जनवरी महिनाका लागि सेवा सभाहरू
जनवरी ४ मा सुरु हुने हप्ता
गीत ३६
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। यदि जनवरी १, देखि सभाको समयमा फेरबदल गरिएको छ भने सबैलाई नयाँ समयतालिका सहितको हातेपर्चा प्रयोग गर्न याद गराउनुहोस्।
१५ मि: “पुराना पुस्तकहरूको सदुपयोग गर्नुहोस्” प्रश्नोत्तर। मण्डलीको स्टकमा कुन-कुन पुराना पुस्तकहरू उपलब्ध छन् जानकारी दिनुहोस्। ती पुस्तकहरूका केही चाखलाग्दा विषयहरू लिनुहोस् र क्षेत्र सेवामा कुन तरिकाले टक्य्राउन सकिन्छ, बताउनुहोस्। जनवरी महिनाको क्षेत्र सेवामा र अनौपचारिक साक्षी दिंदा यी पुस्तकहरू टक्य्राउन सबैलाई प्रोत्साहन दिनुहोस्। छोटो र सरल प्रदर्शन प्रस्तुत गर्नुहोस्।
२० मि: बिनारगत स्वास्थ्य सुधार व्यवस्थाको कानुनी छनौट गर्नु (प्रेरि. १५:२८, २९)। एड्भान्स मेडिकल डिरेक्टिभ/रिलिज कार्डको (अग्रिम चिकित्सा निर्देशन/पुर्जी) महत्त्वसम्बन्धी योग्य प्राचिनद्वारा भाषण। यो सभापछि बप्तिस्मा प्राप्त साक्षीहरूलाई नयाँ कार्ड दिइनेछ र बप्तिस्मा अप्राप्त प्रत्येक स-साना केटाकेटीहरूको लागि आइडेन्टीटी कार्ड (परिचयपत्र) लिन सकिन्छ। यी कार्ड आजै भरि नहाल्नुहोस्। ती होसियारीसाथ घरैमा भर्नुपर्छ तर हस्ताक्षर भने नगर्नुहोस्। सबै कार्डहरूमा हस्ताक्षर गर्ने, साक्षी राख्ने र मिति लेख्ने काम आउँदो मण्डली पुस्तक अध्ययन सञ्चालकको सुपरिवेक्षणमा गरिनेछ। हस्ताक्षर गर्न अघि कार्ड पूर्णरूपले भरिएको छ वा छैन राम्रोसँग जाँच्नुहोस्। त्यो कार्ड भएको व्यक्तिले हस्ताक्षर गरेको साक्षी बस्नेहरूले प्रत्यक्ष देखेकै हुनुपर्छ। बप्तिस्मा अप्राप्त प्रकाशकहरूले यस कार्डमा प्रयोग गरिएको भाषालाई प्रयोग गर्दै आ-आफ्नो परिस्थिति र दृढ विश्वासको आधारमा आफैले व्यक्तिगत डिरेक्टिभ कार्ड (निर्देशन पुर्जी) बनाउन सक्नेछन् साथै आफ्नो बच्चाको लागि पनि बनाइदिनसक्छन्। पुस्तक अध्ययन सञ्चालकले मेडिकल डिरेक्टिभ/रिलिज कार्ड (अग्रिम चिकित्सा निर्देशन/पुर्जी) भर्न सहयोग चाहिएमा सूची तयार गरेर प्रत्येक समुहमा सिपालु भाईबहिनीलाई खटाउनसक्छन्।
गीत ६१ र समापन प्रार्थना।
जनवरी ११ मा सुरु हुने हप्ता
गीत ८८
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
२० मि: “हाम्रो संकल्प—यहोवाले चाहनुहुने जीवनशैली अपनाउने”। भाषण। सबैलाई नियमित रूपले मण्डलीका पाँचैवटा सभाहरूमा उपस्थित हुन प्रोत्साहन दिनुहोस्।
१५ मि: “धैर्य धारण गर।” परिवारका सदस्यहरूबीच छलफल। सेवकाईको काममा उनीहरूले धीरज देखाउन सक्ने तरिकाहरूबारे तिनीहरू छलफल गर्छन्। प्रहरीधरहरा, जून १५, १९९५, पृष्ठ १२ मा दिइएको उपयुक्त टिप्पणी समावेश गर्नुहोस्।
गीत १३५ र समापन प्रार्थना।
जनवरी १८ मा सुरु हुने हप्ता
गीत १६९
५ मि: स्थानीय घोषणाहरू।
१० मि: स्थानीय आवश्यकताहरू।
१५ मि: “नेतृत्व लिने निरीक्षकहरू—मण्डली पुस्तक अध्ययन सञ्चालकहरू।” उदाहरणीय पुस्तक अध्ययन सञ्चालकद्वारा भाषण। अभिभारहरू उठाउनसक्ने भाइ। जिम्मेवारी पूरा गर्नाले कसरी मण्डलीको उन्नति र आध्यात्मिक भलाई हुन्छ बताउनेछ। हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित (अङ्ग्रेजी) पृष्ठ ४३-५, ७४-६, को मुख्य टिप्पणीलाई समावेश गर्नुहोस्।
१५ मि: प्राथमिकता दिनुपर्ने कुरालाई प्राथमिकता दिनुहोस्! प्राचिनद्वारा सञ्चालित भाषण तथा स्रोतागणसँग छलफल। छलफलको विषय प्रहरीधरहरा, सेप्टेम्बर १, १९९८, को पृष्ठ १९-२१ बाट हुनेछ।
गीत १९७ र समापन प्रार्थना।
जनवरी २५ मा सुरु हुने हप्ता
गीत २०१
१०: स्थानीय घोषणाहरू।
१५ मि: “अग्रगामीहरूले पुऱ्याउनुपर्ने घण्टामा काँटछाँट।” प्राचिनद्वारा भाषण। मण्डलीका अग्रगामीहरूको सराहना गर्नुहोस् र मार्च, अप्रिल अनि मे महिनाहरूमा गरिने थप गतिविधिलाई ध्यानमा राख्दै अरू प्रकाशकहरूलाई सहायक तथा नियमित अग्रगामीको काम गर्न प्रोत्साहन दिनुहोस्। हाम्रो राज्य सेवकाई, फेब्रुअरी १९९७ र जुलाई १९९८ को परिशिष्टमा भएका जानकारी समावेश गर्नुहोस्।
२० मि: के तपाईंले धर्मशास्त्र दिनहुँ जाँच्नुहुँदैछ? भाषण अनि स्रोतागणसँग छलफल। सोसाइटीले हरेक वर्ष धर्मशास्त्र जाँच्ने पुस्तिका उपलब्ध गराउँछ। के तपाईंहरूले व्यक्तिगत वा पारिवारिक रूपमा यस प्रकाशनको सदुपयोग गर्नुहुँदैछ? हरेक दिनका लागि छुट्ट्याइएको धर्मशास्त्र जाँच्दा पाइने फाइदाहरू बताउनुहोस्। दिनहुँ धर्मशास्त्र जाँच्ने—१९९९, पृष्ठ ३-४, प्राक्कथनका टिप्पणीहरू छलफल गर्नुहोस्। प्रकाशकहरूलाई व्यक्तिगत अनि पारिवारिक दुवै रूपमा दैनिक पद नियमित तवरमा जाँच्न र टिप्पणी गर्न विशेष प्रयत्न गरिरहेकोबारे बताउन लाउनुहोस्।
गीत २२५ र समापन प्रार्थना।