्य सेवकाई—१९९७
km97 जुलाई पृ. ६

पुराना पुस्तकहरूको सदुपयोग गर्ने

१ बुद्धिमान्‌ राजा सुलेमानले लेखे, “पुस्तकहरूको उपयोगको केही अन्त छैन, औ धेरै अध्ययनले थकाउँछ।” (उप. १२:१२) मानव बुद्धि तथा दर्शनहरूले भरिएका पुस्तकहरूबारे यो कथन शतप्रतिशत सही साबित भएको छ। तर परमेश्‍वरको वचन, बाइबलमा पाइने ईश्‍वरीय बुद्धिमा आधारित विश्‍वासी र बुद्धिमान्‌ दासद्वारा प्रकाशित पुस्तकहरूबारे चाहिं के भन्‍न सकिन्छ? यी पुस्तकहरूमा अनन्त जीवनतर्फ डोऱ्‍याउने ज्ञान छ।—हितो. २:१-९, २१, २२.

२ यी पुस्तकहरूका जीवनदायी सन्देश सबैले पाओस्‌ भनेर नै सोसाइटीले केही खास खास पुस्तकहरूको मूल्य घटाएर रु २.५० गर्ने प्रबन्ध मिलाएको छ। यो प्रबन्धबारे भारतभरि सबै मण्डलीहरूमा हालै सेवा सभाको दौडान सविवरण घोषणा गरिएको थियो। त्यसैकारण प्रत्येक प्रकाशकसित हर समय ती पुस्तकहरूको मूल्य-सूची होस्‌ भनेर एउटा सूची प्रस्तुत गरेका छौं।

रु २.५० मा उपलब्ध प्रकाशनहरू

अनन्त जीवनतर्फ डोऱ्‍याउने सत्य —गुजराती

एक मात्र साँचो परमेश्‍वरको उपासनमा एकताबद्ध—तामिल, नेपाली, मराठी, मल्यालम

के जीवन यति नै हो?—अंग्रेजी, तेलगु

“तपाईंको राज्य आओस्‌” सबै भाषाहरूमा

तपाईंलाई खुशी तुल्याउने सुसमाचार—गुजराती

नयाँ पृथ्वीमा तपाईंको बचावट—तामिल, मल्यालम

“परमेश्‍वरले झूट बोल्न असम्भव छ”—कन्‍नडा

बाइबल—परमेश्‍वरको वचन वा मानिसको—अंग्रेजी

महान्‌ शिक्षकको कुरा सुन्‍ने—मराठी

मानिस यहाँ विकासवाद वा सृष्टिद्वारा आयो—अंग्रेजी

“शान्तिका राजकुमारको” छत्रछाँयामा विश्‍वव्यापी सुरक्षा—अंग्रेजी

साँचो शान्ति र सुरक्षा—कुन स्रोतबाट?—तामिल

३ यी पुस्तकहरूको पूर्ण सदुपयोग कसरी गर्न सकिन्छ? पहिला, आफ्नो व्यक्‍तिगत पुस्तकालयमा यी पुस्तकहरू छन्‌ कि छैनन्‌ जाँच्ने सुझाउ हामी तपाईंलाई दिन्छौं। माथि उल्लिखित जम्मै पुस्तक के तपाईंसित छन्‌? कुनै कुनै छैन भने, मण्डली मार्फत ती पुस्तकहरू मगाएर आफ्नो घरको पुस्तकालयमा भएको कमी पनि पूरा गरे कसो होला? ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला निरीक्षकले स्कूलको पुस्तकालयमा यी पुस्तकहरू छन्‌ कि छैनन्‌ जाँच्नसक्छन्‌। कुनै पुस्तक छैन भने ती पुस्तकहरू मगाउनसक्छन्‌ र त्यसको मोल मण्डलीले तिर्नसक्छ। घरको पुस्तकालय र मण्डलीको स्कूलको पुस्तकालयमा अन्य भाषाका यी पुस्तकहरू अर्थात्‌ तपाईंले त्यति प्रयोग नगर्नुहुने भाषाहरूमा पनि राख्नु बेस हुन्छ। ती भाषा बोल्ने व्यक्‍ति क्षेत्र सेवकाईमा भेट्‌दा वा ती भाषा बुझ्ने इच्छुक व्यक्‍ति सभाहरूमा उपस्थित हुनथाल्दा यी पुस्तकहरू कामलाग्दो हुनेछन्‌। नबिर्सनुहोस्‌, यी पुस्तकहरू फेरि छाप्ने हाम्रो योजना छैन। अहिले हामीसित भएको स्टक सिद्धिएपछि तपाईंले यी पुस्तकका नयाँ प्रतिहरू फेरि कहिल्यै पाउन सक्नुहुनेछैन!

४ सेवकाईमा पनि यी पुस्तकहरू साथै लैजान हामी तपाईंहरूलाई प्रोत्साहित गर्छौं। विशेष साहित्य प्रस्तुति गर्ने बेलामा मात्र नभई वर्षभरि नै यी साहित्यहरू विशेष मूल्य रु २.५० मा प्रस्तुत गर्नसक्नुहुन्छ भनेर पनि नभुल्नुहोस्‌। त्यसबाहेक यी पुस्तकहरू एकसाथ पनि प्रस्तुत गर्नसक्नुहुन्छ। जस्तै एउटा पुस्तकबारे बताउनुभएर प्रस्तुत गर्नेबेला चाहिं रु १०.०० मा चारवटा पुस्तक राख्न सक्नुहुन्छ भनेर जो कोहीलाई एकसाथ चारवटा पुस्तक दिनुहोस्‌। यीमध्ये पनि विकासवाद तथा के जीवन यति नै हो? जस्ता पुस्तकहरूले खास खास विषयहरूमा विशेष जानकारी प्रस्तुत गर्ने हुँदा घरधनीले त्यस विषयमा कुरा उठाउँदा ती लाभकारी हुनसक्छन्‌।

५ हरेक साहित्य भएको ईश्‍वरतान्त्रिक पुस्तकालय बहुमूल्य सम्पत्ति हो। कहिलेकाहीं पुराना पुस्तकहरूबाट कुनै खास विषयमा धेरै जानकारी प्राप्त गर्नसकिने हुँदा ती पुस्तकहरूले धर्मशास्त्रप्रतिको हाम्रो ज्ञानलाई अझ गहन बनाउँछ। यसको अतिरिक्‍त सेवकाईमा जाँदा आफूसित घरधनीलाई ठ्याक्कै मिल्ने पुस्तक छ भने वार्तालाप रमाइलो हुनुका साथै त्यस व्यक्‍तिलाई जीवनतर्फ डोऱ्‍याउने बाइबल अध्ययन पनि गर्न सकिन्छ। त्यसैकारण माथि उल्लिखित पुस्तकहरू मण्डली मार्फत पर्याप्त मात्रामा मगाउनुहोस्‌ र व्यक्‍तिगत अध्ययन अनि क्षेत्र सेवकाईमा ती पुस्तकहरूको पूर्ण सदुपयोग गर्नुहोस्‌ भनी हामी प्रोत्साहन दिन्छौं।—हितो. २:१०, ११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने