सेवा सभाको तालिका
सूचना: अधिवेशन महिनाहरूको दौडान प्रत्येक हप्ताको लागि हाम्रो राज्य सेवकाई-मा सेवा सभाको तालिका दिइनेछ। “परमेश्वरको राज्यका जोसिला उद्घोषकहरू” विषयक जिल्ला अधिवेशनमा उपस्थित हुनको लागि मण्डलीहरूले आवश्यक छाँटकाँट गर्न सक्छन्। उपयुक्त भएमा, यस महिनाको परिशिष्टमा दिइएअनुसार स्थानीय तवरमा लागू हुने सल्लाहहरू पुनः दोहोऱ्याउनको लागि अधिवेशनअघिको सेवा सभामा १५ मिनेट छुट्याउनुहोस्। जनवरी महिनाको दौडान, अधिवेशन कार्यक्रमका विशेषताहरू पुनरावलोकन गर्न एउटा पूरै सेवा सभा छुट्याइनेछ। त्यस छलफलको तयारीको लागि हामी सबै जनाले अधिवेशनमा अर्थपूर्ण टिपोटहरू लिनुका साथै आफ्नो व्यक्तिगत जीवनलगायत क्षेत्र सेवकाईमा प्रयोग गर्न चाहने खास-खास बुँदाहरूको सूची बनाउन सक्छौं। तब भने अधिवेशनमा उपस्थित भएदेखि यता हामीले ती सुझाउहरू कसरी लागू गरेका छौं भनी बताउन सक्नेछौं। प्राप्त असल निर्देशनबाट कसरी लाभ उठाए भन्ने कुरा एकअर्काको मुखबाट सुन्न पाउँदा सबैको लागि त्यो उत्थानदायी हुनेछ।
सेप्टेम्बर ९ मा सुरु हुने हप्ता
गीत २०९
१२ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ८ का सुझाउहरू चलाउँदै सेप्टेम्बर ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं।) र सेप्टेम्बर १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ भनी छुट्टाछुट्टै प्रदर्शन गरेर देखाउनुहोस्। प्रत्येक प्रदर्शनमा “मलाई यहोवाका साक्षीहरूमा चासो छैन” भन्ने वार्तालाप बाधकलाई जवाफ दिने विभिन्न तरिका देखाउनुहोस्।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकाको पृष्ठ ९-१० हेर्नुहोस्।
१६ मि: “यहोवाको महिमा गर्न अरूलाई मदत गर्ने।”a समयले भ्याएमा रीजनिङ पुस्तक, पृष्ठ १९६-९ का एक वा दुईवटा व्यावहारिक बुँदा उल्लेख गर्नुहोस्।
१७ मि: हामीले गत वर्ष कस्तो गऱ्यौं? सेवा निरीक्षकद्वारा भाषण। सन् २००२ सेवा वर्षको मण्डलीको रिपोर्टका मुख्य बुँदाहरू प्रकाश पार्नुहोस्। राम्रा उपलब्धिहरूको लागि सबैको सराहना गर्नुहोस्। अझ प्रगति गर्न व्यावहारिक सुझावहरू दिंदै सभाहरूमा उपस्थित हुन, पुनःभेट तथा बाइबल अध्ययन गतिविधिमा अनि सहायक अग्रगामी सेवामा मण्डलीले के-के गरेका छन्, त्यसमाथि जोड दिनुहोस्। आगामी वर्षको लागि व्यावहारिक लक्ष्यहरू राख्नुहोस्।
गीत १४९ र समापन प्रार्थना।
सेप्टेम्बर १६ मा सुरु हुने हप्ता
गीत ३७
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१७ मि: “प्रोत्साहनको विशेष आदानप्रदान।” भाषण। जिल्ला अधिवेशनमा उपस्थित हुन मूल्यांकन बढाउनुहोस्। सबै कार्यक्रममा पहिलो दिनको बिहानदेखि तेस्रो दिनको अपराह्नसम्मै उपस्थित हुन सबैलाई आग्रह गर्नुहोस्।
१८ मि: “भलाइ गर्ने चेष्टा गर।”b हाम्रै सुविधाको लागि गरिएका आवासको प्रबन्धमा सहयोग गर्नुको आवश्यकतामाथि जोड दिनुहोस्। अनुच्छेद २ मा भएका छवटा सम्झौटालाई जोड दिनुहोस्। प्रत्येकको असल आचरण किन अनिवार्य छ, उल्लेख गर्नुहोस्।
गीत ११५ र समापन प्रार्थना।
सेप्टेम्बर २३ मा सुरु हुने हप्ता
गीत १३
१२ मि: स्थानीय आवश्यकताहरू। अर्को हप्ताको सेवा सभाको लागि तयारी गर्न, गएको क्षेत्रीय सम्मेलनमा टिपेका टिपोटहरू पुनरावृत्ति गर्न सबैलाई प्रोत्साहन दिनुहोस्। पृष्ठ ८ का सुझाउहरू चलाएर सेप्टेम्बर ८ को (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं।) ब्यूँझनुहोस्! एक जना सेवकाई सेवकलाई र अक्टोबर १ को प्रहरीधरहरा प्राचीनलाई कसरी प्रस्तुत गर्न सकिन्छ भनी प्रदर्शन गरेर देखाउन लगाउनुहोस्। प्रत्येक प्रदर्शनपछि घरधनीको चासो जगाउन भनिएका सुरुका वाक्य फेरि एक चोटि दोहोऱ्याउनुहोस्।
१५ मि: “आफ्नो आध्यात्मिक आवश्यकता पूरा गर्नुहोस्।” भाषण तथा श्रोताहरूसित छलफल। अधिवेशन कार्यक्रममा किन सबैले एकाग्रचित्त भएर ध्यान दिनुपर्छ, कारणहरू छलफल गर्नुहोस्। आफूले सिकेका कुरा एउटा कानले सुनेर अर्को कानबाट उडाउनुको सट्टा आफ्नो जीवनमा लागू गर्नुको महत्त्वलाई जोड दिनुहोस्। जनवरीमा सेवा सभाको लागि गरिएको प्रबन्धबारे माथि दिइएको सूचनामा ध्यान दिनुहोस्। त्यतिखेर जिल्ला अधिवेशनका विशेषताहरू पुनरावलोकन गरिनेछ। सबैलाई टिपोट लिन प्रोत्साहन दिनुहोस्। गत वर्षको कार्यक्रमबाट उठाएका लाभहरूबारे केही टिप्पणीहरू दिन आमन्त्रित गर्नुहोस्।
१८ मि: “स्वच्छताले यहोवाको महिमा गर्छ।”c यसलाई प्राचीनले सञ्चालन गर्नुपर्छ। तिनले छलफलपछि प्रत्येक अनुच्छेद पढ्नेछन्। अधिवेशन अवधिभरि सरसफाइ कायम राख्नु र सर्वसाधारणको अगाडि हाम्रो बाहिरी रूपरंगबारे सजग हुनु किन महत्त्वपूर्ण छ, त्यसबारे विचार गर्न सबैलाई मदत गर्नुहोस्।
गीत १६९ र समापन प्रार्थना।
सेप्टेम्बर ३० मा सुरु हुने हप्ता
गीत १०७
५ मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई सेप्टेम्बर महिनाको क्षेत्र सेवा रिपोर्ट दिन सम्झाउनुहोस्।
१५ मि: केले हाम्रो पत्रिकालाई बेजोड बनाउँछ? भाषण तथा श्रोताहरूसित छलफल। अक्टोबरको दौडान हामी प्रहरीधरहरा र ब्यूँझनुहोस्! प्रस्तुत गर्नेछौं। पत्रिकाहरू बेजोड हुनुका कारणहरू छलफल गर्नुहोस्: (१) तिनीहरूले यहोवाको नाउँ उच्च पार्छन्। (२) तिनीहरूले येशूमा विश्वास गर्न प्रोत्साहन दिन्छन्। (३) तिनीहरूले परमेश्वरको राज्यबारे घोषणा गर्छन्। (४) तिनीहरूले मुख्य आधारको रूपमा बाइबलप्रति ध्यान खिच्छन्। (५) तिनीहरूले बाइबल भविष्यवाणीको पूर्तीबारे बताउँछन्। (६) तिनीहरूले विश्व घटनाहरू घट्नुको साँचो कारण बताउँछन्। (७) तिनीहरूले आजका विद्यमान समस्याहरूको कसरी सामना गर्ने भनी देखाउँछन्। (८) तिनीहरूले जीवनका हरेक क्षेत्रका मानिसहरूको चासो जगाउँछन्। (९) तिनीहरू राजनैतिक मामिलामा तटस्थ रहन्छन्। दुईवटा छोटो प्रदर्शन प्रस्तुत गर्नुहोस्। दुवै प्रदर्शनमा यी बुँदाहरूमध्ये कुनै एक कुराकानी सुरु गर्न कसरी प्रयोग गर्न सकिन्छ भनी देखाउनुहोस्।
२५ मि: “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ।” (प्रका. १४:७) गत सेवा वर्षको दौडान सम्पन्न भएका क्षेत्रीय सम्मेलन कार्यक्रम पुनरावलोकन गर्दै भाषण तथा श्रोताहरूसित छलफल। उक्त सम्मेलनमा सिकेका मुख्य बुँदाहरूबारे र आफूले त्यसलाई कसरी व्यक्तिगत वा पारिवारिक समूहमा लागू गरेका छन्, त्यसबारे टिप्पणी गर्न मण्डलीलाई आमन्त्रित गर्नुहोस्। (टिप्पणीको लागि भाइबहिनीहरूलाई पहिल्यै खटाउन सकिन्छ।) कार्यक्रमका यी भागहरूलाई स्पष्ट पार्नुहोस्: (१) “नयाँ व्यक्तिहरूलाई परमेश्वरको भय खेती गर्न मदत गर्नुहोस्।” स्मरणार्थ उत्सवमा उपस्थित भएका नयाँ व्यक्तिहरूलाई प्रगति गर्न र यहोवाका सक्रिय सेवकहरू हुन हामी कसरी मदत गर्न सक्छौं? (२) “यहोवाको भय मान्नु भनेको खराबीलाई घृणा गर्नु हो।” (w८७ ४/१५ १६-१८) यहोवाले घृणा गर्नुहुने कुराहरू अर्थात् घमण्ड, झूट, भौतिक कुराहरू, हानिकारक मनोरञ्जन र इन्टरनेटको दुरुपयोग नगर्न हितोपदेश ६:१६-१९ ले हामीलाई कसरी मदत गर्छ? (३) “तपाईं जसलाई प्रेम गर्नुहुन्छ, तिनीहरूसित अझ नजिक हुनुहोस्।” हामी यहोवा, येशू, परिवारका सदस्यहरू र मण्डलीका अरू व्यक्तिहरूलाई प्रेम गर्छौं; उनीहरूसित नजिक हुँदा हामी कसरी संसारदेखि सुरक्षित हुन्छौं? (४) “यहोवाको डर मान्नुहोस्, मानिसको होइन।” यहोवालाई दुःखी तुल्याउने डरले तपाईंलाई कसरी प्रचारकार्यमा निडर हुन, काम गर्ने ठाउँ वा स्कूलमा ईश्वरीय सिद्धान्तअनुरूप चल्न वा हाकिमले सभा, सम्मेलन तथा अधिवेशनहरू छुटाउने दबाउ दिंदा त्यसको प्रतिरोध गर्न मदत गरेको छ? (५) “सबै कुरा परमेश्वरको महिमाको निम्ति गर्नुहोस्।” (भजन ११९:३७; हिब्रू ४:१३) अत्यधिक पिउने, अश्लील कुराहरू हेर्ने वा अन्य गोप्य पापहरू नगर्न परमेश्वरको डरले हामीलाई किन रोक्नुपर्छ? (६) “यहोवाको डर मानेर अघि बढिरहनुहोस्।” तपाईंको जीवनमा यहोवाको आत्मा पूर्ण रूपमा परिचालन हुन उहाँले तपाईंलाई कसरी आशिष् दिनुभएको छ?—भजन ३१:१९; ३३:१८; ३४:९, १७; १४५:१९.
गीत १७१ र समापन प्रार्थना।
अक्टोबर ७ मा सुरु हुने हप्ता
गीत १२९
१० मि: स्थानीय घोषणाहरू।
१५ मि: “ईश्वरतान्त्रिक स्रोत-साधनको लागि मूल्यांकन देखाउनुहोस्”d यसलाई प्राचीनले सञ्चालन गर्नुपर्छ। स्थानीय तवरमा देखिएका तथा मण्डलीले हाम्रो साहित्य बुद्धिमानीपूर्वक प्रयोग गर्न के गर्न सक्छन् भन्ने विषयमा टिप्पणीहरू समावेश गर्नुहोस्। आफूलाई चाहिनेभन्दा बढी साहित्य नमगाउन सबैलाई आग्रह गर्नुहोस्। विश्वव्यापी कार्यलाई आर्थिक तवरमा सहयोग गर्ने कुरालाई नबिर्सिनुहोस्।
२० मि: “‘व्यर्थको’ कुरापछि नलाग्नुहोस्।”e अनुच्छेद ४ छलफल गरिसकेपछि, नोभेम्बर १९९९ को हाम्रो राज्य सेवकाई परिशिष्टमा भएको अनुच्छेद ३०-२ का टिप्पणीहरू समावेश गर्नुहोस्। अनुच्छेद ५ छलफल गर्दा अक्टोबर १, १९९४ को वाचटावर, पृष्ठ ८ मा दिइएको पेटीका टिप्पणीहरू समावेश गर्नुहोस्। अनुच्छेद ६ सँगसँगै नोभेम्बर १९९९ को परिशिष्टमा भएको अनुच्छेद १८ पढ्नुहोस्।
गीत १०५ र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
e एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।