प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 सेप्टेम्बर p. १
  • हामी अझ ठूलठूला काम गर्नसक्छौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी अझ ठूलठूला काम गर्नसक्छौं
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • वफादारी साथ यहोवासँग काम गर्ने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
हाम्रो राज्य सेवकाई—१९९८
km98 सेप्टेम्बर p. १

हामी अझ ठूलठूला काम गर्नसक्छौं

१ उल्लेखनीय कामहरू येशू ख्रीष्टको सेवकाईको चिनारी हुन्‌। उहाँले चमत्कारपूर्वक हजारौंलाई खुवाउनुभयो, थुप्रैलाई निको पार्नुभयो, अनि केही व्यक्‍तिहरूको पुनरुत्थान गर्नुभयो। (मत्ती ८:१-१७; १४:१४-२१; यूह. ११:३८-४४) उहाँको सेवकाईले सिंगो मुलुककै ध्यानाकर्षित गऱ्‍यो। यद्यपि, उहाँको मृत्युअघिको अन्तिम साँझमा उहाँले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभयो: “जसले मलाई विश्‍वास गर्दछ, त्यसले मैले गरेका काम पनि गर्नेछ, औ तीभन्दा ठूला काम पनि गर्नेछ।” (यूह. १४:१२) हामी कसरी अझ “ठूला काम” गर्नसक्छौं त?

२ बढी क्षेत्र ढाकेर: येशूको सेवकाई प्यालेस्टाइनमा मात्र सीमित थियो। उहाँका प्रारम्भिक चेलाहरूलाई भने “पृथ्वीको अन्तसम्म” साक्षी दिने आज्ञा दिइएको थियो। यसको मतलब तिनीहरूले येशूले प्रचार नगर्नुभएका ठाउँहरूमा पनि साक्षी दिने थिए। (प्रेरि. १:८) उहाँले सुरु गर्नुभएको प्रचारकार्यले अहिले विश्‍वव्यापी रूप लिएर २३२ मुलुकहरूमा फैलिएको छ। (मत्ती २४:१४) के तपाईं आफ्नो मण्डलीलाई सुप्मिएको क्षेत्रमा प्रचार गर्न पूर्णतया भाग लिइरहनुभएको छ?

३ थुप्रै मानिसहरूलाई भेटेर: येशूले आखिरमा थोरै चेलाहरूलाई प्रचारकार्यमा निरन्तरता दिइरहने जिम्मेवारी दिनुभयो। (प्रेरि. १:१५) तथापि, तिनीहरूले सा.यु. ३३ पेन्तिकोसमा उत्साहसाथ साक्षी दिए। फलस्वरूप, त्यस दिन लगभग तीन हजार मानिसहरूले सत्य स्वीकारे अनि बप्तिस्मा लिए। (प्रेरि. २:१-११, ३७-४१) “अनन्त जीवनका लागि नियुक्‍त भएकाहरू[लाई]” जम्मा गर्ने काम अहिलेसम्म जारी छ अनि एक दिनमा औसत १,००० भन्दा बढीले बप्तिस्मा लिइरहेका छन्‌। (प्रेरि. १३:४८) के तपाईंले मानिसहरू भेट्‌न सकिने हरेक ठाउँमा जानुभएर सोझा हृदय भएका मानिसहरूलाई भेट्‌ने र चासो देखाउनेहरूलाई जतिसक्दो चाँडो पुनःभेट गर्ने यथाशक्य प्रयास गरिरहनुभएको छ?

४ लामो समयसम्म प्रचार गर्ने: येशूले साढे तीन वर्षसम्म मात्र पार्थिव सेवकाई गर्नुभयो। हामीमध्ये धेरैजसोले त्योभन्दा लामो समयदेखि प्रचार गरिरहेका छौं। हामी जबसम्म यो काम गर्नसक्छौं, तबसम्म हरेक नयाँ चेलालाई जीवनतर्फ डोऱ्‍याउने बाटोमा हिंड्‌ने मदत दिन पाउँदा खुसी छौं। (मत्ती ७:१४) के तपाईं हरेक महिना प्रभुको काममा प्रशस्त हुँदै जानुभएको छ?—१ कोरि. १५:५८.

५ येशूको मदत पाएर हामी उहाँको साँचो चेलाहरूको हैसियतमा अझ ठूलठूला काम गर्नसक्छौं भनेर विश्‍वस्त हुनसक्छौं।—मत्ती २८:१९, २०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने