घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू फेब्रुअरी: प्रकाश—त्यसको चरमोत्कर्ष निकट! वा तल दिइएकामध्ये कुनै पनि ३२ पृष्ठे पुस्तिकाहरू चलाउन सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, शुड यु विलिभ इन द ट्रिनीटी?, “हेर! म सब थोक नयाँ तुल्याउँदैछु,” र ह्वाट हेपन्स टु अस ह्वेन वी डाई? उपयुक्त देखिएको खण्डमा निम्न पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ: विल देयर बि अ वर्ल्ड विथआउट वार?, सबैका लागि उपयोगी किताब, स्पिरिट्स अफ द डेड—क्यान दे हेल्प यू अर हार्म यू? डु दे रियली एकजिस्ट? र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? मार्च: गृह बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखेर ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ भन्ने पुस्तक प्रस्तुत गर्नुहोस्। अप्रिल: प्रहरीधरहरा र ब्यूँझनुहोस्! दुवै प्रस्तुत गर्नुहोस्। स्मरणार्थ उत्सव वा अन्य ईश्वरतान्त्रिक क्रियाकलापमा उपस्थित भएका तर मण्डलीसित सक्रिय रूपमा संगति नगरेका इच्छुक व्यक्तिहरूलाई पुनःभेट गर्न जाँदा तिनीहरूलाई वर्सिप द ओन्ली ट्रु गड प्रस्तुत गर्ने कोसिस गर्नुहोस्। विशेष गरी यदि कसैले ज्ञान पुस्तक र चाहनुहुन्छ पुस्तिका पढिसकेका छन् भने, गृह बाइबल अध्ययन सुरु गर्ने सक्दो प्रयास गर्नुपर्छ। मे: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष। यदि यो छैन भने, तपाईं बाइबलका कथाहरू भएको मेरो पुस्तक, द बाइबल—गड्स वर्ड अर म्यान्स्?, पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ वा युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ चलाउन सक्नुहुन्छ। यदि मण्डलीसित यी कुनै पनि पुस्तकहरू छैनन् भने, कतै नजिकैका मण्डलीसित पो छन् कि सोधखोज गर्नुहोस्।
◼ मण्डलीका अध्यक्ष वा उनले खटाएको कुनै भाइले मार्च १ वा त्यसको लगत्तैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरिसकेपछि मण्डलीमा अर्को लेखा रिपोर्ट पढेपछि यसबारे घोषणा गर्नुहोस्। सोसाइटीको विश्वव्यापी कार्य तथा अन्य कुनै पनि कोषलाई मण्डलीले दिएको चन्दाका कुनै एक्नलेजमेन्ट छ भने, पढेर सुनाउनुहोस्।
◼ सचिव र सेवा निरीक्षकले सबै नियमित अग्रगामीहरूको क्रियाकलापको पुनरावलोकन गर्नुपर्छ। कसैले चाहिए जति घण्टा पुऱ्याउन सकिरहेका छैनन् भने तिनलाई आवश्यक मदत दिन प्राचीनहरूले प्रबन्ध मिलाउनुपर्छ। सुझावका लागि सोसाइटीको S-201 वार्षिक-पत्र हेर्नुहोस्। आवर किङडम मिनिस्ट्री अक्टोबर १९८६ को परिशिष्टको अनुच्छेद १२-२० पनि हेर्नुहोस्।
◼ सन् २००३ स्मरणार्थ उत्सवताका दिइने विशेष जनभाषण आइतबार, अप्रिल २७ तारिखका दिन दिइनेछ। भाषणको विषय हुनेछ, “के बेबिलोनको इन्साफको समय आएको छ?” भाषणको रूपरेखा उपलब्ध गराइनेछ। त्यस हप्ता क्षेत्रीय निरीक्षकको भ्रमण अथवा सम्मेलन हुने मण्डलीहरूमा उक्त भाषण अर्को हप्ता दिइनेछ। अप्रिल २७, २००३ अघि कुनै पनि मण्डलीमा यो विशेष भाषण दिनु हुँदैन।
◼ हुलाकमार्फत व्यक्तिगत ग्राहक बन्ने प्रबन्ध नभएकोले नयाँ अंकका प्रहरीधरहरा तथा ब्यूँझनुहोस्! पाउने बित्तिकै मण्डलीले ती वितरण गरिहाल्नु आवश्यक छ। यसो गर्दा प्रकाशकहरूले आ-आफ्नो व्यक्तिगत प्रति प्राप्त गर्न र त्यसलाई क्षेत्र सेवकाईमा प्रस्तुत गर्नुअघि ती पत्रिकाहरूमा दिइएका विषयवस्तुसित परिचित हुन सक्नेछन्।