सेवा सभाको तालिका
फेब्रुअरी १० मा सुरु हुने हप्ता
गीत ४
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। फेब्रुअरी २४ को हप्ता सेवा सभामा छलफल गरिने कार्यक्रमको तयारीको लागि सबैलाई फेथफूल अन्डर ट्रायल्स्—जोहोभाज् विट्नेसेज इन द सोभियत युनियन भन्ने भिडिओ हेर्न प्रोत्साहन दिनुहोस्। पृष्ठ ८ मा दिइएका सल्लाहहरू चलाउँदै फेब्रुअरी ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं) र फेब्रुअरी १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्ने भनी दुइटा छुट्टाछुट्टै प्रदर्शन गरेर देखाउनुहोस्। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्!-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ।
३५ मि: “प्रचार गर्नुहोस् र विस्तृत साक्षी दिनुहोस्।”a यसलाई सेवा निरीक्षकले सञ्चालन गर्नुपर्छ। मार्च र अप्रिल महिनामा सहायक अग्रगामी गर्न सक्ने सबैलाई प्रोत्साहन दिनुहोस्। गत स्मरणार्थको समयमा अग्रगामी गरेकाहरूलाई टिप्पणी गर्न लगाउनुहोस्। अग्रगामी गर्न उनीहरूले कस्ता प्रबन्धहरू मिलाए? त्यस्तो गर्न कस्तो प्रयास तथा छाँटकाँट गर्नुपऱ्यो? उनीहरूले कस्ता आनन्द तथा आशिष्हरू प्राप्त गरे? पृष्ठ ४ मा दिइएको पेटीको नमुना तालिका पुनरावलोकन गर्नुहोस्। सहायक अग्रगामीको आवेदन फाराम सभापछि लिन सक्नुहुन्छ भनी घोषणा गर्नुहोस्।
गीत ३० र समापन प्रार्थना।
फेब्रुअरी १७ मा सुरु हुने हप्ता
गीत ४८
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। मार्च महिनामा प्रस्तुत गरिने साहित्यहरू पुनरावलोकन गर्नुहोस्। जनवरी २००२ हाम्रो राज्य सेवकाई-को परिशिष्टमा दिइएका बुँदाहरू चलाउँदै ज्ञान पुस्तक प्रस्तुत गर्ने एक दुईवटा सुझाव उल्लेख गर्नुहोस्। गृह बाइबल अध्ययन सुरु गर्ने लक्ष्यमाथि जोड दिनुहोस्।
१० मि: “नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम।” भाषण। क्षेत्रीय सम्मेलनको मिति घोषणा गर्नुहोस्। सबैलाई कार्यक्रममा उपस्थित हुन र ध्यान दिएर सुन्न आग्रह गर्नुहोस्। बप्तिस्मा अप्राप्त प्रकाशकहरूलाई बप्तिस्माको लागि योग्य हुने विषयमा विचार गर्न प्रोत्साहन दिनुहोस्। बाइबल विद्यार्थीहरूलाई निमन्त्रणा दिने विशेष प्रयत्न गर्नुहोस्।
२५ मि: “तपाईं कुन कुरालाई प्राथमिकता दिनुहुन्छ?”b सेवकाईमा अझ बढी गर्न आफ्नो परिस्थितिलाई कसरी छाँटकाँट गर्न सफल भएका छन्, त्यसबारे टिप्पणी दिन लगाउन एक वा दुई जना प्रकाशकहरूलाई अग्रिम तयारी गर्नुहोस्।
गीत ५७ र समापन प्रार्थना।
फेब्रुअरी २४ मा सुरु हुने हप्ता
गीत ७४
१० मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई फेब्रुअरी महिनाको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्। पृष्ठ ८ का सुझावहरू चलाउँदै फेब्रुअरी ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) र मार्च १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ छुट्टाछुट्टै प्रदर्शन गरेर देखाउनुहोस्। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्!-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ।
१० मि: “ठीक बेलामा मदत।” प्राचीनद्वारा भाषण। निष्क्रियहरूलाई मदत गर्ने विशेष प्रयासले आफ्ना जनहरूप्रति यहोवाको मायालु चासो झल्काउँछ भनी प्रकाश पार्नुहोस्।
२५ मि: “तपाईंलाई अन्तरदृष्टि तथा उत्प्रेरणा दिने भिडिओ!” दिइएका प्रश्नहरू चलाउँदै फेथफूल अन्डर ट्रायल्स् भन्ने भिडिओबारे श्रोताहरूसित छलफल सुरु गरिहाल्नुहोस्। अन्तिम प्रश्नको थुप्रै टिप्पणीहरू समावेश गर्न हरेक प्रश्नको लागि समय आफै हिसाब गरेर छुट्याउनुहोस्। सन् २००२ यरबूक-को पृष्ठ १९२ मा दिइएको पेटी पढेर समापन गर्नुहोस्।
गीत ५६ र समापन प्रार्थना।
मार्च ३ मा सुरु हुने हप्ता
गीत १४
१० मि: स्थानीय घोषणाहरू। “नयाँ विशेष सम्मेलन दिन कार्यक्रम” छलफल गर्नुहोस्। आगामी विशेष सम्मेलन दिनको मिति घोषणा गर्नुहोस् र सबैलाई छिटो आउन र सम्पूर्ण कार्यक्रमको दौडान ध्यान दिएर सुन्न आग्रह गर्नहोस्। नयाँ इच्छुक व्यक्ति तथा बाइबल विद्यार्थीहरूलाई निमन्त्रणा दिन प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्।
१५ मि: स्थानीय आवश्यकताहरू।
२० मि: “सबै कुराको अन्त नजिकै आएकोले शुद्ध मनको हुनुहोस्।”c अनुच्छेद ३-४ छलफल गर्दा हालै कस्ता आध्यात्मिक लक्ष्यहरू प्राप्त गर्न अघि बढिरहेका छन्, त्यसबारे बताउन प्रकाशकहरूलाई आमन्त्रित गर्नुहोस्। वर्सिप गड पुस्तकको पृष्ठ १७६ मा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्।
गीत १२७ र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।