प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 सेप्टेम्बर p. ८
  • अरूसित पारिवारिक आनन्दको रहस्य बाँड्‌ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अरूसित पारिवारिक आनन्दको रहस्य बाँड्‌ने
  • हाम्रो राज्य सेवकाई—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • अनन्त भविष्यबारे ढुक्क हुन परिवारहरूलाई मदत गर्ने
    हाम्रो राज्य सेवकाई—१९९७
  • हर उमेरका मानिसहरूलाई पारिवारिक आनन्द किताब प्रस्तुत गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९९
  • पारिवारिक आनन्दको के कुनै रहस्य छ?
    पारिवारिक आनन्दको रहस्य
  • क्षेत्र सेवकाईका लागि सुझावित प्रस्तुतिहरू
    हाम्रो राज्य सेवकाई—२००२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९७
km97 सेप्टेम्बर p. ८

अरूसित पारिवारिक आनन्दको रहस्य बाँड्‌ने

१ परिवार मानव समाजको मूल आधार हो। परिवारबाटै गाउँ, शहर, प्रान्त तथा एउटा सिंगो राष्ट्र निर्माण हुन्छ। परिवारले यत्ति बिघ्न बोझ पहिला कहिल्यै थाम्नु परेको थिएन। परिवारको अस्तित्व नै नामेट हुने हो कि भन्‍ने खतरामा पार्ने ठूलठूला कुराहरू उत्पन्‍न भएका छन्‌। तर खुशीको कुरा, पारिवारिक प्रबन्धको संरचनाकार यहोवाले हामीलाई पारिवारिक आनन्द प्राप्त गर्नका लागि निर्देशनहरू जुटाइदिनुभएको छ! उहाँका यी निर्देशन पालन गर्नेहरूले समस्याहरू घट्‌दै गएको र सफल परिवार निर्माण भएको पाएका छन्‌। सेप्टेम्बर महिनामा हामीले अरूलाई पारिवारिक आनन्दको रहस्य पुस्तक प्रस्तुत गर्ने सुअवसर पाएका छौं। पारिवारिक जीवनसित सम्बन्धित विषयलाई लिएर मानिसहरूसित कुरा गर्न अग्रसर हुनुहोस्‌। मित्रैलो, सकारात्मक तथा विवेकी हुनुहोस्‌। तपाईं के भन्‍न सक्नुहुन्छ?

२ यस्तो प्रश्‍न सोधेर पनि तपाईं कुरा थाल्न सक्नुहुन्छ:

▪ “धेरैजसो परिवारलाई जीवनसित संघर्ष गर्न गाह्रो परिरहेको तपाईंले याद गर्नुभएकै होला, हैन र? [जवाफ दिने मौका दिनुहोस्‌।] धेरैजसो मानिसहरूले परिवारमा बाँच्नै गाह्रो भएको महसुस गर्छन्‌ भनी रिपोर्टहरूले देखाएका छन्‌। तपाईंको विचारमा परिवारलाई एक जूट भएर बस्न र आनन्द पाउन कुन कुराले मदत गर्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] पारिवारिक प्रबन्धका संस्थापक स्वयं परमेश्‍वर नै हुनुभएकोले उहाँले दिनुभएका निर्देशनहरू जाँच्नु के तर्कसंगत नहोला? [२ तिमोथी ३:१६, १७ पढ्‌नुहोस्‌।] यस्तो लाभकारी निर्देशन यो पारिवारिक आनन्दको रहस्य पुस्तकमा दिइएको छ।” यसपछि तिनको विचारमा परिवारहरूले भोग्ने सामान्य समस्या के हो, सोध्नुहोस्‌, अनि त्यस समस्याबारे छलफल गर्ने अध्याय देखाउनुहोस्‌ र पुस्तक प्रस्तुत गर्नुहोस्‌।

३ पुनःभेट गर्दा तपाईं यसो भन्दै बाइबल अध्ययन सुरु गर्ने लक्ष्य बनाउन सक्नुहुन्छ:

▪ “पारिवारिक जीवनबारे तपाईंले भन्‍नुभएको कुरा म विचार गर्दै थिएँ। आज मैले तपाईंको लागि एक थोक ल्याइदिएको छु र मलाई लाग्छ, तपाईंलाई त्यो मन पर्नेछ। [ चाहनुहुन्छ पुस्तिका देखाउनुहोस्‌, पृष्ठ १६ पल्टाउनुहोस्‌ र टुप्पोमा भएका छवटा प्रश्‍नहरू पढ्‌नुहोस्‌।] स्पष्ट छ, पारिवारिक आनन्दको लागि परिवारका प्रत्येक सदस्यले आ-आफ्नो भूमिका निर्वाह गर्नैपर्छ। तपाईंको फुर्सत छ भने यस जानकारीबाट तपाईंले धेरैभन्दा धेरै लाभ कसरी उठाउन सक्नुहुन्छ, म देखाउन चाहन्छु।” त्यसपछि, पाठ ८ अध्ययन गर्नुहोस्‌।

४ छलफल सुरु गर्ने अर्को तरिका शायद यसरी कुनै एउटा समस्या उल्लेख गर्नु हो:

▪ “सबै जना तृप्त तथा सन्तुष्ट हुन चाहन्छन्‌। तर प्रायजसो परिवारले त्यस्तो सन्तुष्टि पाउन सकेको छैन जस्तो देखिन्छ। असफल भएजस्तो देखिएका छन्‌। तपाईंको विचारमा साँचो आनन्द भेट्टाउन तिनीहरूलाई के कुराले मदत गर्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] आज परिवारमा के कस्ता समस्याहरू आइपर्नेछन्‌, बाइबलले धेरैअघि बताइसकेको थियो। [२ तिमोथी ३:१-३ पढ्‌नुहोस्‌।] तथापि, यी समस्याहरू समाधान गर्न र चिरकालीन आनन्द प्राप्त गर्न परिवारले के गर्नुपर्छ, त्यसबारे पनि बाइबलले बताएको छ। बाइबलले दिएका त्यस्ता सिद्धान्तहरू यो पारिवारिक आनन्दको रहस्य पुस्तकमा प्रस्तुत गरिएका छन्‌।” त्यसपछि उपयुक्‍त अध्यायको अन्तमा दिइएको पुनरावलोकन पेटी देखाउनुहोस्‌, पढ्‌नुहोस्‌ र पुस्तक प्रस्तुत गर्नुहोस्‌।

५ फेरि भेट्‌न जानुहुँदा अध्ययन थाल्न “चाहनुहुन्छ” पुस्तिका प्रयोग गर्नुहोस्‌। तपाईं यसो भन्‍न सक्नुहुन्छ:

▪ “तपाईंले पारिवारिक जीवनमा लागू हुने बाइबलका सिद्धान्तहरू जाँच्ने इच्छा प्रकट गर्नुहुँदा मलाई खुशी लागेको थियो। बाइबलमा पाइने व्यवहारिक सल्लाह पालन गर्दा राम्रा नतिजा हुनेगरेको थुप्रै अनुभवहरूबाट प्रमाणित भएका छन्‌। कसरी, त्यसको सरल व्याख्या यहाँ प्रस्तुत छ।” चाहनुहुन्छ पुस्तिकाको पाठ १ को पहिलो अनुच्छेद पढ्‌नुका साथै भजन १:१-३ अथवा यशैया ४८:१७, १८ मध्ये कुनै एउटा पद पढ्‌नुहोस्‌। अनुकूल छ भने पाठको बाँकी अंशहरू पनि ढाक्नुहोस्‌। अर्को पाठ सँगै बसेर पढ्‌न फेरि आउने प्रस्ताव राख्नुहोस्‌।

६ बलियो आस्था भएको तर बाइबलको सल्लाहको मूल्यांकन गर्नैपर्छ भन्‍ने धारणा नभएकाहरूसित कुरा गर्दा यस्तो छोटो प्रस्तुति गर्न सक्नुहुन्छ:

▪ “जुनसुकै धार्मिक आस्था भए तापनि अधिकांश मानिसहरू आज परिवारमा निकै गञ्जागोल भइरहेको छ भनेर स्वीकार्छन्‌। सल्लाहको खोजीमा केही व्यक्‍तिहरू आफ्नो धर्मग्रन्थ पल्टाउँछन्‌ तर दुःखको कुरा, आज धेरैजसो जवान मानिसहरू धार्मिक लेखोटहरूलाई अव्यवहारिक भन्ठान्छन्‌। हामीले सफल जीवन बिताउनसकौं भनेर के सृष्टिकर्ताले निर्देशन दिनुभएको छैन होला र? यो प्रकाशनले पारिवारिक जीवनमा समेत परमेश्‍वर र धर्मबारे विचार गर्नु कत्तिको महत्त्वपूर्ण छ, त्यो देखाउँछ।” पुस्तक प्रस्तुत गर्नुहोस्‌।

७ अथवा तपाईं सोझै यस्तो भन्‍न सक्नुहुन्छ:

▪ “विश्‍वभरि नै पारिवारिक समस्याहरू चर्कंदै गइरहेका छन्‌ र समाजका जिम्मेवार व्यक्‍तिहरू यसबारे निकै चिन्तित छन्‌। संसारभरि फाइदाजनक साबित भएको यो प्रकाशन तपाईं पनि राख्नुहोस्‌ भन्‍ने मेरो इच्छा छ। किनकि यसले परिवारलाई फाइदा पुऱ्‍याउने सिद्धान्तहरू जीवनमा उतार्न मदत गर्छ, जुन हर प्रकारका मानिसहरूमा लागू हुन्छ। यसमा भएका टिप्पणीहरू कुनै एउटा धार्मिक समूह वा सम्प्रदायको लागि मात्र होइन। त्यसकारण तपाईंको व्यक्‍तिगत धारणा जस्तोसुकै भए तापनि यस पुस्तकमा तपाईंले पक्कै पनि व्यवहारिक सल्लाहहरू पाउनुहुनेछ।”

८ त्यसकारण आउनुहोस्‌, परमेश्‍वरको वचनमा भएका निर्देशनहरू पालन गर्नु नै पारिवारिक आनन्दको रहस्य हो भनेर अरूलाई बताउन भएभरको प्रयास गरौं।—भज. १९:७-१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने