प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 सेप्टेम्बर p. ७
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • आकस्मिक रूपमा आइपर्ने स्वास्थ्य समस्याको लागि अहिले नै तयारी गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • उपचार गराउँदा के तपाईं आफ्नो धार्मिक अडानमा दृढ रहन तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९०
  • तपाईंको छोराछोरीलाई रगतको दुरुपयोग देखि सुरक्षित राख्नु
    हाम्रो राज्य सेवकाई—१९९२
  • रगतप्रति परमेश्‍वरको दृष्टिकोण
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९९
km99 सेप्टेम्बर p. ७

प्रश्‍न पेटी

▪ के तपाईं आपत्‌कालीन स्थिति सामना गर्न तयार हुनुहुन्छ?

आधुनिक संसारमा, “समय र अवसरले” गर्दा अक्सर चिकित्सासम्बन्धी आपत्‌कालीन अवस्था आइपर्नसक्छ। (उप. ९:११) यसमा रक्‍तक्षेपण गर्नैपर्ने अवस्था पनि समावेश छ। अतः यस्तो आइपर्नसक्ने अवस्थाको सामना गर्न हामी तयार हुनसकौं भनेर यहोवाले आफ्नो संगठन मार्फत थुप्रै तरिकाहरूमा मदतको प्रबन्ध गरिदिनुभएको छ। तर हामीले आफ्नो भूमिका पूरा गरेको उहाँ आशा गर्नुहुन्छ। मदतका लागि रुजू गर्नुपर्ने बुँदाहरू निम्नानुसार छन्‌।

• नयाँ एड्‌भान्स्‌ मेडिकल डिरेक्टिभ/रिलिज कार्ड (अग्रिम चिकित्सा निर्देश/पुर्जी) हरघडी साथमा राख्नुहोस्‌।

• तपाईंका छोराछोरीले म्याद ननाघेको आइडेन्टीटी कार्ड (परिचयपत्र) बोकेर हिंडेका छन्‌ कि छैनन्‌ पक्का गर्नुहोस्‌।

• अक्टोबर १९९२ को हाम्रो राज्य सेवकाई-को परिशिष्ट पुनरावलोकन गर्दै आफ्ना छोराछोरीको उपचारसम्बन्धी डाक्टर तथा न्यायाधीशहरू सामु कसरी तर्क गर्न सकिन्छ, त्यसको पूर्वाभ्यास गर्नुहोस्‌।

• रगतमा हुने तत्त्वहरू अनि रगतको वैकल्पिक उपचारहरूसम्बन्धी लेखहरू पुनरावलोकन गर्नुहोस्‌। (निम्न लेखहरू पढ्‌नुहोस्‌: प्रहरीधरहरा, अक्टोबर १, १९९४, पृष्ठ ३१; जून १, १९९०, पृष्ठ ३०-१; मार्च १, १९८९, पृष्ठ ३०-१; ब्यूँझनुहोस्‌! डिसेम्बर ८, १९९४, पृष्ठ २३-७; अगस्त ८, १९९३, पृष्ठ २२-५; नोभेम्बर २२, १९९१, पृष्ठ १०; तथा हाम्रो राज्य सेवकाई, अक्टोबर १९९२ अनि डिसेम्बर १९९० का परिशिष्टहरू। ती लेखहरू तुरुन्तै भेट्टाउन सक्नेगरी फाइलमा राख्नुहोस्‌।)

• रगत शरीरबाट निकालेर फेरि शरीरमै फर्काउने मेसिनको प्रयोग गर्ने हो अथवा रक्‍तकणहरू भएका तत्त्वहरू प्रयोग गर्ने हो, आफ्नो अन्तस्करणद्वारा निर्णय गर्नुहोस्‌।

• अस्पताल जानुअघि सम्भव भएसम्म प्राचीनहरूलाई खबर गर्नुहोस्‌। यसो गर्दा तिनीहरूले तपाईंलाई सहायता गर्नुका साथै आवश्‍यकता परेमा अस्पताल सम्पर्क समितिमा (एच एल सी) खबर गर्नसक्नेछन्‌। बालबच्चालाई अस्पताल लैजानुपर्दा छिटोभन्दा छिटो एच एल सी-मा खबर गर्न प्राचीनहरूलाई खबर गरिहाल्नुहोस्‌।

आफूले रगत नलिएको कारण स्पष्ट पार्नुहोस्‌: रिपोर्टहरूले देखाएअनुसार केही भाइबहिनीहरू आफ्नो उपचार गर्ने डाक्टरहरूलाई आफूले रगत लिन नचाहेको कुरा अन्तिम घडीमा आएर मात्र खुलस्त पार्छन्‌। यसो गर्नु त्यस चिकित्सकको लागि व्यावहारिक हुँदैन र तपाईंलाई रक्‍तक्षेपण गर्ने खतरा हुन्छ। तपाईंको अटल विश्‍वासबारे डाक्टरहरूले थाह पाइसकेका छन्‌ र तपाईंको इच्छा कागजातमा खुलस्त गराएर हस्ताक्षर गरिएको छ भने तिनीहरूलाई समयमै उपचार सुरु गर्न मदत पुग्छ र तिनीहरूले वैकल्पिक उपचार प्रयोग गर्ने मौकासमेत पाउनसक्छन्‌।

चिकित्सासम्बन्धी यस्तो आपत्‌कालीन अवस्था जुनसुकै बेला, विशेष गरी तपाईंले नसोचेको बेला आइपर्नसक्ने भएकोले रक्‍तक्षेपणबाट आफू र आफ्ना छोराछोरीलाई बचाउन अहिले नै कदमहरू चाल्नुहोस्‌।—हितो. १६:२०; २२:३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने