मे महिनाका लागि सेवा सभाहरू
मे ३ मा सुरु हुने हप्ता
गीत ७
८ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। ईश्वरतान्त्रिक समाचार।
१७ मि: “उनीहरू आफैलाई फाइदा हुने गरी सिकाउनुहोस्।” एक मिनेटभन्दा धेरै परिचय नदिनुहोस् अनि प्रश्नोत्तरद्वारा छलफल गर्नुहोस्। मानिसहरूले बाइबलका सिद्धान्तहरू अध्ययन गरेर, बुझेर अनि व्यवहारमा उतारेर कसरी व्यावहारिक तरिकामा फाइदा उठाएका छन्, ज्ञान पुस्तकको अध्याय १३ प्रयोग गर्दै देखाउनुहोस्।
२० मि: विशेष पर्चा अभियान। प्राचीनद्वारा प्रदर्शनहरूसहित जोसिलो छलफल। वक्तासँगसँगै सबैसित यस लेखमा उल्लिखित चारैवटा पर्चाहरू छन् कि छैनन्, पक्का गर्नुहोस्। सभा सुरु हुनु अगावै मण्डलीले यी चार पर्चाहरूको सेट तयार पारेर वितरण गर्नसक्छन्। श्रोताहरूसित परिशिष्टका १-६ अनुच्छेदहरू छलफल गर्नुहोस्। त्यसपछि अनुच्छेद १० लाई आधार मानेर राम्ररी तयार गरिएका प्रथम दुई प्रस्तुतिहरू प्रस्तुत गर्नुहोस्। साथै मानिसहरूको टीकाटिप्पणीको जवाफ दिने प्रथम दुई तरिकाहरू पनि पृष्ठ ६ को पेटीबाट प्रस्तुत गर्नुहोस्। मे महिनाको यो विशेष अभियानमा सबैलाई भाग लिने प्रोत्साहन दिनुहोस्।
गीत ११ र समापन प्रार्थना।
मे १० मा सुरु हुने हप्ता
गीत १५
८ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१२ मि: गर्मी मौसमको छुट्टीमा के गर्ने योजना छ? पर्चा अभियान, सहायक अग्रगामीको काम, छुट्टि र मनोरञ्जनबारे एक परिवार छलफल गर्छन्। (मे १९९८ को हाम्रो राज्य सेवकाई, पृष्ठ ७ हेर्नुहोस्।) अनौपचारिक साक्षी कसरी दिने, त्यसबारे परिवार छलफल गर्छ र साथै वार्तालाप सुरु गर्ने तरिकाहरू पनि प्रदर्शन गरेर देखाउँछन्। यात्राको दौडान जहाँसुकै भए तापनि व्यक्तिगत तथा पारिवारिक बाइबल अध्ययनमा लागिरहनुपर्ने, मण्डलीका सभाहरू धाउने र आफ्नो मण्डलीलाई क्षेत्र सेवकाईको रिपोर्ट पठाउने कुराहरूलाई जोड दिनुहोस्। अरू मण्डलीहरूमा गएर बटुलेका रमाइला अनुभवहरू र त्यतिखेर उठाएको आनन्द परिवार सम्झन्छ। तिनीहरू आफ्नो मण्डलीमा आउने अतिथिहरूको सत्कार गर्न सकिने तरिकाहरूबारे छलफल गर्छन्।
२५ मि: विशेष पर्चा अभियान। प्राचीनद्वारा छलफल, अनुभव तथा प्रदर्शनहरू। उपस्थित सबैसित यी चार पर्चाहरू छन् कि छैनन्, पक्का गर्नुहोस्। गत हप्ता गरिएको छलफलको छोटकरीमा पुनरावलोकन गर्नुहोस्। एकदुई जना प्रकाशकहरूलाई यी पर्चाहरू प्रयोग गर्दा पाएको प्रोत्साहनदायी अनुभव सुनाउन लगाउनुहोस्। श्रोताहरूसित प्रश्नोत्तर गर्दै अनुच्छेद ७-९, ११ र १२ छलफल गर्नुहोस्। परिशिष्टको अनुच्छेद १० मा भएका अन्तिम दुई प्रस्तुतिहरू राम्ररी तयार गर्न लगाएर प्रदर्शित गर्नुहोस्। साथै पृष्ठ ६ को मानिसहरूको टीकाटिप्पणीको जवाफ दिने अन्तिम दुई तरिकाहरू पनि प्रस्तुत गर्नुहोस्। अन्य प्रकाशनहरूको अलावा पर्चा प्रस्तुत गरिएका ठाउँहरूमा पुनःभेट गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
गीत १९ र समापन प्रार्थना।
मे १७ मा सुरु हुने हप्ता
गीत २७
१० मि: प्राचीनद्वारा स्थानीय घोषणाहरू। “राज्यभवनका लागि ऋण” छलफल गर्नुहोस्। कसैले पनि व्यक्तिगत तवरमा समेत पूँजी संकलन गर्नु हुँदैन भन्ने कुरालाई जोड दिनुहोस्।
१२ मि: “पहिल्यै योजना बनाउनुहोस्!” आउँदा केही महिनाका लागि स्थानीय तवरमा योजना गरिएका ईश्वरतान्त्रिक गतिविधिहरूको पुनरावलोकन गर्दै भाषण दिनुहोस्। आ-आफ्नो क्यालेण्डरमा ती मितिहरूमा चिह्न लगाउन र ती कार्यक्रमहरूलाई बाधा पुऱ्याउन नदिन सबैलाई प्रोत्साहन दिनुहोस्।
२३ मि: “तपाईंको सेवकाई विस्तार गर्ने तरिकाहरू।” दुई प्राचीनहरू भिन्नाभिन्नै श्रोताहरूले सोधेको प्रश्नको जवाफ दिंदै यो लेख छलफल गर्छन्। एक किशोर प्रकाशक, विवाहित दम्पती र अवकाश प्राप्त गर्ने उमेर पुगिसकेका भाइले आफ्नो सेवकाई विस्तार गर्ने तरिकाहरू सोध्छन्। लेखबाट र हाम्रो सेवकाई (अङ्ग्रेजी) पुस्तकको अध्याय ९, पृष्ठ ११६-१८ मा दिइएको “भविष्यका लागि तपाईंले के कस्ता आध्यात्मिक लक्ष्यहरू राख्नुभएको छ?” माथि ध्यान केन्द्रित गर्दै व्यावहारिक सुझाउहरू दिइन्छ। भविष्यमा लगत्तै सेवकाई विस्तार गर्न सकिनेबारे सोसाइटीले प्रबन्ध गरेको योजनाप्रति ती प्रकाशकहरू आफ्नो मूल्यांकन जाहेर गर्छन्।
गीत २९ र समापन प्रार्थना।
मे २४ मा सुरु हुने हप्ता
गीत ४१
१५ मि: स्थानीय घोषणाहरू। कृपया फेरि जानुहोस् (S-43) फारामसम्बन्धी सोसाइटीको अक्टोबर १५, १९९८ मितिको चिठी पुनरावलोकन गर्नुहोस्। अनौपचारिक साक्षी दिंदा चासो देखाउने र बेग्लै भाषा बोल्ने मानिसहरू भेटिएको ठाउँमा फेरि जान यो फारामले कसरी सहयोग गर्छ व्याख्या गर्नुहोस्। यी फारामहरूको सदुपयोग गर्न प्रकाशकहरूलाई प्रोत्साहित गर्नुहोस्।
१२ मि: प्रश्नपेटी। प्राचीनद्वारा भाषण।
१८ मि: के हामी छुट्ट्याउने कार्यमा भाग लिइरहेका छौं? सेवा निरीक्षकद्वारा जुलाई १, १९९७ अंकको प्रहरीधरहरा, पृष्ठ ३०-३१ मा दिइएको जानकारीमा आधारित जुर्मुऱ्याउने भाषण।
गीत ३२ र समापन प्रार्थना।
मे ३१ मा सुरु हुने हप्ता
गीत ४३
१५ मि: स्थानीय घोषणाहरू। सबैलाई मे महिनाको क्षेत्र सेवकाई रिपोर्ट खसाल्न सम्झाउनुहोस्। जून महिनामा प्रस्तुत गरिने साहित्यहरूको पुनरावृत्ति गर्नुहोस्। ज्ञान पुस्तक प्रस्तुत गर्नुहुँदा मण्डलीमा थुप्रिएका १९२ पन्ने पुराना पुस्तक पनि सँगै प्रस्तुत गर्न सकिन्छ। एउटा प्रदर्शन प्रस्तुत गर्नुहोस्।
१५ मि: स्थानीय आवश्यकता।
१५ मि: मेरो धर्ममा के खराबी छ? दुई सेवकाई सेवकहरूबीचको छलफल। सच्चाईप्रति सकारात्मक प्रतिक्रिया देखाउने र यहोवाका साक्षीहरूको कामको प्रशंसा गर्ने थुप्रै मानिसहरू हामी भेट्छौं। तथापि, तिनीहरूको आफ्नो धर्मले गर्दा सच्चाई स्वीकार्न बाधा पुऱ्याउँछ। हामीले मानेको धर्म एक मात्र साँचो धर्म हो, र तिनीहरूको उपासना गलत हो भनेर विश्वास गर्न तिनीहरूलाई गाह्रो हुन्छ। तिनीहरूको आध्यात्मिक प्रगतिको सबैभन्दा ठूलो अवरोध नै यही हो। अरू धर्म बाइबलअनुसार चल्दैनन् भनी प्रस्ट पार्ने छवटा तत्त्वहरू तर्क (अङ्ग्रेजी) पुस्तकको पृष्ठ २०४ बाट भाइहरू उल्लेख गर्छन्। इमानदार व्यक्तिहरूलाई तिनीहरूको आफ्नो धार्मिक विश्वासहरू केलाउन यी बुँदाहरू कुशलतासाथ प्रयोग गर्न श्रोताहरूलाई प्रोत्साहन दिनुहोस्।
गीत ५० र समापन प्रार्थना।