प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 सेप्टेम्बर p. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९७
हाम्रो राज्य सेवकाई—१९९७
km97 सेप्टेम्बर p. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू सेप्टेम्बर: पारिवारिक आनन्दको रहस्य पुस्तक चन्दास्वरूप रु. २०.०० मा प्रस्तुत गर्ने।

अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-को ग्राहक बनाउने। अर्धमासिक प्रकाशनको एक वर्षको ग्राहक शुल्क दर रु. ९०.०० मात्र। मासिक प्रकाशन एक वर्षको र अर्धमासिक प्रकाशन छ महिनाको ग्राहक शुल्क दर रु. ४५.०० मात्र। मासिक प्रकाशनको छ महिने ग्राहक सुविधा छैन। ग्राहक बन्‍न अस्वीकार गरेमा एक प्रति रु. ४.०० मा प्रस्तुत गर्नुपर्छ। ग्राहक बनाउँदा कृपया यो कुरा याद राख्नुहोस्‌, ऊर्दू र पंजाबीबाहेक (यी भाषाहरूमा मासिकमा मात्र) सबै भारतीय र नेपाली भाषामा प्रहरीधरहरा अर्धमासिक हुन्‌। ब्यूँझनुहोस्‌! तामिल र मल्यालममा अर्धमासिक तर कन्‍नडा, गुजराती, तेलगु, नेपाली, मराठी र हिन्दीमा मासिक प्रकाशित हुन्छ। उर्दू र पंजाबीमा मण्डलीले वितरण गर्नको लागि त्रैमासिकमा ब्यूँझनुहोस्‌! उपलब्ध छ तर यी दुइ भाषाहरूमा ग्राहक सुविधा उपलब्ध छैन। यस महिनाको अन्ततिर राज्य समाचार न. ३५ वितरण गरिनेछ। नोभेम्बर: राज्य समाचार न. ३५ वितरण कार्य जारी राखिनेछ। प्रत्येक घर अथवा निवासस्थानहरूमा मानिसहरूलाई राज्य समाचार न. ३५ दिएर पूरै क्षेत्र ढाकिसक्ने मण्डलीहरूले ज्ञान पुस्तक रु. २०.०० मा प्रस्तुत गर्नसक्छन्‌। डिसेम्बर: यी तीन पुस्तकहरूमध्ये कुनै एक चन्दास्वरूप रु. ४५.०० मा प्रस्तुत गर्न सकिन्छ: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ, (सानो साइजको रु. २५.००), बाइबलका कथाहरू भएको मेरो पुस्तक, (सानो साइजको रु. ३०.००) वा आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान पुरुष। जुलाई महिनाको हाम्रो राज्य सेवकाईमा सूचीबद्ध विशेष दरमा प्रस्तुत गरिने कुनै पनि पुस्तक रु. २.५० मा विकल्पको रूपमा प्रस्तुत गर्न सकिन्छ।

सूचना: अहिलेसम्म पनि माथि उल्लिखित साहित्य अभियानमा प्रयोग गरिने साहित्य मण्डलीहरूले मगाएका छैनन्‌ भने अर्को साहित्य फाराम (S-AB-14) भर्दा अनुरोध गरी पठाउनुपर्छ।

▪ मण्डली अध्यक्ष वा उनले खटाएको कसैले सेप्टेम्बर १ वा त्यसको तत्कालैपछि मण्डलीको लेखा परीक्षण गर्नुपर्छ। यो काम सकेपछि मण्डलीमा घोषणा गर्नुहोस्‌।

▪ पुनर्स्थापित हुन चाहने बहिष्कृत वा संगत गर्न छाडेका व्यक्‍तिहरूको सन्दर्भमा फेब्रुअरी १, १९९२ प्रहरीधरहरा-को पृष्ठ १७-९ मा दिइएका निर्देशनहरू पालन गर्न प्राचीनहरूलाई स्मरण गराइन्छ।

▪ अगस्त महिनाको क्षेत्र सेवकाई रिपोर्ट आइतबार, अगस्त ३१ सम्म जसरी भए पनि आफ्नो मण्डलीमा बुझाइहाल्न सबै प्रकाशकहरूलाई प्रोत्साहित गरिन्छ। त्यसपछि मण्डलीको सचिवले मण्डली रिपोर्ट (S-1) बुधबार सेप्टेम्बर ३ भित्र सोसाइटीलाई पठाइहाल्न यथाशक्य प्रयत्न गर्नुपर्छ। त्यसो गरियो भने सेवा वर्षको वार्षिक रिपोर्ट जम्मा गरुञ्जेल ती हामीकहाँ समयमै पुग्नेछन्‌।

▪ प्रकाशकहरूले पठाएका व्यक्‍तिगत साहित्य मागलाई सोसाइटीले सदर गर्दैन। व्यक्‍तिगत साहित्य मगाउन चाहने सबैले साहित्य सँभाल्ने भाइलाई जानकारी दिनसकून्‌ भन्‍ने हेतुले प्रत्येक महिना सोसाइटीलाई साहित्य अर्डर पठाउनुअघि मण्डलीका अध्यक्षले त्यसबारे घोषणा गराउने प्रबन्ध मिलाउनुपर्छ। कुन कुन प्रकाशनहरू विशेष आवेदनअन्तर्गत पर्छन्‌, कृपया ध्यान दिनुहोस्‌।

▪ सोसाइटीको सीडी-रोम-मा सार्वजनिक नगरिएका केही खास जानकारीहरू भएकोले यो प्रकाशकहरूको प्रयोगका लागि मात्र हो भनेर साहित्य अर्डर पठाउँदा मण्डलीले याद गर्नुपर्छ।

▪ मे १९९७ को हाम्रो राज्य सेवकाई-को “प्रश्‍नपेटी” मा विपरीत लिंगका प्रकाशकहरूसित सेवकाईमा सँगै भाग लिंदा सतर्क हुनुपर्ने सुझाउ दिएका थियौं। यसबारे सबैले सही निर्णय गर्नुपर्ने थुप्रै राम्रा कारणहरू छन्‌। यसको मतलब परिभ्रमण निरीक्षक वा अन्य भाइहरूले क्षेत्र सेवकाईमा बहिनीहरूसित सँगै काम गर्नु हुँदै हुँदैन भनेको होइन। तर एउटै भाइले नाता नपर्ने विपरीत लिंगको त्यही व्यक्‍तिसित नियमित तवरमा एक्लै समय बिताउनु बुद्धिमानी होइन भन्‍न खोजिएको मात्र हो।

▪ मे २२, मध्य प्रदेशको जबलपुरमा गएको शक्‍तिशाली भैंचालोमा त्यहाँका १९ जना प्रकाशकहरूमध्ये कोही पनि घाइते भएनन्‌ भनी थाह पाउँदा पक्कै पनि तपाईंहरू ढुक्क हुनुहुनेछ। मण्डलीका अध्यक्षको घर छेउकै एक तल्ला गर्ल्यामगुर्लुम ढल्यो भने, तिनको घरका भित्ताहरू चर्किए, भऱ्‍याङ भत्कियो तर कोही घाइते भएन। थुप्रै धार्मिक भवनहरू भत्किए र तीमध्ये एउटा बडेमानको चर्च त झन्डै दुइ फ्याक भयो तर साक्षीहरू भेला हुने ठाउँमा कुनै असर परेन। त्यहाँ के कसो भयो भनेर सोधखोज गर्नुभएकोमा हामी तपाईंको मूल्यांकन गर्छौं। किनकि तपाईंहरूको यो मनोभावले हाम्रो अन्तरराष्ट्रिय भ्रातृत्वका त्यस्ता भाइहरूप्रतिको प्रेम तथा चासो व्यक्‍त गर्छ, जसलाई तपाईंहरूले कहिल्यै भेट्‌नुभएको छैन।

▪ पानाजी, गोवामा हुने जिल्ला अधिवेशनको तालिकामा हेरफेर गरिएको छ र त्यो नोभेम्बर २१-२३, १९९७ मा सम्पन्‍न हुने भएको छ।

▪ यस वर्ष केरलामा तीनवटा अधिवेशन सम्पन्‍न हुने भएकोले ती इलाकाहरूमा उपस्थित हुन खटाइएको क्षेत्रहरू यसप्रकार छन्‌:

कत्ताप्पाना (डिसे. १२-१४): KE-5 क्षेत्रमा पर्ने सबै मण्डलीहरू तथा KE-7 का पहाडी इलाकामा पर्ने मण्डलीहरू।

इर्नाकुलाम (डिसे. २६-२८): KE-3, KE-4, KE-6 र KE-8 क्षेत्रमा पर्ने सबै मण्डलीहरूलगायत KE-7 का पहाडी इलाकामा नपर्ने इलाकाहरू।

कोज्जीकोट (जन. २-४, १९९८): KE-1 र KE-2 क्षेत्रमा पर्ने सबै मण्डलीहरू।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

बाइबलका कथाहरू भएको मेरो पुस्तक (सानो साइज)—तेलगु

▪ स्टकमा नभएका प्रकाशनहरू:

निस यहाँ विकासवादबाट आयो वा सृष्टिबाट?—अंग्रेजी

साँचो शान्ति र सुरक्षा—कुन स्रोतबाट?—तामिल

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने