घोषणाहरू
▪ सेप्टेम्बर-मा प्रस्तुत गरिने साहित्य: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। अक्टोबर: प्रहरीधरहरा तथा ब्यूँझनुहोस्!-को ग्राहक बनाउने। नोभेम्बर: परमेश्वर हामीबाट के चाहनुहुन्छ? वा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। डिसेम्बर: नयाँ विश्व अनुवाद-सहित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ।
▪ मण्डलीका अध्यक्ष वा उनले खटाएको कसैले सेप्टेम्बर १ मा वा त्यसको तत्कालैपछि लेखा परीक्षण गर्नुपर्छ। परीक्षण गर्न सिद्धयाएर अर्को लेखा रिपोर्ट पढिसकेपछि मण्डलीमा घोषणा गर्नुहोस्।
▪ पुनर्स्थापित हुन चाहने बहिष्कृत वा संगत गर्न छाडेका व्यक्तिहरूको सन्दर्भमा अप्रिल १५, १९९१ को प्रहरीधरहरा, (अङ्ग्रेजी) पृष्ठ २१-३ मा दिइएका निर्देशनहरू पालन गर्न प्राचीनहरूलाई स्मरण गराइन्छ।
▪ मण्डलीमा संगति गरिरहेकाहरू सबैले प्रहरीधरहरा अनि ब्यूँझनुहोस्!-का व्यक्तिगत तथा नयाँ अनि नवीकरण गर्नुपर्ने ग्राहक फारामहरू मण्डलीमार्फत पठाउनुपर्छ।
▪ प्रकाशकहरूले पठाएका व्यक्तिगत साहित्य मागलाई सोसाइटीले सदर गर्दैन। व्यक्तिगत साहित्य मगाउन चाहने सबैले साहित्य सँभाल्ने भाइलाई जानकारी दिनसकून् भन्ने हेतुले प्रत्येक महिना सोसाइटीलाई साहित्य अर्डर पठाउनुअघि मण्डलीका अध्यक्षले त्यसबारे घोषणा गराउने प्रबन्ध मिलाउनुपर्छ। कुन कुन प्रकाशनहरू विशेष आवेदनअन्तर्गत पर्छन्, कृपया ध्यान दिनुहोस्।
▪ सोसाइटीले अबदेखि पुराना अर्डरअनुसार प्रहरीधरहरा तथा ब्यूँझनुहोस्!-का सजिल्द खण्डहरू पठाउने छैन। मण्डलीहरूले आवश्यक संख्या अर्को पटक साहित्य आवेदन पठाउँदा समावेश गर्नसक्छन्। सजिल्द खण्डहरू विशेष आवेदनअन्तर्गत पर्छन्। यी खण्डहरू लिन चाहनेहरूले मण्डलीलाई अर्डर गर्दा अग्रिम भुक्तानी पनि गर्नु आवश्यक छ।
▪ उपलब्ध नयाँ प्रकाशनहरू:
यहोवाका साक्षीहरू तथा शिक्षा—बंगाली, हिन्दी अनि मराठी
सन् १९९८ को प्रहरीधरहरा अनि ब्यूँझनुहोस्!-का सजिल्द खण्डहरू।
▪ पुनः उपलब्ध प्रकाशनहरू:
हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित—तामिल