सेवा सभा तालिका
सूचना: हाम्रो राज्य सेवकाई-को यस अंकदेखि सेवा सभा तालिकामा अर्को महिनाको पहिलो हप्ताको सेवा सभाको रूपरेखा पनि समावेश हुनेछ। हाम्रो राज्य सेवकाई पठाउन ढिला हुनसक्ने हुँदा यो काँटछाँट गरिएको हो।
डिसेम्बर ६ मा सुरु हुने हप्ता
गीत २०७
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।
१५ मि: “यहोवाजस्तै निष्पक्ष हुनुहोस्।” एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्नोत्तरद्वारा छलफल गर्नुहोस्। निष्पक्षताको अर्थ बताउनुका साथै यहोवाले कसरी त्यो देखाउनुहुन्छ र हामी आफ्नो सेवकाईमा कसरी निष्पक्ष हुनसक्छौं भनेर बुझाउनुहोस्।—अन्तरदृष्टि, खण्ड १, पृष्ठ ११९२, अनुच्छेद ४-७ हेर्नुहोस्।
२० मि: “यो त हामीले पहिल्यै सुनिसकेका कुरा होइन र?” भाषण र श्रोतासित छलफल। दोहऱ्याउनाले सत्य बुझ्न र त्यसको अझ बढी मूल्यांकन गर्न कसरी मदत गरेको छ, श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्।—प्रहरीधरहरा, जुलाई १५, १९९५, पृष्ठ २१-२ र अगस्त १, १९९३, पृष्ठ २१-२२, अनुच्छेद १०-१२ हेर्नुहोस्।
गीत २१८ र समापन प्रार्थना।
डिसेम्बर १३ मा सुरु हुने हप्ता
गीत १६८
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। चाडपर्वको बेलामा कसैले शुभकामना व्यक्त गर्दा कसरी कुशलतासाथ जवाफ दिने, केही सुझाउ दिनुहोस्। मण्डलीको स्टकमा महान पुरुष वा महान् शिक्षक पुस्तकहरू छन् भने क्रिसमसको बिदामा क्षेत्र सेवकाईमा ती पुस्तकहरू प्रभावकारी ढंगमा कसरी प्रस्तुत गर्न सकिन्छ, देखाउनुहोस्।
१५ मि: “सन् २००० को लागि ईश्वरतान्त्रिक सेवकाई स्कूल।” ईश्वरतान्त्रिक सेवकाई स्कूल निरीक्षकद्वारा भाषण। नयाँ वर्षको तालिकामा भएका निम्न परिवर्तनहरू याद गर्नुहोस्। असाइनमेन्ट न. ३ नयाँ विश्व अनुवाद-मा भएको “चर्चाका लागि बाइबल विषयहरू”-मा आधारित हुनेछ। असाइनमेन्ट न. ४ धर्मशास्त्रमाथि अन्तरदृष्टि पुस्तकमा भएका बाइबलका पात्रहरूबाटै हुनेछ अनि वर्षको अन्तिम तीन महिनाहरूमा “चर्चाका लागि बाइबल विषयहरू”-मा आधारित हुनेछ। यस असाइनमेन्टको अगाडि (#) चिह्न छ भने त्यसलाई भाइले प्रस्तुत गर्नुभए बेस हुनेछ। कृपया ध्यान दिनुहोस्, स्थानीय भाषाहरूको लागि भाषण न. ३ “चर्चाका लागि बाइबल विषयहरू” भन्ने पुस्तिकामा आधारित र भाषण न. ४ चाहिं प्रहरीधरहरा-बाट हुनेछ। सबैलाई नटुटाई साप्ताहिक बाइबल पढाइ गरिरहन र स्कूलका असाइनमेन्टहरू पूरा गर्न लगनशील हुन प्रोत्साहन दिनुहोस्।
२० मि: “नास्तिकसँग तपाईं कसरी कुरा गर्नुहुन्छ?” प्रश्नोत्तर। धेरैले परमेश्वरमा विश्वास गर्न छोड्नुका विभिन्न कारणहरू पुनरावलोकन गर्नुहोस्। परमेश्वरको अस्तित्व स्वीकार्नु तार्किक कुरा हो भनेर बुझ्ने मदत गर्न तिनीहरूसित कुरा गर्नसक्ने केही तरिकाहरू बताउनुहोस्। एक/दुइटा छोटो प्रदर्शनहरू देखाउनुहोस्। थप जानकारीको लागि, तर्क पुस्तकको पृष्ठ १४५-५१ र मानिसजातिद्वारा परमेश्वरको खोज, अध्याय १४ हेर्नुहोस्।
गीत २२० र समापन प्रार्थना।
डिसेम्बर २० मा सुरु हुने हप्ता
गीत २१९
१० मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई हालै क्षेत्र सेवकाईका केही रमाइला सान्दर्भिक अनुभवहरू बताउन लगाउनुहोस्।
१५ मि: वार्तालाप बाधकहरूलाई जवाफ दिने। श्रोतासित छलफल र प्रदर्शनहरू। तर्क पुस्तकको पृष्ठ १५-१६ मा दिइएका “टिप्पणीहरू” पढ्नुहोस्। पृष्ठ १६-२० मा दिइएका एक/दुइटा “वार्तालाप बाधकहरू” छान्नुहोस् अथवा तपाईंको क्षेत्रमा बारम्बार सुनिने अवरोधहरूको लागि सुहाउँदो प्रस्तुति चलाउनुहोस्। केही सुझावित प्रस्तुतिहरू पुनरावलोकन गर्नुहोस् र स्थानीय तवरमा ती किन प्रभावकारी हुनसक्छन् भनेर बुझ्नुहोस्। कुनै कुनै प्रस्तुतिहरूको छोटो प्रदर्शन गर्नुहोस्। श्रोतालाई राम्रा परिणामहरू पाएका प्रस्तुतिहरू बताउन लगाउनुहोस्।
२० मि: के मैले धार्मिक संगठनसित सम्बन्धित कार्यालयमा जागिर खानु ठीक होला? अप्रिल १५, १९९९, प्रहरीधरहरा, पृष्ठ २८-३० को विषयवस्तुमा आधारित प्राचीनद्वारा भाषण। केही मानिसहरूले त्यस्तो ठाउँमा जागिर खाँदा त्यो बाइबल सिद्धान्तअनुरूप नभएको महसुस गरेका छन्। कुनै धर्मसित सम्बन्धित ठाउँमा जागिर खाने निर्णय गर्दा हामीले ध्यान दिनुपर्ने प्रश्नहरू पुनरावलोकन गर्नुहोस्। यहोवासितको सम्बन्धमा कुनै बाधा नपुऱ्याउने मार्गमा लाग्न सबैलाई प्रोत्साहन दिनुहोस्।—२ कोरि. ६:३, ४, १४-१८.
गीत १०९ र समापन प्रार्थना।
डिसेम्बर २७ मा सुरु हुने हप्ता
गीत १६६
१० मि: स्थानीय घोषणाहरू। तपाईंको मण्डलीले नयाँ वर्षमा सभाको समय परिवर्तन गर्दैछ भने त्यो नयाँ समयमा पनि सभामा नियमित उपस्थित हुन आग्रह गर्दै सबैलाई प्रोत्साहन दिनुहोस्। समयमा कुनै हेरफेर भएमा बाइबल विद्यार्थी तथा अन्य इच्छुक व्यक्तिहरूलाई बताउनुहोस् र नयाँ तालिकाबारे जानकारी दिने हातेपर्चा चलाउनुहोस्। डिसेम्बर महिनाको क्षेत्र सेवकाई रिपोर्ट खसाल्न सबैलाई सम्झाउनुहोस्।
१५ मि: स्थानीय आवश्यकताहरू।
२० मि: जनवरीमा पुराना पुस्तकहरू वितरण गर्ने। यो भाग सेवा निरीक्षकले प्रस्तुत गर्नेछन्। भाषण र प्रस्तुतिहरू। मण्डलीको स्टकमा भएका दुई/तीनटा १९२ पृष्ठे पुस्तकहरू देखाउनुहोस् र क्षेत्र सेवकाईको लागि केही पुस्तकहरू लैजान प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्। (छैन भने जनवरीमा वितरण गर्नसक्ने अन्य प्रकाशनहरूबारे छलफल गर्नुहोस्।) साहित्यहरू वितरण गर्ने सरल प्रबन्ध अपनाएर कसरी साहित्य वितरण गर्न सकिन्छ, एक दुइटा प्रदर्शनद्वारा देखाउनुहोस्। बाइबलमा चासो जगाउन यी पुराना पुस्तकहरू अझै पनि किन प्रभावकारी छन् भनेर बुझाउनुहोस्। कुरा थाल्न प्रयोग गर्नसकिने हरेक पुस्तकमा भएका कुरा थाल्ने बुँदा र दृष्टान्तहरू प्रकाश पार्नुहोस्। एक/दुइटा प्रस्तुतिहरू प्रदर्शित गर्नुहोस्। इच्छुक व्यक्तिहरूसित अध्ययन सुरु गर्न चाहनुहुन्छ पुस्तिका चलाउन सकिन्छ।
गीत २२४ र समापन प्रार्थना।
जनवरी ३ मा सुरु हुने हप्ता
गीत १०
८ मि: स्थानीय घोषणाहरू।
१७ मि: कसरी जवाफ दिनुपर्छ, सो जान्नुहोस्। (कल. ४:६) भाषण तथा श्रोतासित छलफल। अरूलाई बाइबलको सत्य बताउने बाटो खोल्न तर्क पुस्तकले निकै मदत गर्छ। घरधनीले हाम्रो कुनै विश्वासप्रति आपत्ति जनाउँदा विश्वाससित सम्बन्धित बुँदाको परिच्छेदको अन्तमा भएको “यदि कसैले यसो भन्छ भने—” बुँदा चलाउनसक्छौं। पृष्ठ ६४-८ मा बाइबलबारे गरिएका टिप्पणीहरू छलफल गर्नुहोस् र सुझावित जवाफहरू किन प्रभावकारी हुनसक्छन् भनेर पनि छलफल गर्नुहोस्।
२० मि: “बुद्धिमानीसाथ हाम्रो साहित्य प्रयोग गर्नुहोस्।” प्रश्नोत्तरद्वारा छलफल। अनुच्छेद ७ छलफल गरेपछि अनुच्छेद ४-७ मा दिइएका केही सुझावहरू चलाएर दुइ/तीनटा छोटो प्रदर्शन प्रस्तुत गर्नुहोस्।
गीत ५६ र समापन प्रार्थना।