घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तक चन्दास्वरूप रु. २०.०० मा। गृह बाइबल सुरु गर्न बढ्ता ध्यान दिनुहोस्। अप्रिल र मे: प्रहरीधरहरा वा ब्यूँझनुहोस्!-को ग्राहक बनाउने। अर्धमासिक प्रकाशनको एक वर्षको ग्राहक शुल्क दर रु. ९०.०० मात्र। मासिक प्रकाशन एक वर्षको र अर्धमासिक प्रकाशन छ महिनाको ग्राहक शुल्क दर रु. ४५.०० मात्र। मासिक प्रकाशनको छ महिने ग्राहक बन्ने सुविधा छैन। ग्राहक बन्न नमानेमा एक प्रति रु. ४.०० मा प्रस्तुत गर्नुपर्छ। जून: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक चन्दास्वरूप रु. २०.०० मा। (अग्रगामीहरूलाई रु. १५.००) यो पुस्तक छैन भने अर्धमोल वा विशेष दरमा सूचीबद्ध कुनै पनि पुराना १९२ पृष्ठ भएका पुस्तकहरू प्रस्तुत गर्न सकिन्छ।
सूचना: अहिलेसम्म पनि माथि उल्लिखित साहित्य अभियानमा प्रयोग गरिने साहित्य मण्डलीहरूले मगाएका छैनन् भने अर्को साहित्य फाराम (S-AB-14) भर्दा अनुरोध गरी पठाउनुपर्छ।
▪ अप्रिल र मे महिनामा सहायक अग्रगामी गर्न इच्छुक प्रकाशकहरूले अहिले नै योजना बनाउनुपर्छ र चाँडै निवेदन दिनुपर्छ। यसो गर्दा क्षेत्र सेवकाईको लागि आवश्यक प्रबन्ध मिलाउन र पर्याप्त मात्रामा पत्रिका तथा साहित्यहरूको प्रबन्ध गर्न प्राचीनहरूलाई सजिलो हुनेछ। सहायक अग्रगामी गर्न स्वीकृत प्रकाशकहरूको नाम मण्डलीमा घोषणा गर्नुपर्छ।
▪ मण्डलीका अध्यक्ष वा उनले खटाएको कसैले मार्च १ मा वा त्यसको तत्कालैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरी सकेपछि मण्डलीमा घोषणा गर्नुहोस्।