ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू फेब्रुअरी २४, २००३ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा मौखिक तवरमा विचार गरिनेछ। स्कूल निरीक्षकले जनवरी ६ देखि फेब्रुअरी २४, २००३ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३९ मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्। [टिप्पणी: प्रश्नपछि सन्दर्भ सामाग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]
असाइनमेन्ट न. १
१. सही वा गलत: असाध्यै गरिबीले थिचिएकाहरू परमेश्वरको राज्य गतिविधिलाई अघि बढाउन वित्तीय सहयोग गर्न नसक्ने अवस्थामा हुन्छन्। [w-NP-NP९७ ९/१५ पृ. ५ अनु. ७]
२. सही वा गलत: आमाबाबु तथा बाजेबज्यैहरूको प्रत्युपकारको साटो तिर्नु पनि हामीले यहोवालाई चढाउने उपासनाको एउटा भाग हो। (१ तिमो. ५:४) [w-NP-NP९७ ९/१ पृ. ४ अनु. १-२]
३. खाली ठाउँ भर्नुहोस्: कसैको जीवनमा आइपर्न सक्ने दुःखदायी घटनाहरू _________________________ परेकोले वा हाम्रो आफ्नै _________________________ परिणाम पनि हुन सक्छ। [w-NP-NP९७ ५/१५ पृ. २२ अनु. ७]
४. खाली ठाउँ भर्नुहोस्: कटनी चाडहरूमा _________________________ वा _________________________ झलकहरू पाइन्छन् भने, साँचो मसीहीहरूले यस्ता प्रदूषित उपासनामा _________________________ लिएर यहोवालाई दुःखित नतुल्याउन सक्नुपर्ने हो। [w-NP-NP९७ ९/१५ पृ. ९ अनु. ६]
५. हन्ना, मर्कूस र एलियाको उदाहरणले हामीलाई निरुत्साहको सामना गर्न कसरी मदत दिन सक्छ? अरूलाई मदत दिन हामी यी उदाहरणहरू कसरी चलाउन सक्छौं? [w-NP-NP०१ २/१, पृ. २०-३]
६. केही पुरातन खेलका नियमहरू बुझ्दा कुनै-कुनै खास बाइबल पदहरू कसरी अझ राम्रोसित बुझ्न सकिन्छ? यस जानकारीले हाम्रो जीवनमा कस्तो प्रभाव पार्नुपर्छ? [w-NP-NP०१ १/१ पृ. २८-३१]
साप्ताहिक बाइबल पढाइ
७. सही वा गलत: परमेश्वरको राज्य सन् १९१४ मा स्वर्गमा स्थापित भइसकेकोले, अहिले “तपाईंको राज्य आओस्” भनेर प्रार्थना गर्नु उपयुक्त छैन। (मत्ती ६:१०) व्याख्या गर्नुहोस्। [w-NP-NP९६ ६/१ पृ. ३१]
८. सही वा गलत: मत्ती ११:२४ मा लिपिबद्ध येशूका शब्दहरूको अर्थ यहोवाले आगोद्वारा नाश गर्नुभएका सदोम र गमोराका बासिन्दाहरूको पुनरुत्थान हुनेछ भन्ने हो। व्याख्या गर्नुहोस्।
९. सही उत्तर छान्नुहोस्: येशूले मत्ती २४:४५-४७ मा उल्लेख गर्नुभएको विश्वासी र बुद्धिमान दास (क) यहोवाका साक्षीहरूको परिचालक निकाय; (ख) कुनै खास समयमा पृथ्वीमा भएका सम्पूर्ण अभिषिक्त मसीहीहरूको समूह; (ग) येशू ख्रीष्ट स्वयम् हो। यस दासले “परिवार[लाई]” ठीक-ठीक समयमा आध्यात्मिक खाना दिन्छ जसले (क) व्यक्तिगत तवरमा हरेक अभिषिक्त जनहरूलाई; (ख) अरू भेडालाई; (ग) मसीही प्रकाशनहरूका सम्पूर्ण पाठकहरूलाई संकेत गर्छ। मालिकले (क) सन् १९१४; (ख) सा.यु. ३३; (ग) सन् १९१९ मा दासलाई आफ्नो सारा सम्पत्तिमाथि नियुक्त गर्नुभयो।
१०. सही उत्तर छान्नुहोस्: मत्ती १३:४७-५० मा येशूले बताउनुभएको महाजालको दृष्टान्तमा अभिषिक्त मसीहीहरूको मण्डली र (क) परमेश्वरको मसीही राज्य; (ख) तिनीहरूका सँगी अरू भेडा; (ग) मसीहीजगत् दुवै समावेश छन्।
११. मत्ती ५:२४ मा लिपिबद्ध येशूका शब्दहरूअनुसार आफूले कुनै सँगी उपासकको चित्त दुखाएको थाह भयो भने, तपाईंले के गर्नुपर्छ? [g९६ २/८ पृ. २६-२७]