प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 डिसेम्बर पृ. ५-६
  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवकाई—१९९९
हाम्रो राज्य सेवकाई—१९९९
km99 डिसेम्बर पृ. ५-६

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

ईश्‍वरतान्त्रिक सेवकाई स्कूल सेप्टेम्बर ६ देखि डिसेम्बर २०, १९९९ सम्मका हप्ताहरूमा गरिएका अध्ययनहरूमा आधारित पुस्तक-बन्द पुनरावृत्ति। तोकिएको समयावधिभित्र तपाईंले सक्ने जति उत्तरहरूलाई लेख्नका लागि एउटा छुट्टै कागजको प्रयोग गर्नुहोस्‌।

[सूचना: लिखित पुनरावृत्तिमा कुनै पनि प्रश्‍नको उत्तर दिन बाइबलको मात्र प्रयोग गर्न सकिन्छ। प्रश्‍नहरू पछि दिइएको सन्दर्भ सामग्रीहरू तपाईंको व्यक्‍तिगत अध्ययनको लागि हो। द वाचटावर-को सबै सन्दर्भ सामग्रीहरूमा पृष्ठ तथा अनुच्छेदको उल्लेख नगरिएको हुनसक्छ।]

निम्नलिखित बयानहरू सही वा गलत हुन्‌, उत्तर दिनुहोस्‌:

१. यहोवाले आफ्नो शासन गर्ने तरिका सधैं सही र धार्मिक हुन्छ भनेर प्रमाणित गर्न उहाँले मानिसहरूलाई तिनीहरूले चाहेजस्तो शासन गर्ने अनुमति दिनुभएको छ। (व्यव. ३२:४; अय्यू. ३४:१०-१२; यर्मि. १०:२३) [w-NP९७ २/१५ पृ. ५ अनु. ३]

२. परमेश्‍वरले हर प्रकारको गुनासो निन्दा गर्नुहुन्छ भनी बाइबलले संकेत गर्छ। [w-NP९७ १२/१ पृ. ३० अनु. ३-४]

३. शिरत्व तथा सुव्यवस्थासम्बन्धी ईश्‍वरीय सिद्धान्त स्वीकारेर आमाबाबुले आफ्ना विवाहित छोराछोरीसित उचित प्रकारको सम्बन्ध कायम गर्छन्‌। (उत्प. २:२४; १ कोरि. ११:३; १४:३३, ४०) [fy-NP पृ. १६४ अनु. ६]

४. येशू भीडको बिमारी तथा गरिबी अवस्थाले गर्दा मात्र टिठाउनुभयो भनी मर्कूस ६:३१-३४ ले देखाउँछ। [w-NP९७ १२/१५ पृ. २९ अनु. १]

५. अरू भेडा वर्गका मसीही येशूको मृत्युको स्मरणार्थ उत्सवमा उपस्थित हुन सकेन भने गन्ती ९:१०, ११ मा उल्लिखित सिद्धान्तअनुसार त्यो उत्सवलाई उसले एक महिनापछि मनाउन सक्छ। (यूह. १०:१६) [साप्ताहिक बाइबल पढाइ; w-NP९३ ५/१ पृ. ३२ अनु. ९ हेर्नुहोस्‌।]

६. छोराछोरीलाई बाइबलको सच्चाइ सिकाउने आमाबुबाको जिम्मेवारी पूर्णतः बाजेबज्यैले नलिए तापनि तिनीहरूले नातिनातिनाको आध्यात्मिक उन्‍नतिका लागि महत्त्वपूर्ण सहयोग पुऱ्‍याउनसक्छन्‌। (व्यव. ६:७; २ तिमो. १:५; ३:१४, १५) [fy-NP पृ. १६८ अनु. १५]

७. हितोपदेश ६:३० ले कुनै कुनै अवस्थाहरूमा चोरी गर्नु ठीकै हो वा मनासिब ठान्‍न सकिन्छ भनी देखाउँछ। [g-NP९७ १२/८ पृ. १३ अनु. २]

८. सन्‌ १५३० मा हिब्रू धर्मशास्त्रको अङ्‌ग्रेजी अनुवादमा परमेश्‍वरको नाउँ यहोवा प्रयोग गर्ने पहिलो व्यक्‍ति विलियम टिन्डेल थिए। [w-NP९७ ९/१५ पृ. २८ अनु. ३]

९. रगतको पवित्रतासम्बन्धी परमेश्‍वरको आज्ञा भंग गरेकोले मृत्युबाट जोगिनको लागि उहाँको प्रबन्ध नै आजको प्रतिरूपक शरण-नगर हो। (गन्ती ३५:११) [साप्ताहिक बाइबल पढाइ; w-NP९५ ११/१५ पृ. १७ अनु. ८]

१०. येशूले दुष्ट फरिसीहरूलाई “हेर, परमेश्‍वरको राज्य तिमीहरूमै छ” भन्‍नुको अर्थ परमेश्‍वरको राज्य ती भ्रष्ट मानिसहरूका दुष्ट हृदयभित्र थियो। (लूका १७:२१, किंग जेम्स भर्सन) [kl-NP पृ. ९१ अनु. ६]

निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

११. पेन्तिकोसको चाडमा प्रधान पूजाहारीले चढाउने दुइटा अखमीरे रोटीहरूले के चित्रण गर्छ? (लेवी २३:१५-१७) [साप्ताहिक बाइबल पढाइ; w-NP९८ ३/१ पृ. १३ अनु. २१ हेर्नुहोस्‌।]

१२. विशेष मसीही उत्सव कहिले सुरु भयो र त्यसबेला यसले कस्तो मुक्‍ति प्रदान गऱ्‍यो? (लेवी २५:१०) [साप्ताहिक बाइबल पढाइ; w-NP९५ ५/१५ पृ. २४ अनु. १४ हेर्नुहोस्‌।]

१३. यहोवाले दुष्टता र आपत्‌-विपत्‌ रहन दिनुभएर कुन तीन कुराहरू प्रमाणित भएको छ? [kl-NP पृ. ७७, ७८ अनु. १८-२०]

१४. डाही मनोभाव नदेखाउने सन्दर्भमा मोशाले कसरी राम्रो उदाहरण बसाले? (गन्ती ११:२९) [साप्ताहिक बाइबल पढाइ; w-NP९५ ९/१५ पृ. १८ अनु. ११]

१५. देखेर मात्र विश्‍वास गर्न सकिंदैन भनी कोरह, दातान र अबीरामको उदाहरणले कसरी देखाउँछ? [w-NP९७ ३/१५ पृ. ४ अनु. २]

१६. मत्ती १५:३-६ र १ तिमोथी ५:४ मा वृद्ध आमाबाबुको मान गर्ने कुन दुई क्षेत्रहरूबारे प्रकाश पारिएको छ? [fy-NP पृ. १७३-५ अनु. २-५]

१७. गन्ती २६:६४, ६५ मा कुन महत्त्वपूर्ण पाठ पाइन्छ? [साप्ताहिक बाइबल पढाइ; g९५ ८/८ पृ. १०-११ अनु. ५-८ हेर्नुहोस्‌।]

१८. यहोवाप्रति समर्पित हुनुको अर्थ बुझ्न पीनहासको उदाहरणले कसरी मदत गर्छ? (गन्ती २५:११) [साप्ताहिक बाइबल पढाइ; w-NP९५ ३/१ पृ. १६ अनु. १२-१३ हेर्नुहोस्‌।]

१९. मानिसहरू कसरी प्रतिरूपक ‘शरण-नगरबाट बाहिर’ पुग्नसक्छन्‌? (गन्ती ३५:२६) [साप्ताहिक बाइबल पढाइ; w-NP९५ ११/१५ पृ. २० अनु. २० हेर्नुहोस्‌।]

२०. कुन तरिकामा कोडेक्स साइनाइटिकस बाइबल अनुवादको लागि आशिष्‌ साबित भयो? [w-NP९७ १०/१५ पृ. ११ अनु. ३]

तल दिइएका बयानहरूलाई पूरा गर्न चाहिने शब्द( हरू) वा वाक्यांश थप्नुहोस्‌:

२१. यहोवा एक मात्र _________________________ हुनुहुन्छ र उहाँका सृष्टिहरूले शान्ति तथा आनन्द प्राप्त गरिरहन उहाँका व्यवस्थाहरूप्रति _________________________ हुनु अत्यावश्‍यक छ भन्‍ने तथ्यलाई पूर्णतया प्रमाणित गर्न उहाँले दुष्टता रहिरहने अनुमति दिनुभएको हो। (भज. १:१-३; हितो. ३:५, ६; उप. ८:९) [w-NP९७ २/१५ पृ. ५ अनु. ४]

२२. _________________________ यहोवा _________________________ परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा पनि सिक्न सकिन्छ। [kl-NP पृ. ६६ अनु. १४]

२३. भजन १४४:१५ख अनुसार, साँचो आनन्द भनेको हृदयको अवस्था हो र यो _________________________ र यहोवा परमेश्‍वरसितको घनिष्ठ _________________________ आधारित छ। [w-NP९७ ३/१५ पृ. २३ अनु. ७]

२४. हिब्रूबाट त्यसबेलाको बोलीचालीको भाषामा अनुवाद गरिएको बाइबललाई _________________________ भनियो र यो करिब सा.यु.पू. १५० मा पूरा भयो; जेरोमले सा.यु. ४०० तिर ल्याटिन भाषामा अनुवाद गर्न सिद्धयाएको बाइबल _________________________ _________________________ नाउँले चिनिन थालियो। [w-NP९७ ८/१५ पृ. ९ अनु. १; पृ. १० अनु. ४]

२५. परमेश्‍वरको सम्झनामा रहेका सबै मृतजनहरू ________________________ , ________________________ बाट मुक्‍त हुनेछन्‌। [kl-NP पृ. ८८ अनु. १८]

निम्नलिखित प्रत्येक बयानहरूमा दिएको सही उत्तर छान्‍नुहोस्‌:

२६. वर्षमा एक पटक (झुप्रोबासको चाड; प्रायश्‍चितको दिन; निस्तार चाड) मनाउँदा यहोवाको उपासना गर्ने प्रवासीलगायत सम्पूर्ण इस्राएल राष्ट्रले (कुनै पनि काम नगर्ने; दशांश तिर्ने; पहिलो फल बलिदान चढाउने) र उपवास बस्नुपर्थ्यो। (लेवी १६:२९-३१) [साप्ताहिक बाइबल पढाइ; w-NP९६ ७/१ पृ. १० अनु. १२]

२७. नयाँ विश्‍व बाइबल अनुवाद समितिको एउटा उद्देश्‍य (यथासम्भव अक्षरशः; मौलिक भाषाहरूको सारांश; कुनै एउटा धर्मसिद्धान्तलाई समर्थन गर्ने) अनुवाद तयार पार्नु थियो र यसले गर्दा पाठकलाई मौलिक भाषामा भनिएको र त्यससित सम्बन्धित कुरा बुझ्न निकै सजिलो हुन्छ। [w-NP९७ १०/१५ पृ. ११ अनु. ५]

२८. हिब्रू १३:१९ अनुसार सँगी विश्‍वासीहरूले निरन्तर प्रार्थना गर्दा (परमेश्‍वरले हुन दिनुहुने कुरामा; परमेश्‍वरले आफ्नो कार्य गर्नुहुँदा; परमेश्‍वरले काम गर्नुहुने ढंगमा), फरक पर्नसक्छ भनी पावललाई थाह थियो। [w-NP९७ ४/१५ पृ. ६ अनु. १]

२९. (पवित्र सजावट; नम्रता झल्काउन; यहोवाका जनहरूको हैसियतमा संसारभन्दा भिन्‍नै हुनुपर्छ भनी सम्झाउन) इस्राएलीहरूले “लुगाको किनारमा नीलो संजाप लगाएको झम्का” हाल्थे। (गन्ती १५:३८, ३९) [साप्ताहिक बाइबल पढाइ; w८३ १०/१५ पृ. २० अनु. १६]

३०. (येशूका प्रेरितहरू रोजेपछि; येशूको बलिदानरूपी मृत्युपछि; ख्रीष्टको स्वर्गारोहणपछि) परमेश्‍वरको मसीही राज्यको जग बसालियो। [ kl-NP पृ. ९३ अनु. १०]

निम्नलिखित बाइबल पदहरूलाई तल दिइएका बयानहरूसित जोडा मिलाउनुहोस्‌:

गन्ती १६:४१, ४९; मत्ती १९:९; लूका २:३६-३८; कल. २:८; ३:१४

३१. साधु बन्‍नाले कुनै विशेष प्रकारको पवित्रता वा साँचो ज्ञानतर्फ डोऱ्‍याउँदैन। [ g-NP९७ ११/८ पृ. २९ अनु. ३]

३२. करणी गरेको खण्डमा मात्र धर्मशास्त्रीय आधारमा पारपाचुके र सम्भवतः पुनर्विवाह गर्ने स्वीकृति दिएको छ। [fy-NP पृ. १५९ अनु. १५]

३३. बुढेसकालमा पनि ईश्‍वरतान्त्रिक गतिविधिहरूमा बढी भाग लिंदा पति वा पत्नीको मृत्युको पीडा सहन मदत मिल्छ। [fy-NP पृ. १७०-१७१ अनु. २१ हेर्नुहोस्‌।]

३४. यहोवाले नियुक्‍त गर्नुभएका सेवकहरू मार्फत्‌ दिइएको न्यायको आलोचना गर्दा परिणाम विनाशकारी हुनसक्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP९६ ६/१५ पृ. २१ अनु. १३]

३५. निस्वार्थ प्रेमले विवाहित दम्पतीलाई एकअर्काको नजिक बनाउँछ र सबै कुरा एकअर्का तथा छोराछोरीको हितका लागि गर्ने प्रेरणा दिन्छ। [fy-NP पृ. १८७ अनु. ११]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने