अक्टोबर महिनाका लागि सेवा सभाहरू
अक्टोबर ४ मा सुरु हुने हप्ता
गीत १६४
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।
१७ मि: “छोराछोरीहरू-‘परमप्रभुले दिनुभएको हक हुन्।’ ” प्राचीनद्वारा प्रश्नोत्तर, परिवारको शिर भए बेस। परिवर्तनशील वातावरणबाट हाम्रा छोराछोरीलाई जोगाउन नियमित तवरमा पारिवारिक अध्ययन गर्न अत्यावश्यक छ भनी जोड दिनुहोस्। मण्डलीमा कति प्रतिशत परिवारले पारिवारिक अध्ययन सुरु गर्न आवश्यक छ, बताउनुहोस्। साथै अध्ययनका लागि नियमित समय मिलाउनुपर्ने आमाबाबुहरूको जिम्मेवारीमाथि पनि जोड दिनुहोस्।
१८ मि: पत्रिकाहरूप्रति सजग हुनुहोस्! मण्डलीले गत महिना वितरण गरेको पत्रिकाको कुल संख्या बताउनुहोस्। सोसाइटीबाट प्राप्त भएको पत्रिकाको संख्या र वितरण भएको संख्यामा कति फरक छ? यदि निकै फरक छ भने के गर्न सकिन्छ? श्रोताहरूलाई निम्न बुँदाहरूमा टिप्पणी गर्न आमन्त्रित गर्नुहोस्: (१) प्रत्येक प्रकाशकले प्रशस्त तर आवश्यक पत्रिका मगाउनुपर्छ: (२) हरेक शनिबारलाई पत्रिका दिनको रूपमा लिनुहोस्। (३) हरेक महिना पत्रिका वितरण गतिविधिमा भाग लिन व्यक्तिगत सेवकाई तालिका बनाउनुहोस्। (४) पत्रिकाहरूबाट कुराकानी थालेर अझ बढी अनौपचारिक साक्षी दिने योजना बनाउनुहोस्। (५) व्यापारी तथा पेशेवर मानिसहरूकहाँ तिनीहरूको चासो जगाउने विशेष लेखहरू भएको पत्रिका लिएर जानुहोस्। (६) कसलाई कुन पत्रिका वितरण गर्नुभयो, ठीक ठीक रेकर्ड राख्नुहोस् अनि ताजा अंकसहित तिनीहरूकहाँ नियमित तवरमा गएर पत्रिका रुट स्थापित गर्नुहोस्। (७) पुराना पत्रिकाहरूको सदुपयोग गर्नुहोस् ताकि पत्रिकाहरू त्यसै नथन्कियोस्। ताजा पत्रिकाहरू देखाउनुहोस् र चासो जगाउनसक्ने लेखहरू उल्लेख गर्नुहोस्। एक जना वयस्क र एक जना जवानलाई छोटकरीमा पत्रिका प्रस्तुत गरेको प्रदर्शन देखाउन लगाउनुहोस्।—हाम्रो राज्य सेवकाई जनवरी १९९६ को परिशिष्ट हेर्नुहोस्।
गीत १०५ र समापन प्रार्थना।
अक्टोबर ११ मा सुरु हुने हप्ता
गीत १९४
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१५ मि: स्थानीय आवश्यकताहरू।
२० मि: “सभाहरूबाट अझ बढी आनन्द कसरी उठाउने।” प्रश्नोत्तर। हामी सभाहरूमा कसरी अरूलाई ध्यान तथा प्रोत्साहन दिनसक्छौं, केही उदाहरणहरू बताउनुहोस्। श्रोताहरूलाई आफूले अनुभव गरेका उदाहरणहरू बताउन आमन्त्रित गर्नुहोस्।
गीत १५२ र समापन प्रार्थना।
अक्टोबर १८ मा सुरु हुने हप्ता
गीत १९६
१५ मि: स्थानीय घोषणाहरू र क्षेत्र सेवकाईका अनुभवहरू। “नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम” पुनरावलोकन गर्नुहोस्।
१५ मि: “के तपाईं बसाइँ सर्नुहुँदैछ?” सचिवद्वारा प्रोत्साहनदायी भाषण। प्रकाशकहरू अर्को मण्डलीमा बसाइँ सर्नुपऱ्यो भने तिनीहरू आफ्नो आध्यात्मिकतामा अवरोध नपुग्ने गरी नयाँ ठाउँमा राम्ररी स्थापित हुनु अत्यावश्यक छ। प्राचीनहरूलाई बसाइँ सर्ने आफ्नो योजना अवगत गराउनुहोस् अनि नयाँ मण्डलीसित सम्पर्क राख्न तिनीहरूको मदत माग्नुहोस्।
१५ मि: “चाहनुहुन्छ पुस्तिकाबाट अध्ययन थाल्ने।” प्रश्नोत्तरद्वारा छलफल।
गीत १४२ र समापन प्रार्थना।
अक्टोबर २५ मा सुरु हुने हप्ता
गीत १७९
१५ मि: स्थानीय घोषणाहरू। नोभेम्बर महिनामा चाहनुहुन्छ पुस्तिका वा ज्ञान पुस्तक प्रस्तुत गर्नका लागि तयार हुन सबैलाई मदत गर्नुहोस्। “के परमेश्वर प्रार्थनाहरूको जवाफ दिनुहुन्छ?” भन्ने प्रश्नमा ध्यान केन्द्रित गर्ने प्रस्तुति तयार पार्ने तरिका बताउनुहोस्। पुस्तिकाको पाठ ७ वा पुस्तकको अध्याय १६, अनुच्छेद १२-१४ का बुँदाहरू प्रयोग गर्नुहोस्। एउटा शास्त्रपद समावेश भएको सरल प्रस्तुति प्रदर्शन गर्नुहोस्।
१५ मि: बाइबलसम्बन्धी प्रश्नहरूका जवाफहरू पत्ता लगाउने। बाइबलबारे प्रश्न गर्ने जिज्ञासु व्यक्तिसँग भेट भएको एक जना प्रकाशक सेवकाई सेवककहाँ आउँछन्। सेवकाई सेवकले आफै जवाफ दिनुको सट्टा जवाफ पत्ता लगाउने तरिका बताउँछन्। पहिला तिनी स्कूल निर्देशन पुस्तक-को पाठ ७, अनुच्छेद ८-९ का सुझाउहरू पुनरावलोकन गर्छन्। त्यसपछि दुवै जनाले स्थानीय क्षेत्रमा मानिसहरूले सोध्ने प्रश्न पत्ता लगाउँछन्। तिनीहरूले विषयसित सम्बन्धित प्रसंगहरू केलाउँछन् अनि बाइबल जवाफलाई स्पष्ट पार्ने पत्यारिला बुँदाहरू पत्ता लगाउँछन्। श्रोताहरूलाई बाइबल जवाफहरू अनुसन्धान गर्न यसरी इनामदायी अध्ययन गर्ने प्रोत्साहन दिनुहोस्।
१५ मि: हामी लक्ष्य बनाउनसक्छौं। भाषण तथा श्रोताहरूसँग छलफल। प्रहरीधरहरा, मार्च १५, १९९७, पृष्ठ ११ को पेटीमा दिइएका व्यावहारिक लक्ष्यहरू पुनरावलोकन गर्नुहोस्। सहायक वा विशेष अग्रगामी सेवा गर्ने प्रोत्साहन दिनुहोस्। सहायक वा विशेष अग्रगामी सेवा गर्नाले कसरी व्यक्तिगत रूपमा फाइदा गर्छ, बताउनुहोस्। कुनै ईश्वरतान्त्रिक लक्ष्य पूरा गर्दा अनुभव गरेको आनन्द श्रोताहरूलाई बताउन लगाउनुहोस्।
गीत १५१ र समापन प्रार्थना।