सेवा सभाको तालिका
सूचना: हाम्रो राज्य सेवकाई-ले आगामी महिनाहरूमा हर हप्ताका लागि सेवा सभाको तालिका बनाउनेछ। “परमेश्वरको वचन पालन गर्ने होओ” विषयक जिल्ला अधिवेशनमा भेला हुन मण्डलीहरूले आवश्यक काँटछाँट गर्न सक्छन्। सम्भव भएसम्म अधिवेशनअघिको अन्तिम सेवा सभामा १५ मिनेट यस महिनाको परिशिष्टबाट पालन गर्नैपर्ने सल्लाहहरू पुनरावृत्ति गर्नुहोस्। बिहान र दिउँसोका कार्यक्रमहरू सुरु हुनुअघि केही समय कार्यक्रम पर्चीमा हेर्न र के के छलफल गरिनसक्छ सो अनुमान गर्न सबैलाई प्रोत्साहन दिनुहोस्। यसो गर्नाले कार्यक्रममा ध्यान केन्द्रित गर्न र छोटो तर अर्थपूर्ण नोटहरू लिन सजिलो हुन्छ। अधिवेशन पछिका दुई/चार हप्ता सेवा सभाको तालिकामा ३० मिनेट छुट्याएर कार्यक्रमका विशेषताहरू पुनरावृत्ति गर्नुपर्छ। यो भाग सञ्चालन गर्न छानिएका तीन जना योग्य भाइहरूले छोटो छोटो टिप्पणी तयार गर्नुपर्छ। त्यस्ता टिप्पणीहरूद्वारा अधिवेशनमा सिकेका कुराहरू व्यक्तिविशेषको जीवन र क्षेत्र सेवकाईमा कसरी लागू हुन्छ भन्ने कुरामा जोड दिन सकिन्छ। एक/दुईवटा छोटो अनुभव छानेर बताउन सकिन्छ। सबैले राम्ररी तयारी गर्नु सेवा सभाको यस भागलाई चाखलाग्दो र निर्देशनमूलक बनाउन नभई नहुने कुञ्जी हो।
सेप्टेम्बर ११ मा सुरु हुने हप्ता
गीत १३९
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।
१५ मि: “यहोवाको आशिष्ले हामीलाई सम्पन्न तुल्याउँछ।” एक मिनेटभन्दा छोटो परिचय दिएपछि प्रश्नोत्तरद्वारा छलफल गर्नुहोस्।—इन्साइट, खण्ड २, पृष्ठ ८०४, अनुच्छेद ६-७ हेर्नुहोस्।
२० मि: “पर्चा प्रयोग गरेर कुराकानी सुरु गर्नुहोस्।” तपाईंको क्षेत्रमा प्रायःजसो प्रयोग हुने चारवटा पर्चाहरूको पुनरावृत्ति गर्नुहोस्। हरेक पर्चामा दिइएका जवाफहरूतिर ध्यानाकर्षण गर्ने प्रश्नहरू उठाउनुहोस्। वार्तालाप सुरु गर्न र सम्भाव्य बाइबल अध्ययन सुरु गर्न कसरी ती प्रश्नहरू चलाउन सकिन्छ, श्रोताहरूलाई बताउन आग्रह गर्नुहोस्। यस महिना प्रस्तुत गरिने साहित्यसँग दुईवटा पर्चाहरू प्रस्तुत गर्न ती प्रश्नहहरू कसरी चलाउन सकिन्छ, प्रदर्शन गरेर देखाउनुहोस्।
गीत ५७ र समापन प्रार्थना।
सेप्टेम्बर १८ मा सुरु हुने हप्ता
गीत २
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१५ मि: गतवर्ष हामीले कस्तो गऱ्यौं? सेवा निरीक्षकबाट भाषण। सन् २००० सेवा वर्षको मण्डलीको रिपोर्टका विशेषताहरू पुनरावृत्ति गर्नुहोस्। राम्रा उपलब्धिहरूको सराहना गर्नुहोस्। उन्नति गर्नुपर्ने बुँदाहरू बताउनुहोस्। सभामा उपस्थित हुन, बाइबल अध्ययन सञ्चालन गर्न र क्षेत्र सेवकाईमा नियमित हुन, मण्डलीले के कसो गऱ्यो त्यसमा ध्यान खिच्नुहोस्। आउँदो वर्षका लागि राख्न सकिने व्यावहारिक लक्ष्यबारे बताउनुहोस्।
२० मि: “थुप्रैको जीवन खतरामा छ!” श्रोताहरूसित छलफल। यस लेखमा उल्लेख गरिएका शास्त्रपदहरू स्पष्ट पार्नुहोस्।
गीत ३० र समापन प्रार्थना।
सेप्टेम्बर २५ मा सुरु हुने हप्ता
गीत ९३
१५ मि: स्थानीय घोषणाहरू। सेप्टेम्बर महिनाको क्षेत्र सेवकाई रिपोर्ट खसाल्न प्रकाशकहरूलाई सम्झाउनुहोस्। प्रश्न पेटीको पुनरावलोकन गर्नुहोस्।
१५ मि: “के तपाईं पवित्र कुराहरूको मूल्यांकन गर्नुहुन्छ?” प्राचीनद्वारा भाषण। जिल्ला अधिवेशनमा तीनै दिन उपस्थित हुनु किन महत्त्वपूर्ण छ, त्यसको कारणमाथि जोड दिनुहोस्।
१५ मि: “जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्।” प्रश्नोत्तरद्वारा छलफल। कोठाको व्यवस्था मिलाउँदा पालन गर्नुपर्ने निर्देशन कसै कसैले नमान्दा आइपर्नसक्ने केही समस्याहरूबारे बताउनुहोस्। स्थानीय तवरमा उपयोगी हुने केही बुँदाहरू समावेश गर्नुहोस्।
गीत २०१ र समापन प्रार्थना।
अक्टोबर २ मा सुरु हुने हप्ता
गीत १६९
५ मि: स्थानीय घोषणाहरू।
१० मि: हाम्रा पत्रिकाहरूको महत्त्व घट्दैन। प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरूको पुराना अंकहरू थाक पर्न थाल्यो भने तपाईं के गर्नुहुन्छ? केही प्रकाशकहरू अब त्यो पुरानो भइसक्यो भनेर मिल्काउने विचार गर्दाहून्। त्यसको सट्टा सेप्टेम्बर १९९३ को हाम्रो राज्य सेवकाई पृष्ठ ३ ले हामीलाई ती पुराना अंकहरू पनि आफूसँग लगेर सम्भव भएको बेला प्रस्तुत गर्नु भन्ने आग्रह गरेको थियो। तपाईंले पुरुष, स्त्री, पेसेवर मानिसहरू, वृद्ध, जवानहरूका लागि उपयुक्त समसामयिक लेखहरू लिनुहोस् र मौका पाउने बित्तिकै प्रस्तुत गर्न मिल्ने गरी राख्नुहोस्। लेखहरू कसरी छान्न र प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन गरेर देखाउनुहोस्। पुराना पत्रिकाहरू प्रस्तुत गरेर प्रकाशकहरूले पाएको सफलताका अनुभवहरू बताउनुहोस्।
१५ मि: “पवित्र वाणीमा ध्यान दिनुहोस्।” प्रश्नोत्तर। कार्यक्रम सुरु हुँदा हामी आ-आफ्नो सिटमा बसिसक्नुपर्ने कारणमा जोड दिनुहोस्।
१५ मि: “परमेश्वरको महिमा गर्ने असल चालचलन कायम राख्नुहोस्।” प्राचीनले परिवारसित यो लेख छलफल गर्नेछन्। तिनीहरूले सार्वजनिक ठाउँहरूमा व्यवस्थित, असल बानी, सर-सफाइ, उदाहरणीय रूपरंग र राम्रो चालचलन कायमै राख्न गर्नुपर्ने कुराहरू पुनरावलोकन गर्नेछन्।
गीत २०३ र समापन प्रार्थना।