सेवा सभाको तालिका
मे १३ मा सुरु हुने हप्ता
गीत ३७
१५ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ८ का सुझाउहरू चलाउँदै मे ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं।) र मे १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ भनी छुट्टाछुट्टै प्रदर्शन गरेर देखाउनुहोस्। प्रत्येक प्रदर्शनमा “म व्यस्त छु” भन्ने वार्तालाप बाधकलाई जवाफ दिने विभिन्न तरिका देखाउनुहोस्।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकाको पृष्ठ ११ हेर्नुहोस्।
१० मि: “के तपाईं हाम्रा साहित्यहरूको मूल्यांकन गर्नुहुन्छ?” प्राचीनद्वारा प्रोत्साहनदायी भाषण।
२० मि: “‘परमेश्वरको राज्यका जोसिला उद्घोषकहरू’ यहोवाका साक्षीहरूको जिल्ला अधिवेशन सन् २००२।”a यसलाई मण्डलीको सचिवले सञ्चालन गर्नुपर्छ। ठूलठूला जमघटहरूले बाइबलकालीन समयदेखि अहिलेसम्मका परमेश्वरका जनहरूलाई बलियो बनाउन ठूलो भूमिका खेलेको छ। (प्रोक्लेमर्स पुस्तकको पृष्ठ २५४, अनुच्छेद १-३ र इन्साइट खण्ड १, पृष्ठ ८२१, अनुच्छेद ५ हेर्नुहोस्।) यस वर्षको जिल्ला अधिवेशनको तीनै दिन उपस्थित हुन अहिल्यैदेखि तयारी गर्ने काम सुरु गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
गीत ११५ र समापन प्रार्थना।
मे २० मा सुरु हुने हप्ता
गीत १३
१२ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। प्रश्न पेटी पुनरावलोकन गर्नुहोस्।
१० मि: हाम्रो मसीही तटस्थता कायम राख्ने। योग्य प्राचीनद्वारा भाषण। स्कूलमा, काम गर्ने ठाउँमा र छरछिमेकमा देशभक्ति प्रदर्शन गर्ने लहर नै चलेको छ। यसो गर्न प्रोत्साहित गर्ने धेरैले यो देशमा दुःखलाग्दा घटनाहरू घट्दा उत्पन्न हुने फिक्री र शोक सामना गर्ने एउटा माध्यम हो भन्ने गर्छन्। संसारमा भइरहेका कुरा देखेर हामी पनि दुखित त हुन्छौं तर ब्रह्माण्डीय सार्वभौमिकताको ठूलो विवादबारे हामीलाई थाह छ र हामी राज्य सन्देशद्वारा सान्त्वना पाउँछौं। राष्ट्रवादी गतिविधिहरूमा हामी किन भाग लिंदैनौं भनेर अरूलाई कौशलतासाथ बताउँदा, परमेश्वरको वचनमा हामीले पाएका सान्त्वना र आशा पनि बताउनुपर्छ। जेहोभाज् विट्नेसेज एण्ड एजुकेशन भन्ने पुस्तिकाको “झन्डा सलामी” उपशीर्षकअन्तर्गत पृष्ठ २०-४ ले हामी राष्ट्रिय उत्सवहरूमा भाग नलिनुको कारण बताउँछ। मुख्य बुँदाहरू छलफल गर्नुहोस् र आमाबाबुहरूलाई यो जानकारी होसियारीसाथ आफ्ना छोराछोरीसित पुनरावृत्ति गर्न प्रोत्साहन दिनुहोस्। पुस्तिकाको पृष्ठ २० र जनवरी ८, १९९६, अवेक!-को पृष्ठ ३१ मा दिइएका अनुभवहरू बताउनुहोस्। सरकारी अख्तियारवालाको आदर गर्नुका साथसाथै यहोवालाई ऐकान्तिक भक्ति चढाउनुको आवश्यकतालाई जोड दिनुहोस्।
८ मि: स्थानीय आवश्यकता।
१५ मि: “स्वच्छताले परमेश्वरको आदर गर्छ।” प्राचीनले यो लेख श्रोताहरूसित छलफल गर्छन्। फेब्रुअरी १, २००२, प्रहरीधरहरा, पृष्ठ ६-७ मा दिइएको जानकारी छोटकरीमा पुनरावलोकन गरेर टुंग्याउनुहोस्।
गीत १६९ र समापन प्रार्थना।
मे २७ मा सुरु हुने हप्ता
गीत २०८
१२ मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई मे महिनाको क्षेत्र सेवकाई रिपोर्ट दिन सम्झाउनुहोस्। पृष्ठ ८ को सुझाउलाई चलाउँदै मे ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं।) कसरी प्रस्तुत गर्ने भनी एक जना कम उमेरको प्रकाशकलाई र जून १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्ने भनी एक जना पाको उमेरका प्रकाशकलाई प्रदर्शन गर्न लगाउनुहोस्। हरेक प्रदर्शनपछि प्रस्तुतिमा शास्त्रपद कसरी सजिलै चलाइएको थियो भनेर टिप्पणी गर्नुहोस्।
१५ मि: “के तपाईंको मण्डलीसँग पर्याप्त इलाका छ?” सेवा निरीक्षकद्वारा भाषण तथा श्रोताहरूसित छलफल। मण्डलीको इलाका कति छ र गत वर्ष यसको कति भाग ढाकियो, बताउनुहोस्। दिइएको सुझाउ कसरी स्थानीय तवरमा लागू गर्न सकिन्छ, बताउनुहोस्। चाँडै नै कहिलेकाहीं मात्र प्रचार गरिएको इलाकालाई पूरै ढाक्न तयार पारिएको योजना पुनरावलोकन गर्नुहोस्।
१८ मि: “के तपाईंले अध्ययन सुरु गर्न चाहनुहुन्छ पुस्तिका चलाइरहनुभएको छ?” (यस छलफलको लागि सबैसँग जनवरी २००२ को हाम्रो राज्य सेवकाई-को परिशिष्ट हुनुपर्छ।) अनुच्छेद ३ मा दिइएको उदाहरणलाई चलाउँदै राम्रो तयारी गरेका प्रकाशकलाई अध्ययन कसरी सुरु गर्ने, प्रदर्शन गर्न लगाएर यो भाग सुरु गर्नुहोस्। त्यसपछि, पुस्तिकाका विशेषताहरू बताउनुहोस् र अध्ययन सुरु गर्न यो कति राम्ररी तयार गरिएको छ भनी उल्लेख गर्नुहोस्। जनवरी २००२ को परिशिष्टमा दिइएका प्रस्तुतिहरूलाई पुनरावलोकन गर्नुको महत्त्व प्रकाश पार्नुहोस्। कुन सुझाउहरू सफलतासाथ प्रयोग गर्न सकेका छन् भनी श्रोताहरूलाई सोध्नुहोस्। माथि भनिएको प्रदर्शन फेरि गर्न लगाएर भाषण टुंग्याउनुहोस्।
गीत ९३ र समापन प्रार्थना।
जून ३ मा सुरु हुने हप्ता
गीत १७८
१५ मि: स्थानीय घोषणाहरू। मार्च, अप्रिल वा मे महिनाको दौडान सहायक वा नियमित अग्रगामी कार्य गर्दा आफूले अनुभव गरेका आशिष्हरूबारे बताउन प्रकाशकहरूको प्रबन्ध मिलाउनुहोस्।
१५ मि: रीजनिङ पुस्तकले कसरी अरू बाइबल अनुवादहरू प्रयोग गर्छ। छोटो भाषणपछि श्रोताहरूसँग छलफल गर्नुहोस्। रीजनिङ पुस्तकको पृष्ठ ८ को अनुच्छेद २ पढ्नुहोस् र हाम्रो सेवकाईमा किन र कसरी बाइबल प्रयोग गर्नुपर्छ भनी बताउनुहोस्। पृष्ठ ६ मा भएको बाइबल अनुवादहरूको संक्षेपीकरणको सूची देखाउनुहोस् र अरू अनुवादहरूका अभिव्यक्तिहरू हामी किन प्रयोग गर्छौं, बताउनुहोस्। अक्टोबर १, १९९७, प्रहरीधरहरा, पृष्ठ १६, अनुच्छेद २ र पृष्ठ २०, अनुच्छेद १५ मा दिइएका सम्झौटाहरू छलफल गर्नुहोस्। रीजनिङ पुस्तकमा “प्रेरितहरूको उत्तराधिकारी,” “मूर्तिहरू” र “त्रिएक” जस्ता विषयहरू चलाएर सत्य सिकाउँदा अन्य अनुवादहरू तुलना गरेर हेर्नु कसरी मदतकारी हुन सक्छ, श्रोताहरूलाई उदाहरण दिन आमन्त्रित गर्नुहोस्।
१५ मि: “हाम्रो विश्वासले हामीलाई सुकर्म गर्न उत्प्रेरित गर्छ।”bअनुच्छेद २ छलफल गर्दा एक जना जोसिलो साक्षीको छोटो अन्तरवार्ता लिनुहोस्। अरूलाई साक्षी दिंदा कसरी आफ्नो विश्वास प्रदर्शन हुनुका साथै बलियो हुन्छ प्रकाशकलाई बताउन लगाउनुहोस्।
गीत ५६ र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्नोत्तरद्वारा छलफल गर्नुहोस्।