प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 जनवरी p. १
  • यहोवाले असामान्य शक्‍ति दिनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले असामान्य शक्‍ति दिनुहुन्छ
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • “परमप्रभु र उहाँको शक्‍तिको खोजी गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • यहोवाले दुर्बलहरूलाई शक्‍ति दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • परमेश्‍वरद्वारा समर्थित कार्य
    हाम्रो राज्य सेवकाई—२००४
  • “यहोवा . . . अत्यन्तै शक्‍तिशाली परमेश्‍वर हुनुहुन्छ”
    यहोवासित नजिक हुनुहोस्‌
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 जनवरी p. १

यहोवाले असामान्य शक्‍ति दिनुहुन्छ

१ येशूका सबै चेलाहरूलाई पवित्र सेवा चढाउने बहुमूल्य विशेषाधिकार अर्थात्‌ मसीही सेवकाई सुम्पिएको छ। (मत्ती २४:१४; २८:१९, २०) तर मानव असिद्धता र यस रीतिरिवाजको दबाबले गर्दा हामी कहिलेकाहीं आफूलाई अलि अयोग्य भएको महसुस गर्नपुग्छौं।

२ यसो हुँदा हामी प्रेरित पावलले कोरिन्थका अभिषिक्‍त मसीहीहरूलाई लेखेको पत्रबाट सान्त्वना प्राप्त गर्नसक्छौं। तिनले लेखे: “हामीसँग यो धन माटाको भाड़ामा छ।” (२ कोरि. ४:७) “हामीसँग यो सेवा भएको हुनाले हामी हरेस खाँदैनौं” भनी पावल निर्धक्क थिए। (२ कोरि. ४:१) हो, अभिषिक्‍त जन होऔं वा “अरू भेड़ा,” सुसमाचार घोषणा गरिरहनु र ‘हरेस नखानु’ चुनौतीपूर्ण कार्य हो। हामीलाई “असामान्य शक्‍ति” दिनुहुने परमेश्‍वरको बल चाहिन्छ।—यूह. १०:१६; २ कोरि. ४:७ख, NW.

३ घोर सतावट, गम्भीर स्वास्थ्य समस्या तथा आर्थिक कठिनाइको बावजूद यहोवाका धेरै साक्षीहरू जोसिला सुसमाचारवाहक हुनु प्रोत्साहनदायी कुरा हो। हामी एक्लैले प्रचार गर्ने कार्यभार सँभाल्नु पर्दैन, हामीलाई यहोवाले साथ दिइरहनुभएको छ भनेर कहिल्यै बिर्सनु हुँदैन। निरुत्साह वा आशंकाको कारण प्रचार गर्ने हाम्रो दृढ संकल्पलाई ढलपल हुन दिनुको साटो “प्रभुमा र उहाँको शक्‍तिको सामर्थ्यमा बलवान” हुँदै जाऔं।—एफि. ६:१०; हितो. २४:१०.

४ परमेश्‍वरको शक्‍ति कसरी पाउने: प्रार्थनामा लगनशील भएर यहोवासित मदत तथा बल माग्नुहोस्‌। (रोमी १२:१२; फिलि. ४:६, ७) त्यसपछि, यहोवाले असामान्य शक्‍ति दिनुहुन्छ भनेर भित्री हृदयदेखि विश्‍वस्त हुनुहोस्‌। (हितो. ३:५) हाम्रा पत्रिकाहरूमा दिइएका आधुनिक समयका जीवनीहरू पढ्‌नुहोस्‌। किनकि यी जीवनीहरूमा यहोवाले आज पनि आफ्ना सेवकहरूलाई परीक्षाहरू सहन मदत गर्नुहुन्छ भन्‍ने प्रमाण पाउँछौं। मण्डलीका भाइहरूसित घनिष्ठ हुनुहोस्‌ र मण्डलीका सभाहरू धाउन नछोड्‌नुहोस्‌।—रोमी १:११, १२; हिब्रू १०:२४, २५.

५ यहोवाबाट शक्‍ति प्राप्त गर्न हामीले गर्नुपर्ने सबै काम पूरा गर्नसकौं। यो असामान्य शक्‍तिले हामीलाई परमेश्‍वरको राज्यको प्रचार गर्ने सबैभन्दा महत्त्वपूर्ण कार्य हरेस नखाई पूरा गर्न मदत गर्नेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने