बाइबल अध्ययनहरू सञ्चालन गर्न वर्सिप गड पुस्तक प्रयोग गर्नुहोस्
वर्सिप द ओन्ली ट्रु गड पुस्तक नयाँ व्यक्तिहरूलाई सच्चाइमा उन्नति गर्न र यहोवा अनि उहाँको संगठनप्रति तिनीहरूको मूल्यांकन गहिरो बनाउन मदतको लागि तयार पारिएको हो। यो दोस्रो अध्ययन पुस्तकको रूपमा बाइबल विद्यार्थीहरूसित प्रयोग गर्न सकिन्छ। जून २००० को हाम्रो राज्य सेवकाई, पृष्ठ ४ ले यसो भन्यो: “उक्त व्यक्तिले बिस्तारै नै भए पनि आफूले सिकिरहेको कुराप्रति मूल्यांकन विकास गर्नुका साथै उन्नति गरिरहेको कुरा प्रस्ट देखिन्छ भने, चाहनुहुन्छ पुस्तिका र ज्ञान पुस्तक अध्ययन गर्न सिध्याएपछि अर्को पुस्तकबाट बाइबल अध्ययन गरिनै रहनुहोस्। . . . जे भए पनि, सुरुमा चाहनुहुन्छ पुस्तिका र ज्ञान पुस्तकचाहिं अध्ययन गरिएको हुनैपर्छ। यो दोस्रो पुस्तकबाट अध्ययन नसिद्धिंदै विद्यार्थीले बप्तिस्मा लिइसकेको भए तापनि तिनीसित गरिएको बाइबल अध्ययन, पुनःभेट र अध्ययन गर्न बिताएको समय टिपेर रिपोर्ट गरिरहनुपर्छ।”
वर्सिप गड पुस्तकको अध्ययनमा अरू कसले पनि लाभ उठाउन सक्छ? सोही लेख यसो भन्छ: “कसैकसैले ज्ञान पुस्तकबाट धेरै पहिला अध्ययन गरेको तर समर्पण र बप्तिस्मा लिन कुनै उन्नति नगरेको तपाईंलाई थाह छ भने, तिनीहरू बाइबल अध्ययन फेरि गर्न चाहन्छन् कि भनी थाह लगाउन तपाईं अग्रसर हुन सक्नुहुन्छ।” आउनुहोस्, मार्च र अप्रिल महिनाको दौडान यस्ता व्यक्तिहरूसित वर्सिप गड पुस्तकबाट अध्ययन सुरु गर्न विशेष प्रयत्न गरौं।