घोषणाहरू
◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। गृह बाइबल अध्ययन सुरु गर्नको लागि विशेष प्रयत्न गरिनेछ। अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका। घरधनीहरूले चाहेको खण्डमा विश्वव्यापी कार्यका लागि अनुदान दिन सक्छन् भनी प्रकाशकले तिनीहरूलाई जानकारी दिनुपर्छ। चासो देखाएको ठाउँमा, बाइबल अध्ययन सुरु गर्ने विशेष प्रयत्न गर्दै चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्। जून: परमेश्वर हामीबाट के चाहनुहुन्छ? वा ज्ञान जसले अनन्त जीवन तर्फ डोऱ्याउँछ। यदि घरधनीसँग यी प्रकाशनहरू छन् भने, मण्डलीको स्टकमा भएका अन्य कुनै सुहाउँदो पुस्तिका प्रस्तुत गर्नुहोस्।
◼ अप्रिल महिनामा सहायक अग्रगामी गर्न इच्छुक प्रकाशकहरूले अहिल्यै योजना बनाउनुपर्छ र चाँडै निवेदन दिनुपर्छ। यसो गर्दा क्षेत्र सेवकाईका लागि आवश्यक प्रबन्धहरू मिलाउन र पर्याप्त मात्रामा पत्रिका तथा साहित्यहरूको प्रबन्ध गर्न प्राचीनहरूलाई सजिलो हुनेछ। सहायक अग्रगामी गर्न स्वीकृत सबै प्रकाशकहरूको नाम मण्डलीमा हरेक महिना घोषणा गर्नुपर्छ।
◼ स्मरणार्थ उत्सव बिहीबार, मार्च २८, २००२ मा मनाइनेछ। यदि तपाईंको मण्डलीमा बिहीबार सभा हुन्छ र राज्यभवन मिल्छ भने ती सभाहरूलाई हप्ताको अरू दिनमा सार्नुहोस्। यसो गर्न सम्भव छैन वा तपाईंको सेवा सभामा यसले असर गर्छ भने, मण्डलीमा विशेष गरी लागू हुने मुख्य भागहरू अर्को सेवा सभामा समावेश गर्न सकिन्छ।
◼ प्रकाशकहरूले पठाएका व्यक्तिगत साहित्य मागलाई शाखा कार्यालयले सदर गर्दैन। व्यक्तिगत साहित्य मगाउन चाहने सबैले साहित्य सम्हाल्ने भाइलाई जानकारी दिन सकून् भन्ने हेतुले प्रत्येक महिना शाखालाई साहित्य अर्डर पठाउनुअघि मण्डलीका अध्यक्षले त्यसबारे घोषणा गर्ने प्रबन्ध मिलाउनुपर्छ। कुन-कुन प्रकाशनहरू विशेष आवेदनअन्तर्गत पर्छन्, कृपया ध्यान दिनुहोस्।
◼ मण्डलीले प्रर्याप्त मात्रामा जेहेभाज् विट्नेसेज एण्ड एजुकेशन नामक पुस्तिका आवश्यक विभिन्न भाषाहरूमा मगाउनुपर्छ। यसो गरेको खण्डमा मे महिनाको अन्त र जून महिनाको सुरुमा नयाँ शैक्षिक सत्र सुरु हुँदा आमाबाबु तथा स्कूल जाने बच्चाहरूसित यो पुस्तिका हुनेछ।
◼ पत्रिका तथा साहित्यहरूको मुद्रण तथा ढुवानीमा लाग्ने खर्चलाई ध्यानमा राख्दै, निम्न कुराहरूमा नियुक्त भाइ तथा प्रकाशकहरूले ध्यान दिंदा सोसाइटीलाई आर्थिक रूपमा मदत पुग्नेछ:
सेप्टेम्बर १, २००१ मा मण्डलीहरूबाट प्राप्त एनुअल लिट्रेचर इन्भेन्ट्रीले देखाएअनुसार थुप्रै मण्डलीहरूमा धेरै वर्षसम्मलाई पुग्ने गरी प्रशस्त मात्रामा पुस्तक तथा पुस्तिकाहरू स्टकमा छन्। तर यस्ता मण्डलीहरूबाट अझै पनि साहित्यहरूको माग प्राप्त भइरहेको छ। नयाँ साहित्यहरू माग गर्नुभन्दा पहिला, स्टकमा भएका साहित्यहरू नै प्रयोग गर्न सबै मण्डलीहरूलाई सल्लाह दिइन्छ। मण्डलीहरूलाई लगभग तीन महिनाको लागि मात्र पुग्ने गरी साहित्यहरू स्टकमा राख्न प्रोत्साहन दिइन्छ। त्यसैकारण, मण्डलीमा चाहिनेभन्दा बढी साहित्यहरू स्टकमा छैनन् भन्ने कुरा सोसाइटीलाई साहित्य माग पठाउनुभन्दा पहिला सेवा निरीक्षक आफैले पक्का गर्नुपर्छ।
आफ्नो मण्डलीमा पत्रिकाहरू थुप्रिन नदिनका लागि सचिव र सेवा निरीक्षक सजग हुनुपर्छ। पत्रिकाहरू थुप्रिएका छन् भने जतिसक्दो चाँडो यसलाई वितरण गर्नको लागि विशेष प्रबन्ध मिलाउनुपर्छ र पत्रिकाको संख्या घटाएर शाखा कार्यालयलाई पुनः अर्डर पठाउनुपर्छ। पत्रिका तथा साहित्यहरू प्रकाशकको घरमा पनि थुप्रिनुहुँदैन। सबै प्रकाशकहरूले आफ्नो व्यक्तिगत प्रयोग र क्षेत्रमा वितरणको लागि चाहिने जति मात्र पत्रिका मगाउनुपर्छ।
◼ भारत शाखा कार्यालय बेंग्लोरस्थित आफ्नै नयाँ भवनमा सर्ने भएकोले कृपया याद गर्नुहोस्, सन् २००२ मार्चको मध्यदेखि अप्रिलको मध्यसम्म मण्डलीहरूमा साहित्य तथा पत्रिकाहरूको माग पठाइनेछैन।