घोषणाहरू
▪ सेप्टेम्बर-मा प्रस्तुत गरिने साहित्य: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। यो पुस्तक छैन भने सृष्टि (अंग्रेजी) वा सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक प्रस्तुत गर्न सकिन्छ। अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस!-को ग्राहक बनाउने। ग्राहक बन्न नमानेको खण्डमा प्रहरीधरहरा र ब्यूँझनुहोस्!-का प्रतिहरू प्रस्तुत गर्न सकिन्छ। नोभेम्बर: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। डिसेम्बर: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ-का साथमा नयाँ विश्व अनुवाद।
▪ मण्डलीका अध्यक्ष वा उनले खटाएको कसैले सेप्टेम्बर १ मा वा त्यसको तत्कालैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरिसकेपछि मण्डलीमा घोषणा गर्नुहोस्।
▪ पुनर्स्थापित हुन चाहने बहिष्कृत वा संगत गर्न छाडेका व्यक्तिहरूको सन्दर्भमा फेब्रुअरी १, १९९२ को प्रहरीधरहरा, पृष्ठ १७-९ मा दिइएका निर्देशनहरू पालन गर्न प्राचीनहरूलाई स्मरण गराइन्छ।
▪ मण्डलीसित संगत गर्ने व्यक्तिहरूले प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को व्यक्तिगत ग्राहक निवेदनलगायत नयाँ र नवीकरण गरिएका ग्राहक निवेदनहरू मण्डली मार्फत पठाउनुपर्छ।
▪ प्रकाशकहरूले पठाएका व्यक्तिगत साहित्य मागलाई सोसाइटीले सदर गर्दैन। व्यक्तिगत साहित्य मगाउन चाहने सबैले साहित्य सँभाल्ने भाइलाई जानकारी दिनसकून् भन्ने हेतुले प्रत्येक महिना सोसाइटीलाई साहित्य अर्डर पठाउनुअघि मण्डलीका अध्यक्षले त्यसबारे घोषणा गराउने प्रबन्ध मिलाउनुपर्छ। कुन कुन प्रकाशनहरू विशेष आवेदनअन्तर्गत पर्छन्, कृपया ध्यान दिनुहोस्।
▪ यस वर्ष तामिल नाडुमा थप दुइटा जिल्ला अधिवेशन हुनेछन्। ठेगाना, मिति र अधिवेशन मुख्यालयहरू यस प्रकार छन्:
COIMBATORE: November 27-29 — D. P. Chellapa, 105, Sanganoor Main Road, Ganapathy, Coimbatore, TN - 641 006
MADURAI: December 25-27— K. P. Samuel, 123, Lake View Garden, 1st Street, K.K. Nagar, Madurai, TN - 625 020
▪ पहिले दिइएको तालिकाअनुसार चेनाईमा (तामिल) हुने भनिएको जिल्ला अधिवेशन अक्टोबर ९-११, ११९८ मा सारिएको छ।
▪ प्रत्येक मण्डलीका सचिवले जिल्ला अधिवेशनसित सम्बन्धित कामकुरा निरीक्षण गर्नेछन्।
▪ उपलब्ध नयाँ प्रकाशन:
कसरी बोल्ने र सिकाउने योग्यता बढाउने (पाठशाला निर्देशन पुस्तक-को [अंग्रजी] अध्याय २०-३८)—हिन्दी