प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 अक्टोबर पृ. ३-६
  • सन्‌ २००० का लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सन्‌ २००० का लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको तालिका
  • हाम्रो राज्य सेवकाई—१९९९
  • उपशीर्षकहरू
  • निर्देशन
  • तालिका
हाम्रो राज्य सेवकाई—१९९९
km99 अक्टोबर पृ. ३-६

सन्‌ २००० का लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको तालिका

निर्देशन

सन्‌ २००० को दौडान ईश्‍वरतान्त्रिक सेवकाई स्कूल सञ्चालन निम्नानुसार हुनेछ।

पाठ्यपुस्तक: असाइनमेन्टहरूका लागि पवित्र धर्मशास्त्रको नयाँ विश्‍व अनुवाद [ bi12] (अङ्‌ग्रेजी), प्रहरीधरहरा [ w-NP], नयाँ विश्‍व अनुवाद-मा भएको “चर्चाका लागि बाइबल विषयहरू” [ td] र ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ [ kl-NP] पुस्तकलाई आधार मानिनेछ।

गीत गाएर, प्रार्थना तथा स्वागत गरेर स्कूल समयमै सुरु गर्नुपर्छ। सभामा के के छलफल गरिन्छ भनी पहिल्यै बताइरहनु आवश्‍यक छैन। स्कूल निरीक्षकले प्रत्येक भागमा छलफल गरिने विषयबारे बताउँदै सञ्चालन गर्नेछन्‌। यसप्रकार कार्यक्रम सञ्चालन गर्नुहोस्‌:

असाइनमेन्ट न. १: १५ मिनेट। प्रहरीधरहरा अथवा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ-मा आधारित यो भाषण प्राचीन वा सेवकाई सेवकले दिनुपर्छ। यस निर्देशन भाषणलाई प्रहरीधरहरा-बाट प्रस्तुत गर्दा कुनै पुनरावृत्ति नगरी १५ मिनेटमा सिध्याउनुपर्छ; अनि ज्ञान पुस्तकबाट प्रस्तुत गर्दा १० देखि १२ मिनेटसम्म निर्देशन भाषण दिएपछि पुस्तकका मुद्रित प्रश्‍नहरू चलाउँदै ३ देखि ५ मिनेटसम्म मौखिक पुनरावृत्ति गर्नुपर्छ। भाषणको उद्देश्‍य विषयवस्तुलाई सिध्याउनु मात्र नभई मण्डलीलाई मदतकारी हुने बुँदामा जोड दिंदै छलफल गरिने कुराहरूको व्यावहारिक मूल्यमाथि ध्यानकेन्द्रित गर्नु हो। यो भाषणका लागि दिइएको शीर्षक नै चलाउनुपर्छ।

यो भाषण दिने भाइले निर्धारित समयभित्रै भाषण सिध्याउनुपर्छ। आवश्‍यक भए वा वक्‍ताले आग्रह गरेको खण्डमा व्यक्‍तिगत तवरमा सल्लाह दिनुपर्छ।

बाइबल पढाइका विशेषताहरू: ६ मिनेट। स्थानीय आवश्‍यकताअनुसार विषयवस्तुलाई प्रभावकारी ढंगमा प्रस्तुत गर्नसक्ने कुनै प्राचीन वा सेवकाई सेवकले यो भाषण दिनुपर्छ। यो भाषण निर्धारित पढाइको सारांश जस्तो हुनु हुँदैन। निर्धारित अध्यायहरूको पुनरावृत्ति गर्न ३० देखि ६० सेकेण्ड लिन सकिन्छ। तथापि, यस भाषणको मुख्य उद्देश्‍य बाइबलमा दिइएको जानकारी किन र कसरी लाभदायी छ भनेर श्रोतागणलाई बुझाउनु हो। त्यसपछि स्कूल निरीक्षकले विद्यार्थीहरूलाई विभिन्‍न कक्षाकोठामा पठाउनेछन्‌।

असाइनमेन्ट न. २: ५ मिनेट। यो भाषण भाइले दिनेछन्‌ र तिनले बाइबलको निर्धारित अंश पढ्‌नेछन्‌। यो प्रबन्ध मुख्य स्कूलका साथै अन्य कोठामा सञ्चालित कक्षाहरूमा पनि लागू हुनेछ। पढ्‌नुपर्ने भाग प्रायजसो छोटो हुने हुँदा विद्यार्थीले भाषणको सुरु र अन्तमा संक्षिप्त टिप्पणीहरू दिनसक्छन्‌। त्यस्ता टिप्पणीहरूमा ऐतिहासिक पृष्ठभूमि, भविष्यसूचक वा धर्मसैद्धान्तिक महत्त्व र सिद्धान्तहरूको उपयोग समावेश गर्न सकिन्छ। दिइएका सबै पदहरू बीचमा कतै नरोकी पढ्‌नुपर्छ। तर पदहरू क्रमानुसार छैनन्‌ भने कहाँदेखि पढ्‌नुपर्ने हो, विद्यार्थीले अवश्‍य उल्लेख गर्नसक्छन्‌।

असाइनमेन्ट न. ३: ५ मिनेट। यो भाग बहिनीले प्रस्तुत गर्नेछिन्‌। यस प्रस्तुतिको विषयवस्तु नयाँ विश्‍व अनुवाद-मा पाइने “चर्चाका लागि बाइबल विषयहरू”-मा आधारित हुनेछ। तिनले भूमिकाको रूपमा अनौपचारिक प्रचार, पुनःभेट, गृह बाइबल अध्ययन वा क्षेत्र सेवकाईको अन्य कुनै पक्ष चलाउन सक्छिन्‌। विद्यार्थीले उभिएर वा बसेरै दिनसक्छन्‌। स्कूल निरीक्षकले विशेष गरी विद्यार्थीले घरधनीसित कसरीतर्क गर्छन्‌, प्रस्तुत गरिएका विषयवस्तु बुझाउन र शास्त्रपदहरू चलाउन कस्तो तरिका अपनाउँछन्‌, त्यसमा ध्यान दिनेछन्‌। यो भाग पाउने विद्यार्थीले पढ्‌न जानेको हुनुपर्छ। स्कूल निरीक्षकले एक जना सहायक खटाउनेछन्‌ तर थप सहायक पनि राख्न सकिन्छ। विद्यार्थीले भूमिकाभन्दा विषयवस्तुलाई प्रभावकारी ढंगमा प्रयोग गर्न विशेष ध्यान दिनुपर्छ।

असाइनमेन्ट न. ४: ५ मिनेट। प्रायजसो यो भाग बाइबल पात्र वा “चर्चाका लागि बाइबल विषयहरू”-मा आधारित हुनेछ। प्रहरीधरहरा-मा विषयवस्तु आधारित हुँदा विद्यार्थीले मुख्य विषयलाई बढाउनुपर्छ अनि धर्मशास्त्रीय सन्दर्भ सामग्री सबै अध्ययन गर्नुपर्छ। यसो गर्दा बाइबल पात्रलाई राम्ररी बुझ्नुका साथै तिनको उदाहरण, व्यक्‍तित्व, गुण तथा मनोवृत्तिबाट के सिक्न सकिन्छ थाह हुन्छ। तिनको विश्‍वास, साहस, नम्रता र निस्वार्थपनबारे अनुकरण गर्नसक्ने असल उदाहरण सिक्न सकिन्छ। तिनको अविश्‍वासी तथा खराब गुणहरू मसीहीहरूको निम्ति खराब मार्गबाट बच्न कसरी चेताउनी हुनसक्छ भनी प्रस्तुत गर्छ। “चर्चाका लागि बाइबल विषयहरू”-मा आधारित हुँदा दिइएको शीर्षक नै चलाउनुपर्छ र विद्यार्थीले सकेसम्म शास्त्रपदहरू व्यवहारमा कसरी लागू हुन्छ देखाउनुपर्छ। यो असाइनमेन्ट न. ४ कुनै भाइ वा बहिनीले दिन सक्छन्‌। यो भाग कुनै भाइलाई दिंदा सधैं भाषणको रूपमा हुनुपर्छ। यो भाग कुनै बहिनीलाई दिइएको छ भने, तिनले असाइनमेन्ट न. ३ का लागि दिइएको सल्लाहअनुरूप प्रस्तुत गर्नुपर्छ। यसबाहेक असाइनमेन्ट न. ४ मा अगाडि # चिह्न छ भने सकेसम्म भाइलाई नै दिनु बेस हुन्छ।

*बाइबल पढाइका लागि थप तालिका: यसलाई प्रत्येक हप्ताको गीत न. पछि कोष्ठक चिह्नभित्र दिइएको छ। यस तालिकाअनुसार हप्ताको लगभग दस पृष्ठ पढ्‌दा तीन वर्षमा सम्पूर्ण बाइबल पढी सिध्याउन सकिन्छ। स्कूलको कुनै पनि कार्यक्रम अथवा लिखित पुनरावृत्ति थप पढाइ तालिकामा आधारित हुँदैन।

सूचना: सल्लाह, समय, लिखित पुनरावृत्ति र आफूलाई अह्राइएको असाइनमेन्ट गर्ने सन्दर्भमा थप जानकारी तथा निर्देशनको लागि कृपया, अक्टोबर १९९६ को हाम्रो राज्य सेवकाई पृष्ठ ३ हेर्नुहोस्‌।

तालिका

जन. ३ बाइबल पढाइ: व्यवस्था ४-६

गीत न. ९ [*यर्मिया ४९-५२]

न. १: यहोवाका आशिष्‌हरूको मूल्यांकन गर्नुहोस्‌ ( w-NP९८ १/१ पृ. २२-४)

न. २: व्यवस्था ६:४-१९

न. ३: td १क परमेश्‍वरले किन पितृ उपासना स्वीकार्नु हुन्‍न

न. ४: मोशा र हारून—शीर्षक: #यहोवाले असामान्य शक्‍ति दिनुहुन्छ ( w-NP९६ १/१५ पृ. २४-५)

जन. १० बाइबल पढाइ: व्यवस्था ७-१०

गीत न. ४९ [*विलाप १-५]

न. १: साँचो परमेश्‍वरको महिमा गर्नुहोस्‌ ( w-NP९८ १/१ पृ. ३०-१)

न. २: व्यवस्था ८:१-१८

न. ३: td १ख मानिसहरूको आदर गर्न सकिन्छ तर उपासना परमेश्‍वरको मात्र गर्नुपर्छ

न. ४: तपाईंको छोराछोरीलाई सत्य सिकाउनुहोस्‌ ( w-NP९६ ५/१५ पृ. ८-९)

जन. १७ बाइबल पढाइ: व्यवस्था ११-१४

गीत न. १३२ [*इजकिएल १-९]

न. १: आफ्ना प्रियजनहरूको निम्ति किन पहिल्यै योजना बनाउने ( w-NP९८ १/१५ पृ. १९-२२)

न. २: व्यवस्था ११:१-१२

न. ३: td २क आरमागेडोन—दुष्टता नाश गर्ने युद्ध

न. ४: योना—शीर्षक: #यहोवा अत्यन्तै कृपालु हुनुहुन्छ ( w-NP९६ ५/१५ पृ. २४-८)

जन. २४ बाइबल पढाइ: व्यवस्था १५-१९

गीत न. १६२ [*इजकिएल १०-१६]

न. १: परिवर्तन र एकताबद्ध गर्ने सत्यको शक्‍ति २( w-NP९८ १/१५ पृ. २९-३१)

न. २: व्यवस्था १९:११-२१

न. ३: td २ख आरमागेडोन किन परमेश्‍वरको प्रेमपूर्ण कार्य हो

न. ४: #विश्‍वासीपूर्वक सहयोग गर्दा असल नतिजा हुन्छ २( w-NP९६ ६/१५ पृ. २८-३०)

जन. ३१ बाइबल पढाइ: व्यवस्था २०-२३

गीत न. १३ [*इजकिएल १७-२१]

न. १: प्रशंसा र चापलुसीबारे धर्मशास्त्रीय दृष्टिकोण ( w-NP९८ २/१ पृ. २९-३१)

न. २: व्यवस्था २०:१०-२०

न. ३: td ३क बप्तिस्मा—मसीही आवश्‍यकता

न. ४: इपाफ्रोडाइटस—शीर्षक: #निर्भयी हुनुहोस्‌ र परमेश्‍वरका सेवकहरूलाई प्रेम गर्नुहोस्‌ ( w-NP९६ ८/१५ पृ. २७-३०)

फेब्रु. ७ बाइबल पढाइ: व्यवस्था २४-२७

गीत न. २२२ [*इजकिएल २२-२७]

न. १: आशावादी हुने आधार ( w-NP९८ २/१ पृ. ४-६)

न. २: व्यवस्था २५:५-१६

न. ३: td ३ख बप्तिस्माले पापहरू पखाल्दैन

न. ४: पत्रुस—शीर्षक: #निर्भयी साथ साक्षी दिंदा हुने परिणामहरू ( w-NP९६ ९/१५ पृ. ८-९)

फेब्रु. १४ बाइबल पढाइ: व्यवस्था २८-३०

गीत न. १८० [*इजकिएल २८-३३]

न. १: कृतज्ञताको मनोभाव खेती गर्नुहोस्‌ ( w-NP९८ २/१५ पृ. ४-७)

न. २: व्यवस्था २८:१-१४

न. ३: td ४क बाइबल परमेश्‍वरको प्रेरित वचन हो

न. ४: लिडिया—शीर्षक: अतिथि सत्कार गर्दा आशिष्‌हरू पाइन्छ ( w-NP९६ ९/१५ पृ. २६-८)

फेब्रु. २१ बाइबल पढाइ: व्यवस्था ३१-३४

गीत न. ४६ [*इजकिएल ३४-३९]

न. १: यी अन्तिम दिन हुन्‌! ( kl-NP अध्याय ११)

न. २: व्यवस्था ३२:३५-४३

न. ३: td ४ख बाइबल—हाम्रो समयको लागि व्यावहारिक निर्देशन

न. ४: अपोल्लस—शीर्षक: #आध्यात्मिक व्यक्‍ति हुनुहोस्‌ ( w-NP९६ १०/१ पृ. २०-३)

फेब्रु. २८ बाइबल पढाइ: यहोशू १-५

गीत न. ४० [*इजकिएल ४०-४५]

न. १: दुष्ट आत्मिक शक्‍तिहरूको विरोध गर्नुहोस्‌ ( kl-NP अध्याय १२)

न. २: यहोशू २:८-१६

न. ३: td ४ग बाइबल—सबैका लागि उपयोगी किताब

न. ४: दानियल—शीर्षक: #परमेश्‍वरको निरन्तर सेवा गर्नुहोस्‌ ( w-NP९६ ११/१५ पृ. ८-९)

मार्च ६ बाइबल पढाइ: यहोशू ६-९

गीत न. १६४ [*इजकिएल ४६– दानियल २]

न. १: आमाबाबु हो—आफ्ना छोराछोरीको रक्षा गर्नुहोस्‌! ( w-NP९८ २/१५ पृ. ८-११)

न. २: यहोशू ७:१, १०-१९

न. ३: td ५क रक्‍तक्षेपणले रगतको पवित्रतासम्बन्धी आज्ञा उल्लघंन गर्छ

न. ४: अक्वीला र प्रिस्किला—शीर्षक: #जोसका साथ प्रचार गर्नुहोस्‌ र अतिथि सत्कार गर्नुहोस्‌ ( w-NP९६ १२/१५ पृ. २२-४)

मार्च १३ बाइबल पढाइ: यहोशू १०-१३

गीत न. १३८ [*दानियल ३-७]

न. १: आकर्षणशक्‍तिबारे बाइबलले के बताउँछ ( w-NP९८ २/१५ पृ. २३-७)

न. २: यहोशू ११:६-१५

न. ३: td ५ख जस्तै गरेर भए पनि के आफ्नो जीवन बचाउनु उचित हो?

न. ४: एलीएजर—शीर्षक: #यहोवामाथि भरोसा गर्दै आफूले सक्दो गर्नुहोस्‌ ( w-NP९७ १/१ पृ. ३०-१)

मार्च २० बाइबल पढाइ: यहोशू १४-१७

गीत न. १० [*दानियल ८–होशे २)]

न. १: “हामी जस्तै दुःख सुख भोगी” विश्‍वासी पुरुषहरू ( w-NP९८ ३/१ पृ. २६-९)

न. २: यहोशू १५:१-१२

न. ३: td ६क अन्यजातिको समय कहिले अन्त भयो?

न. ४: हनोक—शीर्षक: #ईश्‍वरभीरु तथा निष्कलंक हुनुहोस्‌ ( w-NP९७ १/१५ पृ. २९-३१)

मार्च २७ बाइबल पढाइ: यहोशू १८-२०

गीत न. १०५ [*होशे ३-१४]

न. १: येशूले पृथ्वीमा बिताउनुभएका अन्तिम दिनहरू फेरि सम्झने ( w-NP९८ ३/१५ पृ. ३-९)

न. २: यहोशू १८:१-१०

न. ३: td ७क मसीही चर्च के हो?

न. ४: एहूद—शीर्षक: #विश्‍वासी तथा साहसी हुनुहोस्‌ ( w-NP९७ ३/१५ पृ. २९-३१)

अप्रि. ३ बाइबल पढाइ: यहोशू २१-२४

गीत न. १४४ [*योएल १-आमोस ७]

न. १: ईश्‍वर भक्‍तिको जीवन किन आनन्ददायी हुन्छ ( kl-NP अध्याय १३)

न. २: यहोशू २१:४३–२२:८

न. ३: td ७ख के पत्रुस “पत्थर” हुन्‌?

न. ४: अम्राम र योकेबेद—शीर्षक: केटाकेटीलाई प्रशिक्षण दिंदा प्राप्त हुने इनामहरू ( w-NP९७ ५/१ पृ. ३०-१)

अप्रि. १० बाइबल पढाइ: न्यायकर्त्ता १-४

गीत न. ४३ [*आमोस ८–मीका ५]

न. १: तपाईंले कसको अख्तियारलाई मान्यता दिनुपर्छ? ( kl-NP अध्याय १४)

न. २: न्यायकर्त्ता ३:१-११

न. ३: td ८क प्रमाणित विज्ञानले सृष्टिसम्बन्धी बाइबल विवरणलाई समर्थन गर्छ

न. ४: इप्राफास—शीर्षक: #आफ्ना भाइहरूको निम्ति प्रार्थना र सेवा गर्नुहोस्‌ ( w-NP९७ ५/१५ पृ. ३०-१)

अप्रि. १७ बाइबल पढाइ: न्यायकर्त्ता ५-७

गीत न. १९३ [*मीका ६–सपन्याह १]

न. १: येशूले ७० जनालाई दिनुभएको निर्देशनबाट सिक्नुहोस्‌ ( w-NP९८ ३/१ पृ. ३०-१)

न. २: न्यायकर्त्ता ५:२४-३१

न. ३: td ८ख के सृष्टिका दिनहरू २४ घण्टे दिनहरू थिए?

न. ४: अबीगेल—शीर्षक: यहोवाको आदर हुने गुणहरू प्रदर्शित गर्नुहोस्‌ ( w-NP९७ ७/१ पृ. १४-५)

अप्रि. २४ लिखित पुनरावृत्ति। व्यवस्था ४–न्यायकर्त्ता ७ सम्म

गीत न. ९१ [*सपन्याह २–जकरिया ७]

मे १ बाइबल पढाइ: न्यायकर्त्ता ८-१०

गीत न. ३८ [*जकरिया ८–मलाकी ४]

न. १: अरूको व्यक्‍तिगत मर्यादाको कदर गर्नुहोस्‌ ( w-NP९८ ४/१ पृ. २८-३१)

न. २: न्यायकर्त्ता ९:७-२१

न. ३: td ९क के येशू क्रूसमा मर्नुभएको हो?

न. ४: तर्तियस—शीर्षक: #अगुवाइ लिनेहरूप्रति वफादार हुनुहोस्‌ ( w-NP९७ ७/१५ पृ. २९-३१)

मे ८ बाइबल पढाइ: न्यायकर्त्ता ११-१४

गीत न. ८२ [*मत्ती १-८]

न. १: “सान्त्वनाको छोरो” बर्णाबास ( w-NP९८ ४/१५ पृ. २०-३)

न. २: न्यायकर्त्ता १३:२-१०, २४

न. ३: td ९ख के मसीहीहरूले क्रूसको उपासना गर्नुपर्छ?

न. ४: आफ्नो परिवारका सदस्यहरूसित कहिल्यै हरेस नखानुहोस्‌ ( w-NP९७ ९/१ पृ. ३०-१)

मे १५ बाइबल पढाइ: न्यायकर्त्ता १५-१८

गीत न. २६ [*मत्ती ९-१४]

न. १: सेनाहरूबिना विश्‍व शान्ति ( w-NP९८ ४/१५ पृ. २८-३०)

न. २: न्यायकर्त्ता १७:१-१३

न. ३: td १०क मृत्युको कारण के हो?

न. ४: अरिस्तार्खस—शीर्षक: #परमेश्‍वरको संगठनप्रति वफादार हुनुहोस्‌ ( w-NP९७ ९/१५ पृ. २९-३१)

मे २२ बाइबल पढाइ: न्यायकर्त्ता १९-२१

गीत न. ४२ [*मत्ती १५-२१]

न. १: परमेश्‍वरलाई आदर गर्ने परिवार निर्माण ( kl-NP अध्याय १५)

न. २: न्यायकर्त्ता १९:११-२१

न. ३: td १०ख के मृत व्यक्‍तिहरूले तपाईंलाई हानि पुऱ्‍याउनसक्छ?

न. ४: एलीशा—शीर्षक: #परमेश्‍वरको सेवामा पूर्णतया समर्पित हुनुहोस्‌ ( w-NP९७ ११/१ पृ. ३०-१)

मे २९ बाइबल पढाइ: रूथ १-४

गीत न. १२० [*मत्ती २२-२६]

न. १: तपाईं कसरी परमेश्‍वरको नजीक हुन सक्नुहुन्छ ( kl-NP अध्याय १६)

न. २: रूथ ३:१-१३

न. ३: td १०ग के मानिसहरूले आफ्ना मृत नातेदारहरूसित कुरा गर्नसक्छन्‌?

न. ४: ओन्सिफरस—शीर्षक: #संकटमा परेकाहरूलाई सान्त्वना दिइरहनुहोस्‌ ( w-NP९७ ११/१५ पृ. २९-३१)

जून ५ बाइबल पढाइ: १ शमूएल १-३

गीत न. १९१ [*मत्ती २७–मर्कूस ४]

न. १: परमेश्‍वरका जनहरूबीच सुरक्षा पाउनुहोस्‌ ( kl-NP अध्याय १७)

न. २: १ शमूएल १:९-२०

न. ३: td ११क के दियाबल वास्तविक व्यक्‍ति हुन्‌?

न. ४: #“म हाजिर छु। मलाई पठाउनुहोस्‌” भन्‍ने मनोवृत्ति विकास गर्नुहोस्‌ ( w-NP९८ ३/१ पृ. ३०-१)

जून १२ बाइबल पढाइ: १ शमूएल ४-७

गीत न. ८५ [*मर्कूस ५-९]

न. १: यहोवा को हुनुहुन्छ? ( w-NP९८ ५/१ पृ. ५-७)

न. २: १ शमूएल ४:९-१८

न. ३: td ११ख दियाबल—यस संसारको अदृश्‍य शासक

न. ४: #सांसारिक बुद्धिले तपाईंको सोचाइलाई प्रभाव पार्न नदिनुहोस्‌ ( w-NP९६ ७/१५ पृ. २६-९)

जून १९ बाइबल पढाइ: १ शमूएल ८-११

गीत न. १६० [*मर्कूस १०-१४]

न. १: निष्ठावान्‌ हुँदा इनाम पाइन्छ ( w-NP९८ ५/१ पृ. ३०-१)

न. २: १ शमूएल ८:४-२०

न. ३: td ११ग पतित स्वर्गदूतहरूबारे बाइबलले के बताउँछ

न. ४: बेलसजर—शीर्षक: #यहोवालाई अपमान गर्नदेखि होसियार हुनुहोस्‌ ( w-NP९८ ९/१५ पृ. ८-९)

जून २६ बाइबल पढाइ: १ शमूएल १२-१४

गीत न. १७२ [*मर्कूस १५-लूका ३]

न. १: के धनसम्पत्तिले तपाईंलाई सुखी बनाउनसक्छ? ( w-NP९८ ५/१५ पृ. ४-६)

न. २: १ शमूएल १४:१-१४

न. ३: td १२क पृथ्वी—प्रमोदवन हुन सृष्टि गरिएको थियो

न. ४: फिलेमोन तथा ओनसिमस—शीर्षक: #मसीही भ्रातृत्वमा हामी एकताबद्ध छौं ( w-NP९८ १/१५ पृ. २९-३१)

जुला. ३ बाइबल पढाइ: १ शमूएल १५-१७

गीत न. ८ [*लूका ४-८]

न. १: युनिस र लोइस—उदाहरणीय शिक्षिकाहरू ( w-NP९८ ५/१५ पृ. ७-९)

न. २: १ शमूएल १६:४-१३

न. ३: td १२ख पृथ्वीमा जीवन कहिल्यै अन्त हुनेछैन

न. ४: #सुसमाचार प्रचार गर्नैपर्छ ( w-NP९७ ३/१ पृ. ३०-१)

जुला. १० बाइबल पढाइ: १ शमूएल १८-२०

गीत न. १५६ [*लूका ९-१२]

न. १: फकाइफुस्लाई मानिसहरूको हृदयसम्म पुग्नुहोस्‌ ( w-NP९८ ५/१५ पृ. २१-३)

न. २: १ शमूएल १९:१-१३

न. ३: td १३क के तपाईंले झूटा अगमवक्‍ताहरू चिन्‍न सक्नुहुन्छ?

न. ४: टाइकिकस—शीर्षक: #विश्‍वासीलो र भरपर्दो मसीही हुनुहोस्‌ ( w-NP९८ ७/१५ पृ. ७-८)

जुला. १७ बाइबल पढाइ: १ शमूएल २१-२४

गीत न. ३३ [*लूका १३-१९]

न. १: तपाईंको पारिवारिक जिम्मेवारी वहन गर्नुहोस्‌ ( w-NP९८ ६/१ पृ. २०-३)

न. २: १ शमूएल २४:२-१५

न. ३: td १४क आध्यात्मिक निवारण कत्तिको महत्त्वपूर्ण छ?

न. ४: आफ्नो छोराछोरीको निम्ति समय निकाल्नुहोस्‌ ( w-NP९८ ११/१ पृ. ३०-१)

जुला. २४ बाइबल पढाइ: १ शमूएल २५-२७

गीत न. ६० [*लूका २०-२४]

न. १: साँचो इन्साफ—कहिले र कसरी? ( w-NP९८ ६/१५ पृ. २६-९)

न. २: १ शमूएल २५:२३-३३

न. ३: td १४ख परमेश्‍वरको राज्य—स्थायी शारीरिक निवारण गर्ने माध्यम

न. ४: #उच्च अख्तियारवालाहरूको आदर गर्नुपर्छ ( w-NP९८ ११/१५ पृ. ८-९)

जुला. ३१ बाइबल पढाइ: १ शमूएल २८-३१

गीत न. १७० [*यूहन्‍ना १-६]

न. १: सधैं परमेश्‍वरको सेवा गर्ने लक्ष्य राख्नुहोस्‌ ( kl-NP अध्याय १८)

न. २: १ शमूएल ३१:१-१३

न. ३: td १४ग आधुनिक निवारण परमेश्‍वरबाट होइन

न. ४: तीतस—शीर्षक:#“यस्ताहरूलाई आदरणीय” मान्‍नुहोस्‌ ( w-NP९८ ११/१५ पृ. २९-३१)

अग. ७ बाइबल पढाइ: २ शमूएल १-४

गीत न. २२ [*यूहन्‍ना ७-११]

न. १: जब परमेश्‍वरको ज्ञानले पृथ्वी भरिभराउ हुन्छ ( kl-NP अध्याय १९)

न. २: २ शमूएल २:१-११

न. ३: td १४घ के अन्य भाषाहरूमा बोल्नु परमेश्‍वरको अनुमोदनको प्रमाण हो?

न. ४: यूसुफ—शीर्षक: एक अर्कालाई उदारता साथ क्षमा दिनुहोस्‌ ( w-NP९९ १/१ पृ. ३०-१)

अग. १४ बाइबल पढाइ: २ शमूएल ५-८

गीत न. १७४ [*यूहन्‍ना १२-१८]

न. १: “प्रयत्न गर” ( w-NP९८ ६/१५ पृ. ३०-१)

न. २: २ शमूएल ७:४-१६

न. ३: td १५क स्वर्गमा को जान्छन्‌?

न. ४: सिलास—शीर्षक: #प्रोत्साहनको स्रोत हुनुहोस्‌ ( w-NP९९ २/१५ पृ. २६-२९)

अग. २१ बाइबल पढाइ: २ शमूएल ९-१२

गीत न. १०७ [*यूहन्‍ना १९–प्रेरित ४]

न. १: असल छिमेकी हुनुहोस्‌ ( w-NP९८ ७/१ पृ. ३०-१)

न. २: २ शमूएल ११:२-१५

न. ३: td १६क नरक सास्ती दिने ठाउँ होइन

न. ४: #नम्र हुनुहोस्‌—प्रतिष्ठा नखोज्नुहोस्‌ ( w-NP९९ ३/१ पृ. ३०-१)

अग. २८ लिखित पुनरावृत्ति। न्यायकर्त्ता ८–२ शमूएल १२ सम्म

गीत न. १७७ [*प्रेरित ५-१०]

सेप्टे. ४ बाइबल पढाइ: २ शमूएल १३-१५

गीत न. १८३ [*प्रेरित ११-१६]

न. १: तपाईंको छोराछोरीको जीवन राम्रो बनाउनुहोस्‌ ( w-NP९८ ७/१५ पृ. ४-६)

न. २: २ शमूएल १३:२०-३३

न. ३: td १६ख आगो सर्वनाशको चिह्न हो

न. ४: तपाईंको भारी यहोवामा बिसाउनुहोस्‌ ( w-NP९९ ५/१ पृ. ३०-१)

सेप्टे. ११ बाइबल पढाइ: २ शमूएल १६-१८

गीत न. १२९ [*प्रेरित १७-२२]

न. १: अन्त्येष्टिबारे मसीही दृष्टिकोण ( w-NP९८ ७/१५ पृ. २०-४)

न. २: २ शमूएल १६:५-१४

न. ३: td १६ग धनी मानिस र लाजरसको विवरण अनन्त यातनाको प्रमाण होइन

न. ४: #आफूलाई नअलग्याउनुहोस्‌ ( w-NP९९ ६/१ पृ. २८-३१)

सेप्टे. १८ बाइबल पढाइ: २ शमूएल १९-२१

गीत न. १९ [*प्रेरित २३–रोमी १]

न. १: के तपाईं आफ्नो अन्तस्करणमा भरोसा गर्न सक्नुहुन्छ? ( w-NP९८ ९/१ पृ. ४-७)

न. २: २ शमूएल २०:१, २, १४-२२

न. ३: td १७क उत्सवहरूबारे मसीही दृष्टिकोण

न. ४: पावल—शीर्षक: सत्यका शत्रुहरू परिवर्तन हुनसक्छन्‌ ( w-NP९९ ६/१५ पृ. २९-३१)

सेप्टे. २५ बाइबल पढाइ: २ शमूएल २२-२४

गीत न. ९८ [*रोमी २-९]

न. १: साथीहरूको दबाब—के यसले तपाईंलाई फाइदा पुऱ्‍याउँछ ( w-NP९९ ८/१ २२-२५)

न. २: २ शमूएल २३:८-१७

न. ३: td १८क मूर्ति प्रयोग गर्दा परमेश्‍वरको अपमान हुन्छ

न. ४: #साँचो बुद्धि खोजिरहनुहोस्‌ ( w-NP९९ ७/१ पृ. ३०-१)

अक्टो. २ बाइबल पढाइ: १ राजा १-२

गीत न. ३६ [*रोमी १०–१ कोरिन्थी ३]

न. १: रिसले तपाईंलाई नपछारोस्‌ ( w-NP९९ ८/१५ ८, ९)

न. २: १ राजा २:१-११

न. ३: td १८ख मूर्तिपूजाका परिणामहरू

न. ४: फिलिप—शीर्षक: #“सबै प्रकारका मानिसलाई” प्रचार गर्नुहोस्‌ ( w-NP९९ ७/१५ पृ. २४-५)

अक्टो. ९ बाइबल पढाइ: १ राजा ३-६

गीत न. १०६ [*१ कोरिन्थी ४-१३]

न. १: प्राथमिकता दिनुपर्ने कुरालाई प्राथमिकता दिनुहोस्‌ ( w-NP९८ ९/१ पृ. १९-२१)

न. २: १ राजा ४:२१-३४

न. ३: td १८ग यहोवालाई मात्र उपासना गर्नुपर्छ

न. ४: td १९क #अन्य धर्महरूमा पनि भाग लिनु परमेश्‍वरको मार्ग होइन

अक्टो. १६ बाइबल पढाइ: १ राजा ७-८

गीत न. ७६ [*१ कोरिन्थी १४–२ कोरिन्थी ७]

न. १: उच्च अधिकारीहरूलाई साक्षी दिने ( w-NP९८ ९/१ पृ. ३०-१)

न. २: १ राजा ७:१-१४

न. ३: td १९ख के सबै धर्महरू असल छन्‌?

न. ४: td २०क मसीहीहरूले परमेश्‍वरको व्यक्‍तिगत नाउँ चलाउनुपर्छ

अक्टो. २३ बाइबल पढाइ: १ राजा ९-११

गीत न. ९७ [*२ कोरिन्थी ८–गलाती ४]

न. १: दुलहीको मोलप्रति मसीहीहरूको दृष्टिकोण ( w-NP९८ ९/१५ पृ. २४-७)

न. २: १ राजा ११:१-१३

न. ३: td २०ख परमेश्‍वरको अस्तित्वबारे सत्य कुराहरू

न. ४: td २०ग #परमेश्‍वरको गुणहरू चिन्‍ने

अक्टो. ३० बाइबल पढाइ: १ राजा १२-१४

गीत न. ११३ [*गलाती ५-फिलिप्पी २]

न. १: के तपाईंलाई परमेश्‍वर वास्तविक लाग्छ? ( w-NP९८ ९/१५ पृ. २१-३)

न. २: १ राजा १३:१-१०

न. ३: td २०घ सबैले एउटै परमेश्‍वरको सेवा गर्दैनन्‌

न. ४: td २१क के यहोवाका साक्षीहरू नयाँ धर्म हुन्‌?

नोभे. ६ बाइबल पढाइ: १ राजा १५-१७

गीत न. १२३ [*फिलिप्पी ३–१ थिस्सलोनिकी ५]

न. १: आध्यात्मिक प्रगति गरिरहनुहोस्‌! ( w-NP९८ १०/१ पृ. २८-३१)

न. २: १ राजा १५:९-२४

न. ३: td २२क येशू ख्रीष्ट—परमेश्‍वरको पुत्र र नियुक्‍त राजा

न. ४: td २२ख मुक्‍ति पाउन किन येशू ख्रीष्टमा विश्‍वास गर्नु अत्यावश्‍यक छ

नोभे. १३ बाइबल पढाइ: १ राजा १८-२०

गीत न. १५९ [*२ थिस्सलोनिकी १–२ तिमोथी ३]

न. १: शान्तिपूर्ण ढंगमा समस्याहरू समाधान गर्नुहोस्‌ ( w-NP९८ ११/१ पृ. ४-७)

न. २: १ राजा २०:१, १३-२२

न. ३: td २२ग के मुक्‍ति पाउन येशूमा विश्‍वास गर्नु मात्र यथेष्ट छ?

न. ४: td २३क #परमेश्‍वरको राज्यले ल्याउने आशिष्‌हरू

नोभे. २० बाइबल पढाइ: १ राजा २१-२२

गीत न. १७९ [*२ तिमोथी ४–हिब्रू ७]

न. १: ‘स्वर्गको अन्‍नबाट’ फाइदा उठाउने ( w-NP९९ ८/१५ पृ. २५-२८)

न. २: १ राजा २२:२९-४०

न. ३: td २३ख ख्रीष्टका शत्रुहरू सक्रिय हुँदा नै परमेश्‍वरको राज्य सुरु हुन्छ

न. ४: td २३ग मानव प्रयासले परमेश्‍वरको राज्य आउँदैन

नोभे. २७ बाइबल पढाइ: २ राजा १-३

गीत न. १४८ [*हिब्रू ८–याकूब २]

न. १: मसीहीहरूले मगनीप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? ( w-NP९९ ८/१५ पृ. ३०, ३१)

न. २: २ राजा २:१५-२५

न. ३: td २४क “जगत्‌को अन्त[को]” अर्थ के हो

न. ४: td २४ख #आखिरी दिनका चिह्नहरूबारे आध्यात्मिक तवरमा जागा रहनुहोस्‌

डिसे. ४ बाइबल पढाइ: २ राजा ४-६

गीत न. १०९ [*याकूब ३–२ पत्रुस ३]

न. १: सिमोनीदेखि होसियार! ( w-NP९८ ११/१५ पृ. २८)

न. २: २ राजा ५:२०-२७

न. ३: td २५क अनन्त जीवन सपना मात्र होइन

न. ४: td २५ख स्वर्गमा को जानेछन्‌?

डिसे. ११ बाइबल पढाइ: २ राजा ७-९

गीत न. ११७ [*१ यूहन्‍ना १–प्रकाश १]

न. १: लेनदेनको मामिलामा पालन गर्नुपर्ने बाइबल सिद्धान्त ( w-NP९८ ११/१५ पृ. २४-७)

न. २: २ राजा ७:१, २, ६, ७, १६-२०

न. ३: td २५ग पृथ्वीमा अनन्त जीवन पाउनेहरूको संख्या असीमित छ

न. ४: td २६क #वैवाहिक बन्धन आदरणीय हुनुपर्छ

डिसे. १८ बाइबल पढाइ: २ राजा १०-१२

गीत न. १८१ [*प्रकाश २-१२]

न. १: येशूको जन्मबारे साँचो कथा ( w-NP९८ १२/१५ पृ. ५-९)

न. २: २ राजा ११:१-३, ९-१६

न. ३: td २६ख मसीहीहरूले शिरत्वको सिद्धान्तको आदर गर्नुपर्छ

न. ४: td २६ग छोराछोरीप्रति आमाबाबुको जिम्मेवारी

डिसे. २५ लिखित पुनरावृत्ति। २ शमूएल १३–२ राजा १२ सम्म

गीत न. २१७ [*प्रकाश १३-२२]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने