प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 मार्च पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००३
हाम्रो राज्य सेवकाई—२००३
km03 मार्च पृ. ७

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू मार्च: गृह बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखेर ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भन्‍ने पुस्तक प्रस्तुत गर्नुहोस्‌। अप्रिल: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! दुवै प्रस्तुत गर्नुहोस्‌। विश्‍वव्यापी कार्यको लागि अनुदान दिन चाहन्छन्‌ भने दिन सक्छन्‌ भनी प्रकाशकहरूले घरधनीलाई बताउनुपर्छ। इच्छुक व्यक्‍तिहरूलाई पुनःभेट गर्न जाँदा तिनीहरूलाई वर्सिप द ओन्ली ट्रु गड प्रस्तुत गर्ने कोसिस गर्नुहोस्‌। विशेष गरी यदि कसैले ज्ञान पुस्तक र चाहनुहुन्छ पुस्तिका पढिसकेका छन्‌ भने, गृह बाइबल अध्ययन सुरु गर्ने सक्दो प्रयास गर्नुपर्छ। मे: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष। यदि यो छैन भने, बाइबलका कथाहरू भएको मेरो पुस्तक, द बाइबल—गड्‌स वर्ड अर म्यान्स्‌?, पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ वा युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ चलाउन सक्नुहुन्छ। यदि मण्डलीसित यी कुनै पनि पुस्तकहरू छैनन्‌ भने, कतै नजिकैका मण्डलीसित पो छन्‌ कि सोधखोज गर्नुहोस्‌। जून: ज्ञान पुस्तक वा चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्‌। यदि घरधनीसित यी प्रकाशनहरू छन्‌ भने, मण्डलीको स्टकमा भएको अर्को उपयुक्‍त पुस्तिका चलाउनुहोस्‌।

◼ अप्रिल महिनामा सहायक अग्रगामी गर्न इच्छुक प्रकाशकहरूले अहिल्यै योजना बनाउनुपर्छ र चाँडै निवेदन दिनुपर्छ। यसो गर्दा क्षेत्र सेवकाईका लागि आवश्‍यक प्रबन्धहरू मिलाउन र पर्याप्त मात्रामा पत्रिका तथा साहित्यहरूको प्रबन्ध गर्न प्राचीनहरूलाई सजिलो हुनेछ। सहायक अग्रगामी गर्न स्वीकृत सबै प्रकाशकहरूको नाम मण्डलीमा हरेक महिना घोषणा गर्नुपर्छ।

◼ प्रकाशकहरूले पठाएका व्यक्‍तिगत साहित्य मागलाई शाखा कार्यालयले सदर गर्दैन। व्यक्‍तिगत साहित्य मगाउन चाहने सबैले साहित्य सम्हाल्ने भाइलाई जानकारी दिन सकून्‌ भन्‍ने हेतुले प्रत्येक महिना शाखालाई साहित्य अर्डर पठाउनुअघि मण्डलीका अध्यक्षले त्यसबारे घोषणा गर्ने प्रबन्ध मिलाउनुपर्छ। कुन-कुन प्रकाशनहरू विशेष आवेदनअन्तर्गत पर्छन्‌, कृपया ध्यान दिनुहोस्‌।

◼ उपलब्ध नयाँ प्रकाशनहरू:

बेनिफिट फ्रम थियोक्राटिक मिनिस्ट्री स्कूल एजुकेशन —अंग्रेजी, हिन्दी, कन्‍नडा, मल्यालम, तामिल, तेलगु

कसरी बाइबलबारे छलफल सुरु गर्ने तथा कायम राख्ने —आसामी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने