जनवरी महिनाका लागि सेवा सभाहरू
जनवरी ५ मा सुरु हुने हप्ता
गीत १०
८ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। जनवरी १३ र/अथवा १४ को लागि गरिएको क्षेत्र सेवा प्रबन्धबारे बताउनुहोस्।
१७ मि: “विस्तृत तवरमा साक्षी दिन पाउँदा प्रसन्न हुनुहोस्।” श्रोतासित लेख छलफल गर्नुहोस्। प्रभावकारी प्रस्तुतिको महत्त्व प्रकाश पार्नुहोस्: (१) मित्रैलो अभिवादन गर्नुहोस्, (२) हालै भएको कुनै चाखलाग्दो घटना वा विषयबारे टिप्पणी वा प्रश्न गर्नुहोस्, (३) धर्मशास्त्रबाट उपयुक्त शास्त्रपद उल्लेख गर्नुहोस् र (४) प्रस्तुत गर्न लाग्नुभएको प्रकाशनतर्फ सोझै ध्यानाकर्षण गराउनुहोस्। निपुण प्रकाशकलाई पहिलो भेटमा गरिने सुझावित प्रस्तुति तथा पुनःभेट प्रदर्शन गर्न लगाउनुहोस्।
२० मि: रगतबारे परमेश्वरको व्यवस्थालाई कायमै राख्न अहिले तयारी गर्नुहोस्। एड्भान्स् मेडिकल डिरेक्टिभ/रिलिज कार्ड (अग्रिम चिकित्सा निर्देश/पुर्जी) भर्नुपर्ने महत्त्वबारे योग्य प्राचीनले छलफल गर्छन्। प्रेरित १५:२८, २९ रगतबारे परमेश्वरको सिद्ध व्यवस्थाको अभिव्यक्ति हो भनेर भजन १९:७ को ईश्वर-प्रेरित निर्देशनले देखाउँछ। वफादार उपासकहरू त्यो व्यवस्थालाई उल्लंघन नगर्न हर प्रयास गर्छन्। त्यसै गर्ने तपाईंको दृढ संकल्पलाई यो पुर्जीले प्रमाणित गर्छ र एक शब्द पनि उच्चारण गर्न नसक्ने अवस्थामा पर्नुहुँदा यसले तपाईंको पक्षमा कुरा गर्नेछ। (हितोपदेश २२:३ तुलना गर्नुहोस्।) यस नयाँ कार्डले रगत नलिने तपाईंको अडानलाई पुष्टि गर्छ। नयाँ कार्ड लिन इच्छुक बप्तिस्मा प्राप्त साक्षीहरूले यो सभापछि साहित्य काउन्टरबाट कार्ड प्राप्त गर्न सक्नुहुन्छ र बप्तिस्मा अप्राप्त प्रत्येक स-साना केटाकेटीहरूका लागि आइडेन्टीटी कार्ड (परिचयपत्र) लिन सकिन्छ। यी कार्डहरू आजै भरि नहाल्नुहोस्। ती होसियारीसाथ घरैमा भर्नुपर्छ तर हस्ताक्षर भने नगर्नुहोस्। सबै कार्डहरूमा हस्ताक्षर गर्ने, साक्षी राख्ने र मिति लेख्ने काम आउँदो मण्डली पुस्तक अध्ययनपछि पुस्तक अध्ययन सञ्चालकको सुपरिवेक्षणमा गरिनेछ। यसरी तिनको समूहमा खटाइएका र यो चिकित्सा निर्देश पुर्जी लिन चाहने जो जति छन्, तिनीहरू सबैलाई चाहिएको मदत दिन सकोस् भनेर पक्का गर्न सकिन्छ। पुर्जीवाहकले आफ्नो पुर्जीमा सही गरेको साक्षी बस्नेहरूले प्रत्यक्ष देखेको हुनुपर्छ। त्यतिखेर नआएकाहरू र पुर्जी भर्न तथा सही गर्न चाहनेहरूलाई, बप्तिस्मा प्राप्त सबै प्रकाशकहरूले आ-आफ्नो कार्ड सही तरिकाले भरिसकेपछि अर्थात् अर्को सेवा सभापछि पुस्तक अध्ययन सञ्चालक/प्राचीनहरूले मदत गर्नेछन्। (अक्टोबर १५, १९९१ को पत्र पुनरावलोकन गर्नुहोस्।) आफ्नो परिस्थिति र विश्वासको आधारमा बप्तिस्मा अप्राप्त प्रकाशकहरूले भने यही पुर्जीबाट शब्दहरू मिलाएर आफ्नो र आफ्ना छोराछोरीका निम्ति एउटा पुर्जी तयार पार्नसक्छन्।
गीत १४२ र समापन प्रार्थना।
जनवरी १२ मा सुरु हुने हप्ता
गीत १२५
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१५ मि: “हातेपर्चाहरूको पूर्ण सदुपयोग गर्नुहोस्।” श्रोतासित छलफल। प्रहरीधरहरा, डिसेम्बर १, १९९६, पृष्ठ १३, अनुच्छेद १५ मा भएको अनुभव समावेश गर्नुहोस्। मण्डलीले हातेपर्चा प्रयोग गर्नेगरेको छैन र हालै मात्र अर्डर गरेको छ भने ती हातेपर्चाहरू चाँडै आइपुग्नेछन् भनेर बताउनुहोस्।
२० मि: “यहोवाले असामान्य शक्ति दिनुहुन्छ।” प्रश्नोत्तर। (w९० ७/१५ १९, अनुच्छेद १५-१६ हेर्नुहोस्।) यहोवाले बल दिनुभएको व्यक्तिगत अनुभवहरू सुनाउन केही प्रकाशकहरूलाई पहिल्यै मिलाइराख्नुहोस्।
गीत ८१ र समापन प्रार्थना।
जनवरी १९ मा सुरु हुने हप्ता
गीत १
१० मि: स्थानीय घोषणाहरू। जनवरी २६ को लागि गरिएको क्षेत्र सेवा प्रबन्धबारे बताउनुहोस्।
१५ मि: स्थानीय आवश्यकता।
२० मि: आनन्दित तुल्याउने पारिवारिक अध्ययन। विवाहित दम्पती आफ्नो परिवारको आध्यात्मिक आवश्यकताहरूबारे छलफल गर्छन्। छोराछोरीमा नकारात्मक असर पारिरहेका सांसारिक प्रभावहरूबारे चिन्ता व्यक्त गर्दै छोराछोरीलाई आध्यात्मिक तवरमा बलियो पार्नुपर्ने आवश्यकता महसुस गर्छन् र आफ्नो पारिवारिक अध्ययन नियमित नभएको र अक्सर असरदायी पनि नभएको स्वीकार्छन्। अर्थपूर्ण पारिवारिक अध्ययन सञ्चालन गर्नेबारे प्रहरीधरहरा, अगस्त १, १९९७, पृष्ठ २६-९ मा दिइएका सुझाउहरू तिनीहरू मिलेर पुनरावलोकन गर्छन्। अन्तमा दुवै जना छोराछोरीको आध्यात्मिक सुस्वास्थ्यलाई कायम राख्ने संकल्प गर्छन्।
गीत १४६ र समापन प्रार्थना।
जनवरी २६ मा सुरु हुने हप्ता
गीत १८७
१२ मि: स्थानीय घोषणाहरू। फेब्रुअरी महिनामा प्रस्तुत गर्ने साहित्यबारे पुनरावलोकन गर्नुहोस्। सधैंभरि बाँच्न सक्नु हुन्छ, ज्ञान र पारिवारिक आनन्द पुस्तकहरू प्रस्तुत गर्न मदतगार साबित हुने एक दुइटा बुँदाहरू पुस्तकबाटै उल्लेख गर्नुहोस्।
१५ मि: “यहोवाको उपासना गर्ने ठाउँको आदर गर्नुहोस्।” प्रश्नोत्तर। यो भाग प्राचीनले सँभाल्छन् र तिनले मायालु ढंगमा स्थानीय परिस्थितिसित मिलान गर्नुपर्छ।
१८ मि: विश्वव्यापी साक्षीकार्यमा हाम्रो भूमिकाबारे रिपोर्ट गर्ने। (हाम्रो सेवकाई [अंग्रेजी] पुस्तक, पृष्ठ १००-२, १०६-१० मा आधारित) सचिवद्वारा भाषण तथा छलफल। हाम्रो गतिविधिबारे नियमित तवरमा रिपोर्ट गर्नुपर्ने धर्मशास्त्रीय आधार देखाइसकेपछि “हामी किन क्षेत्र सेवा रिपोर्ट दिन्छौं” उपशीर्षक छलफल गर्न दुई जना सेवकाई सेवक भाइहरूलाई निम्त्याउँछन्। त्यसपछि, तुरुन्तै सही रिपोर्ट बुझाइहाल्नुपर्ने महत्त्वलाई सचिव जोड दिन्छन्। व्यक्तिगत लक्ष्यहरू तोक्नु किन लाभप्रद छन् त्यसका कारणहरू देखाउँछन् र साक्षीकार्यमा पूरापूर भाग लिनेहरूले आनन्द उठाउने आशिष्हरूबारे प्रोत्साहनदायी टिप्पणी गर्दै भाषण टुंग्याउँछन्।
गीत १८९ र समापन प्रार्थना।