नोभेम्बर महिनाका लागि सेवा सभाहरू
नोभेम्बर २ मा सुरु हुने हप्ता
गीत ३८
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। देश र स्थानीय मण्डलीको जुलाई महिनाको क्षेत्र सेवा रिपोर्टबारे टिप्पणी गर्नुहोस्।
१५ मि: “सबैले पूर्ण हृदयले ‘वचन ग्रहण’ गर्नुपर्छ!” प्रश्नोत्तर। जून १९९६, हाम्रो राज्य सेवकाई-को परिशिष्ट, अनुच्छेद २१ बाट थप सल्लाहहरू समावेश गर्नुहोस्।
२० मि: “मलाई बाइबल अध्ययन चाहियो!” सेवा निरीक्षकद्वारा भाषण तथा श्रोतागणसित छलफल। एकजुट भई यथाशक्य पुनःभेट गर्न स्थानीय तवरमा के कस्ता प्रबन्धहरू मिलाइनेछन्, बताउनुहोस्। सम्भव भएसम्म अनुभवी प्रकाशकहरूले नयाँ व्यक्तिहरूसित काम गर्नुपर्छ। गाडीमा जानेहरूको समूह सानो हुनुपर्छ ताकि धेरै घरहरू भ्याउन सकियोस्। मे १९९८, हाम्रो राज्य सेवकाई-को परिशिष्ट, अनुच्छेद १२-१५ मा दिइएको सल्लाह पुनरावृत्ति गर्नुहोस्। पुनःभेटमा कसरी अध्ययन गर्ने प्रस्ताव राख्न सकिन्छ, एक योग्य प्रकाशकलाई प्रदर्शन गर्न लगाउनुहोस्। सबैलाई नयाँ अध्ययन सुरु गर्न प्रोत्साहित गर्नुहोस्।
गीत ३५ र समापन प्रार्थना।
नोभेम्बर ९ मा सुरु हुने हप्ता
गीत १८७
१३ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। प्रश्न पेटी।
१५ मि: स्थानीय आवश्यकताहरू।
१७ मि: “सभाहरूमा टिप्पणी गरेर एक अर्कालाई प्रोत्साहित गर्नुहोस्।” प्रश्नोत्तर। टिप्पणी गर्दा हाम्रो आध्यात्मिक उन्नति कसरी हुन्छ, बताउनुहोस्। (स्कूल निर्देशन पुस्तक, [अंग्रेजी] अध्ययन ३८, अनुच्छेद ४ हेर्नुहोस्।) टिप्पणी गर्ने हिचकिचाहटलाई कसरी हटाए र सभाहरूमा भाग लिंदा कसरी आशिषित् भएका छन् भनी बताउन कसै कसैलाई आमन्त्रित गर्नुहोस्।
गीत ५१ र समापन प्रार्थना।
नोभेम्बर १६ मा सुरु हुने हप्ता
गीत १८२
८ मि: स्थानीय घोषणाहरू। “भारतीय भाषाहरूमा आत्मा” नामक पेटी छलफल गर्नुहोस्।
२० मि: “नेतृत्व लिने निरीक्षकहरू—ईश्वरतान्त्रिक सेवकाई स्कूल निरीक्षक।” स्कूल निरीक्षकद्वारा भाषण। स्कूल निर्देशन पुस्तक (अंग्रेजी) पृष्ठ १०-११, अनुच्छेद ६-१२ पुनरावृत्ति गर्नुहोस्।
१७ मि: “तपाईंको सेवकाईमा प्रभावकारी हुनुहोस्।” परिशिष्टको अनुच्छेद १-७ सम्म प्रश्नोत्तरद्वारा छलफल। विशेषगरि स्थानीय इलाकामा लागू हुने बुँदाहरूमा ध्यान केन्द्रित गर्नुहोस्।
गीत १६७ र समापन प्रार्थना।
नोभेम्बर २३ मा सुरु हुने हप्ता
गीत ८९
८ मि: स्थानीय घोषणाहरू। महान पुरुष पुस्तकले मानिसहरूमाथि कस्तो छाप पारेको छ भन्ने सन्दर्भमा अगस्त ८, १९९८ (अंग्रेजी) ब्यूँझनुहोस्!-को पछिल्लो पृष्ठमा प्रकाशित अनुभव बताउनुहोस्। हरेक उपयुक्त अवसरमा यस पुस्तक प्रस्तुत गर्न सबै प्रकाशकहरू सजग हुनुपर्छ।
१७ मि: “तपाईंको सेवकाईमा प्रभावकारी हुनुहोस्।” परिशिष्टको अनुच्छेद ८-२१ सम्म प्रश्नोत्तरद्वारा छलफल। विशेषगरि स्थानीय इलाकामा लागू हुने बुँदाहरूमा ध्यान केन्द्रित गर्नुहोस्।
२० मि: तपाईंको बाइबल पढाइ उन्नति गर्ने सुझाउहरू। मे १, १९९५, प्रहरीधरहरा-को पृष्ठ १६-१७ मा दिइएको विषयवस्तुमा आधारित भाषण। दिनहुँ बाइबल पढ्दा पाइने आध्यात्मिक लाभहरू प्रकाश पार्नुहोस्। प्रस्तावित सुझाउहरूको पुनरावृत्ति गर्नुका साथै ती कसरी व्यवहारमा उतार्न सकिन्छ, छलफल गर्नुहोस्। नियमित तवरमा परमेश्वरको वचन पढेर कसरी फाइदा उठाइरहेका छन् भनी दुई वा तीन प्रकाशकहरूलाई बताउन लगाउनुहोस्।
गीत ४६ र समापन प्रार्थना।
नोभेम्बर ३० मा सुरु हुने हप्ता
गीत ६४
१५ मि: स्थानीय घोषणाहरू। सबैलाई क्षेत्र सेवाको रिपोर्ट दिन सम्झाउनुहोस्। नोभेम्बर महिनाको दौडान अध्ययन सुरु गर्न नसकेकाहरूलाई डिसेम्बर महिनामा प्रयास जारी राख्न प्रोत्साहित गर्नुहोस्। किनकि यो महिनामा ज्ञान पुस्तकका साथै नयाँ विश्व अनुवाद प्रस्तुत गरिनेछ। एक योग्य प्रकाशकलाई ज्ञान पुस्तकको पृष्ठ १९ को पेटी प्रयोग गरेर पुनःभेट गरेको प्रदर्शन गर्न लगाउनुहोस्। प्रकाशकले बाइबलको शिक्षा बुझाउन त्यस पुस्तक चलाउने तरिका बताउने छन् र अध्ययन सुरु गर्छन्।
१५ मि: यहोवाका साक्षीहरूको क्यालेन्डर १९९९ को सदुपयोग गर्नुहोस्। भाषण। क्यालेन्डरका विशेषताहरू पुनरावृत्ति गर्नुहोस्: (१) बाइबलका उल्लेखनीय घटना तथा शिक्षाहरू चित्रण गर्ने उत्कृष्ट चित्रहरू, (२) ईश्वरतान्त्रिक सेवकाई स्कूलको साप्ताहिक बाइबल पढाइको तालिका, (३) स्मरणार्थ अघिको हप्ताको निम्ति वार्षिक बाइबल पढाइको तालिका, (४) आउनै लागेको लिखित पुनरावृत्तिको सूचना तथा (५) पत्रिका वितरणमा नियमित तवरमा भाग लिने सम्झौटाहरू। खालि ठाउँमा क्षेत्र सेवाको तालिका, क्षेत्र सेवा रिपोर्ट र अरूसित प्रचार जान मिलाइएका समयहरू, सभामा पाएका असाइन्मेन्टहरू, क्षेत्रीय निरीक्षकको भ्रमण तथा आउँदै गरेको सम्मेलनहरूबारे लेख्ने तरिकाहरू छलफल गर्नुहोस्। घरमा वा काम गर्ने ठाउँमा देखिनेगरि क्यालेन्डर राख्दा धर्मशास्त्रीय छलफल सुरु गर्ने अवसर मिल्नसक्छ। वार्षिक पुस्तक १९८८, पृष्ठ ८ का अनुभवहरू बताउनुहोस्।
१५ मि: “निर्भय भई पुनःभेट गर्नुहोस्।” मार्च १९९७, हाम्रो राज्य सेवकाई-को परिशिष्टमा आधारित भाषण तथा श्रोतागणसित छलफल। सुसमाचारमा चासो देखाउने सबै कहाँ जानुपर्छ भनी जोड दिनुहोस्।
गीत १२१ र समापन प्रार्थना।