अगस्त महिनाका लागि सेवा सभाहरू
अगस्त ४ मा सुरु हुने हप्ता
गीत १६
७ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। आफ्नो देश र स्थानीय मण्डलीको अप्रिल महिनाको रिपोर्टबारे टिप्पणी गर्नुहोस्।
१३ मि: “सभाहरूले असल काम गर्न उक्साउँछन्।” प्रश्नोत्तर। सभाअघि र पछि प्रोत्साहनदायी कुराकानी गर्दा हुने फाइदाहरू बताउनुहोस्।—पाठशाला निर्देशन पुस्तक (अंग्रेजी) को पृष्ठ ८२, अनुच्छेद १७-१८ हेर्नुहोस्।
२५ मि: “यहोवाले बढाउनुहुन्छ भनी भरोसा गर्नुहोस्।” भाषण र प्रस्तुतिहरू। पुस्तिकाहरू दिनुभएको ठाउँमा पुनःभेट गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुहोस्। अध्ययन गर्ने तरिका देखाउन राम्ररी तयारी गरिएका दुइवटा प्रस्तुति देखाउनुहोस्। सन् १९९७ मार्च, हाम्रो राज्य सेवकाई-को परिशिष्ट, अनुच्छेद ७-११ मा दिइएका सल्लाहहरू समावेश गर्नुहोस्।
गीत ७८ र समापन प्रार्थना।
अगस्त ११ मा सुरु हुने हप्ता
गीत २०
५ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१५ मि: “वृद्धहरू नसुस्ताइकन प्रचार गर्छन्।” प्रश्नोत्तर। जुलाई १, १९८८ को हरीधरहरा (अंग्रेजी) पृष्ठ १३ बाट सहायक अग्रगामी गर्ने वृद्ध हजूरआमाको अनुभव पनि बताउनुहोस्।
२५ मि: “राज्यभवन निर्माण गर्नुपर्ने आवश्यकता सँगसँगै चल्ने।” प्रश्नोत्तर।
गीत ७१ र समापन प्रार्थना।
अगस्त १८ मा सुरु हुने हप्ता
गीत १४
१० मि: स्थानीय घोषणाहरू।
१० मि: स्थानीय आवश्यकताहरू।
२५ मि: तपाईंको प्रियजनको मृत्यु हुँदा (अंग्रेजी) पुस्तिका चलाएर पुनःभेट गर्नुहोस्। प्रश्न कसरी उठाउने र त्यसको जवाफका लागि कसरी पुस्तिकातर्फ औंल्याउने, देखाउनुहोस्। उदाहरणका लागि, यो पुस्तिकाले यी विभिन्न प्रश्नहरूका जवाफ दिन्छ: के मरेकाहरूका निम्ति कुनै आशा छ? (पृष्ठ ५-६) के शोक गर्नु गलत हो? (पृष्ठ ८-९) शोक पर्दा कसरी सहने? (पृष्ठ १८) अरूले कसरी सहयोग गर्नसक्छन्? (पृष्ठ २०-३) केटाकेटीहरूलाई मृत्युबारे कसरी बुझाउन सकिन्छ? (पृष्ठ २५) बाइबलले कस्तो सान्त्वना दिन्छ? (पृष्ठ २७) त्यसपछि, पुनःभेटमा यो पुस्तिका प्रयोग गरेर मृत्युबारे साधारणतया सोधिने प्रश्नहरूका कसरी जवाफ दिने गरेका छन् भनेर दुइ पोख्त प्रकाशकहरूसँग छोटकरीमा छलफल गर्नुहोस्। पुनःभेट गर्दा यो पुस्तिका प्रयोग गर्न सकिने तरिका प्रस्तुत गर्नुहोस्।
गीत ९४ र समापन प्रार्थना।
अगस्त २५ मा सुरु हुने हप्ता
गीत २३
१० मि: स्थानीय घोषणाहरू। सबैलाई क्षेत्र सेवकाईको रिपोर्ट खसाल्न सम्झाउनुहोस्। आगामी हप्ताको लागि सेवकाई प्रबन्धबारे घोषणा गर्नुहोस्।
१५ मि: “स्कूलबाट सकेसम्म फाइदा उठाउनुहोस्।” डिसेम्बर २२, १९९५ को ब्यूँझनुहोस्! (अंग्रेजी) पृष्ठ ७-११ को बुँदाहरू पनि समावेश गरेर बाबुले छोराछोरीसँग यो लेख छलफल गर्छन्।
२० मि: उद्देश्यसहित प्रचार गर्नुहोस्। एक प्राचीन र एक अथवा दुइ सेवकाई सेवक बसेर हाम्रो सेवकाई (अंग्रेजी) पुस्तकको पृष्ठ ८-१२ पुनरावलोकन गर्छन्। हाम्रो सेवकाईप्रति किन सकारात्मक अनि प्रगतिशील मनोवृत्ति राख्नुपर्छ र संगठनप्रति किन सधैं सहयोगी भावना राख्नुपर्छ भन्ने कुरामा जोड दिने तर्कहरू प्रस्तुत गर्नुहोस्।
गीत १०० र समापन प्रार्थना।