प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 अगस्त पृ. ८
  • नेतृत्व लिने निरीक्षकहरू—मण्डलीका अध्यक्ष

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नेतृत्व लिने निरीक्षकहरू—मण्डलीका अध्यक्ष
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • बगालको हेरचाह गर्ने निरीक्षकहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • “जसले तिमीहरूमाझ कडा परिश्रम गरिरहेका छन्‌ . . . तिनीहरूको आदर गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
हाम्रो राज्य सेवकाई—१९९८
km98 अगस्त पृ. ८

नेतृत्व लिने निरीक्षकहरू—मण्डलीका अध्यक्ष

१ मण्डलीको निरीक्षक भएर काम गर्नु असाध्यै गहन जिम्मेवारी हो। (प्रेरि. २०:२८; १ तिमो. ३:१) हाम्रोनिम्ति मसीही प्राचीनहरूले गर्ने महत्त्वपूर्ण कार्यको मूल्यांकन गर्नसकौं भनेर तिनीहरूका विभिन्‍न अभिभाराहरूबारे जानकारी दिने श्रृंखलाबद्ध लेखहरूको यो पहिलो भाग हो।

२ सोसाइटीले मण्डलीका अध्यक्षलाई अनिश्‍चित समयसम्मको लागि नियुक्‍त गर्छ। मण्डलीका अध्यक्षले कामकुराको व्यवस्था मिलाउँदा अरू प्राचीनहरूलाई आ-आफ्नो कार्यभारमा आवश्‍यक ध्यान दिन सजिलो हुन्छ। (हाम्रो सेवकाई [अंग्रेजी], पृ. ४२) यसमा के के समावेश छ?

३ मण्डलीका अध्यक्षले मण्डलीको पत्र प्राप्त गर्छन्‌ र सो पत्रमा लेखिएअनुसार गर्न तुरुन्तै सचिवलाई दिइहाल्छन्‌। प्राचीनहरूको सभाको तयारी गर्दा मण्डलीका अध्यक्षले अन्य प्राचीनहरूसित सुझाउ माग्छन्‌ र छलफलका लागि सूची तयार पार्छन्‌। प्राचीनहरूको सभाका सभापति पनि तिनी नै हुन्छन्‌। निर्णय गरिएका कामकुराहरू राम्ररी पूरा भइरहेका छन्‌ कि छैनन्‌, त्यो पनि तिनले पक्का गर्छन्‌। सेवा सभाको तयारी तथा जन भाषणको तालिका पनि तिनले सँभाल्छन्‌। मण्डलीमा गरिने सम्पूर्ण घोषणाहरूका अतिरिक्‍त मण्डली सुचारुरूपले चलाउन लाग्ने खर्चको भरपाईमा तिनी सिफारिस गर्छन्‌ र मण्डलीको त्रैमासिक लेखा परीक्षण भइरहेको छ, छैन, हेर्छन्‌।

४ सभापति भएको हुँदा मण्डलीका अध्यक्षले मण्डलीको सेवा समितिको काममा पनि सहयोग गर्छन्‌। बाइबल विद्यार्थी बप्तिस्मा अप्राप्त प्रकाशक हुन चाहेमा अथवा बप्तिस्मा अप्राप्त प्रकाशकले बप्तिस्मा लिन चाहेमा मण्डलीका अध्यक्षले त्यस विद्यार्थीलाई भेट्‌न प्राचीनहरूको बन्दोबस्त गर्नेछन्‌। क्षेत्रीय निरीक्षकको भ्रमणको तयारी गर्दा पनि उक्‍त विशेष हप्ताको कार्यक्रमबाट मण्डलीले पूर्णतया फाइदा उठाउन सकोस्‌ भनेर मण्डलीका अध्यक्षले नेतृत्व लिन्छन्‌।

५ मण्डलीका निरीक्षकका अभिभारा थुप्रै तथा फरक फरक छन्‌। तिनले विनम्र भई आफ्नो जिम्मेवारी “जोशसाथ” पूरा गर्दा हामी सबैले पनि प्राचीनहरूलाई सहयोग गर्ने आ-आफ्नो जिम्मेवारी पूरा गर्नसक्छौं। (रोमी १२:८, नेपाली, नयाँ संशोधित संस्करण) नेतृत्व लिनेहरूप्रति “आज्ञाकारी” भयौं र तिनीहरूको “अधीनमा” बस्यौं भने तिनीहरूले आफ्नो काम निकै आनन्दित भएर पूरा गर्नसक्नेछन्‌।—हिब्रू १३:१७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने