सेवा सभाको तालिका
जनवरी १३ मा सुरु हुने हप्ता
गीत ६९
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठमा ४ मा दिइएका सल्लाहहरू चलाउँदै जनवरी ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं) र जनवरी १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्ने भनी दुइटा छुट्टाछुट्टै प्रदर्शन गरेर देखाउनुहोस्। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्!-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ।
१५ मि: विनावचनले प्राप्त गरेको जीत। भाषण र श्रोतागणसित छलफल। असल मसीही आचारण एउटा सशक्त साक्षी हो। यसले बेग्लै धर्म मान्ने पति, पत्नीहरूलाई यहोवाको उपासक हुन उत्प्रेरित गरेको छ। (१ पत्रु. ३:१, २) जनवरी १, १९९९ प्रहरीधरहरा, पृष्ठ ४; अक्टोबर १, १९९५, प्रहरीधहरा, पृष्ठ १०-११; र १९९५ यरबूक, पृष्ठ ४६ मा दिइएका अनुभवहरू बताउनुहोस्। यस क्षेत्रमा बाइबल सल्लाह पालन गर्दा भएको सकारात्मक नतिजाबारे दुई वा तीन जनालाई टिप्पणी गर्न लगाउन पहिल्यै प्रबन्ध मिलाउनुहोस्।
२० मि: “आफ्नो समर्पणअनुसार जीवन बिताउने।”a अनुच्छेद ३ छलफल गरेपछि बप्तिस्माप्राप्त वयस्क वा किशोरसित छोटो अन्तरवार्ता लिनुहोस्। बप्तिस्मा लिएपछि तिनले कस्ता चुनौतीहरू सामना गरेका छन्? ती चुनौतीहरूको सामना गर्न तिनलाई कुन कुराले मदत गऱ्यो? यहोवालाई आफ्नो जीवन समर्पण गरेर तिनले कसरी लाभ उठाएका छन्?
गीत २२ र समापन प्रार्थना।
जनवरी २० मा सुरु हुने हप्ता
गीत ४४
८ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१५ मि: के तपाईंले दिनहुँ धर्मशास्त्र जाँचिरहनुभएको छ? भाषण तथा श्रोतागणसित छलफल। सबैलाई दिनहुँ धर्मशास्त्र जाँच्ने—२००३ को सदुपयोग गर्न प्रोत्साहन दिनुहोस्। पृष्ठ ३-४ को प्राक्कथनबाट छलफल गर्नुहोस्। परिवारहरूले दैनिक पद कसरी सँगै छलफल गर्न सक्छन् भनी सुझावहरू दिनुहोस्। दिनहुँ धर्मशास्त्र जाँच्दाका फाइदाहरू देखाउन अर्को महिनाको दुई तीनवटा पद र टिप्पणी उदाहरणस्वरूप देखाउनुहोस्। पति पत्नीले सँगै दैनिक पद र टिप्पणी छलफल गरिरहेको छोटो प्रदर्शन समावेश गर्नुहोस्।
२२ मि: “अरूलाई शुद्ध भाषा सिकाउनुहोस्।”b अनुच्छेद ६ छलफल गरेपछि एक जना योग्य प्रकाशकलाई जनवरी २००२ को हाम्रो राज्य सेवकाई-को परिशिष्ट, पृष्ठ ४ का प्रस्तुतिहरू चलाउँदै पुनःभेट गर्दा ढोकैमा कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ भनी प्रदर्शन गरेर देखाउन लगाउनुहोस्। चाहनुहुन्छ पुस्तिकाको एउटा अनुच्छेद पनि छलफलमा समावेश गर्नुहोस्। अन्तमा, अर्को अनुच्छेदमा दिइएको प्रश्न सोधेर अर्को भेटमा त्यसको जवाफ दिनेछु भनी प्रकाशकलाई भन्न लगाउनुहोस्। प्रकाशकहरूले भेटेका कसै-कसैलाई बाइबल अध्ययन गर्न इच्छुक छन् कि छैनन् भनी यसरी नै विचार गर्न प्रोत्साहन दिनुहोस्।
गीत ६८ र समापन प्रार्थना।
जनवरी २७ मा सुरु हुने हप्ता
गीत ९२
१० मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई जनवरी महिनाको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्। पृष्ठ ४ का सुझावहरू चलाउँदै एउटा जनवरी ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) र फेब्रुअरी १ को प्रहरीधरहरा-बाट दुईवटा छोटो प्रस्तुति प्रदर्शन गरेर देखाउनुहोस्। प्रकाशकलाई दुइटै प्रदर्शनको अन्तमा पत्रिका स्वीकार्ने र नस्वीकार्ने दुवैलाई के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? भन्ने पर्चा दिन लगाउनुहोस्। पत्रिकाको साथ पर्चा पनि छोडेको ठाउँमा फेरि जाँदा के भन्न सकिन्छ भनेर छोटकरीमा बताउनुहोस्।—नोभेम्बर २००१ हाम्रो राज्य सेवकाई, पृ. ४, अनु. १० हेर्नुहोस्।
३५ मि: “‘परमेश्वरको राज्यका जोसिला उद्घोषकहरू’ जिल्ला अधिवेशनबाट पूरा लाभ उठाउने।” यो भाग प्रहरीधरहरा अध्ययन सञ्चालकले सञ्चालन गर्नुपर्छ। एक मिनेटको छोटो परिचयपछि लेखमा दिइएको प्रश्न प्रयोग गरेर जिल्ला अधिवेशन कार्यक्रमबारे श्रोतागणसँग छलफल गर्नुहोस्। समय आफै हिसाब गरेर मिलाउनुहोस्। मुख्य बुँदाहरू सम्झाउन संक्षिप्त टिप्पणीहरू समावेश गर्नुहोस्। उपयुक्त भएमा, सिकेको कुरा कसरी व्यवहारमा उतारिरहेका छन् र त्यसो गर्दा कस्तो लाभ उठाइरहेका छन् भनी श्रोताहरूलाई सोध्नुहोस्।
गीत १९४ र समापन प्रार्थना।
फेब्रुअरी ३ मा सुरु हुने हप्ता
गीत ९
५ मि: स्थानीय घोषणाहरू।
१० मि: स्थानीय आवश्यकताहरू।
१२ मि: तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्। नम्र तथा विश्वासी भई धेरै वर्षदेखि यहोवाको सेवा गरिरहेको प्राचीनको अन्तरवार्ता लिनुहोस्। (हिब्रू १३:७) तिनले सच्चाइ कसरी सिके? सच्चाइको लागि अडान लिन तिनले के-कस्ता अवरोधहरूको सामना गर्नुपऱ्यो? कस्ता आध्यात्मिक प्रबन्ध वा प्रोत्साहनले तिनलाई प्रगति गर्न मदत गऱ्यो? तिनी मण्डलीमा जिम्मेवारीहरू सम्हाल्न कसरी अघि सरे? (१ तिमो. ३:१) तिनले मण्डलीका जिम्मेवारीहरू र जागिर अनि पारिवारिक दायित्वबीच कसरी सन्तुलन कायम राखेका छन्? (१ तिमो. ५:८) मण्डलीका अरूलाई सघाउने सुअवसरप्रति तिनी कस्तो दृष्टिकोण राख्छन्?
१८ मि: “नम्रता चाहिने कार्य।”c अनुच्छेद ३ छलफल गर्दा आफ्नो इलाकाका कसैले हाम्रो खिसी वा छुच्चो र झगडालु व्यवहार गऱ्यो भने, हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ भनी सुझावहरू दिन श्रोतागणलाई आमन्त्रित गर्नुहोस्। अनुच्छेद ४ छलफल गर्दा इन्साइट, खण्ड १, पृष्ठ ११६०, अनुच्छेद ३ बाट टिप्पणी समावेश गर्नुहोस्।
गीत १३३ र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।