राज्यभवन कोश
जनवरी १९९७ को हाम्रो राज्य सेवकाई-को “हामी परमेश्वरको भवनलाई त्याग्नेछैनौं” भन्ने परिशिष्टको आह्वानप्रति प्रतिक्रिया देखाउनुभएकोमा हामी तपाईंहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौं। परिशिष्टको पृष्ठ छ मा भएको “के तपाईं राज्यभवन बनाउन चन्दा दिन उत्प्रेरित हुनुहुन्छ?” भन्ने पेटी पढेपछि धेरै भाइबहिनीहरूको हृदय चन्दा पठाउन प्रेरित भए जस्तो छ। किनकि राष्ट्रिय राज्यभवन कोशमा निकै चन्दा रकम जम्मा भएको छ। राज्यभवन निर्माण गर्ने योजना बनाइरहेका मण्डलीहरूलाई मदत गर्न यो रकमको उचित प्रयोग गरिनेछ भनेर ढुक्क हुनुहोस्। आगामी दिनहरूमा पनि यो कोशमा तपाईंहरूले चन्दा पठाउनु नै हुनेछ भन्ने आशा राख्छौं।
तर यो कुरा उल्लेख गरिहाल्नु बेस होला, सबै चन्दा राष्ट्रिय राज्यभवन कोशको निम्ति मात्र छुट्याउनु आवश्यक छैन। राज्य प्रचार कार्य विस्तार गर्नको लागि पनि सोसाइटीले विभिन्न क्षेत्रहरूमा, जस्तो कि विशेष अग्रगामी, परिभ्रमण निरीक्षकहरूलाई विभिन्न मण्डलीहरूमा पठाउन र जिल्ला अधिवेशनहरूको प्रबन्ध मिलाउनमा पनि धेरै खर्च गर्छ। त्यसकारण, व्यक्तिविशेष, मण्डली र क्षेत्रहरूद्वारा पठाइने चन्दाको पनि हार्दिक स्वागत गर्छौं। यस्ता चन्दालाई “विश्वव्यापी प्रचार कार्यको लागि” भनेर पठाउनु भए हुन्छ। त्यसो गर्दा सो रकमलाई सोसाइटीको निर्णयअनुरूप विभिन्न काममा सदुपयोग गर्न सकिन्छ।
यहोवाका उद्देश्यहरू पूरा गर्न उहाँका सेवकहरूले उदारचित्तकासाथ आफ्नो समय, शक्ति र सम्पत्तिद्वारा सहयोग गरिरहनेछन् भन्ने कुरामा कुनै शंका छैन। अनि यहोवाले पनि उदारतासाथ तिनीहरूलाई आशिष् दिनुहुनेछ।—मला. ३:१०.